• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जसले गाउँपालिका उपाध्यक्ष भएपछि छाउ बार्न छाडिन्
64x64
धनु विश्वकर्मा आइतबार, मंसिर २५, २०७९  २१:१९
1140x725

काठमाडौं– आइतबार दिउँसो रातो कुर्ता सुरुवाल, कालो लेदरको ज्याकेट लगाएर रमला कुमारी मण्डेल पुजारा प्रज्ञा भवनमा भित्र–बाहिर गरिराखेकी थिइन्। योसमेत काठमाडौंमा दुई पटक पाइला टेकेकी उनी यहाँको भूगोलबारे खासै जानकार छैनन्। प्रज्ञा भवनमा उनी उनका श्रीमानले छोडिदिएका थिए।

कमलादास्थित प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएकी उनी बझाङको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष हुन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी उनले २ हजार ११३ मत ल्याएकी थिइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मातादेवी बोहराले २ हजार ३ मत ल्याइन्।

२५ वर्षमै गाउँपालिका उपाध्यक्ष
२०५४ सालमा छबिसपाथीभेरा गाउँपालिकाको मण्डी जन्मिएकी रमला २५ वर्ष पूरा भइन्। सानैमा बुवा गुमाएकी उनले जसोतसो दश कक्षासम्मको शिक्षा पूरा गरिन्। आयआर्जनको माध्यम भनेको खेतिपाति बाहेक केही छैन।

सुर्माका मोहन पुजारासँग उनको प्रेम भयो। पछि १५ वर्षकै उमेरमा भागेर विवाह गरिन्। मोहन सुर्मामा रहेको सुर्मा उच्च माध्यामिक विद्यालयमा पढाउँछन्। उनका दुई छोरी र एक छोरा छन्।

तीन वर्षीय छोरालाई घरमा सासुससुराको जिम्मा लगाएर उनी काठमाडौं आएकी हुन्। उनीसँगै श्रीमान मोहन पनि आएका छन्। विद्यालयमा विदा मागेर आएको उनी बताउँछन्।

रमलाको दम्पत्ति शनिबार मात्र काठमाडौं पुगेको हो। आइतबार बिहान श्रीमानले प्रज्ञामा छोडेर सुन्धारा फर्किए। उनलाई यो कार्यक्रमको बारेमा धेरै जानकारी भने छैन। 

चिठी आयो। श्रीमानले काठमाडौं जाने भने। उनी साथमा आइन्। 

गाउँमा सबै कांग्रेस भएपछि उपाध्यक्षको टिकट
रमलालाई राजनीतिमा खास कुनै चासो थिएन। कुनै पनि संघ संगठनमा थिइनन्। तीन सन्तानका आमी उनी घरव्यवहारमा बालबच्चाको स्याहारमै सीमित थिइन्। खेतिपाती र घरको काम नै दिनचर्या बनेको थियो। 

Ncell 2
Ncell 2

तर, २०७४ को स्थानीय तहको निर्वाचनको उनको नाम गाउँपालिका उपाध्यक्षका लागि चर्चामा आयो। उनका श्रीमान नेपाली कांग्रेससँग आवद्ध थिए। श्रीमानको बलले उनको नाम पनि आयो। तर, त्यो बेला उनी २१ वर्ष पुग्न दुई महिना बाँकी थियो। ‘त्यो बेला उमेर नपुगेर मैले टिकट पाइनँ’, उनी भन्छिन्।

उनको परिवार र गाउँ कांग्रेसको पकड भएको क्षेत्र हो। अघिल्लो निर्वाचनमा उनकी देउरानी सुनिता पुजारा उपाध्यक्ष बनिन्। पहिलो पटक नै चर्चामा आएकी रमला २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भइन्।

उपाध्यक्ष बनेपछि छाउ बार्न छोडिन्
रमला पहिले हरेक महिना पाँच दिन छाउ (रजस्वला) बार्थिन। सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा जरा गाडेर बसेको छ। जसको शिकार उनी पनि हुन्। छाउगोठमा बस्नुपर्ने बाध्यता भने अब हटेको छ। जब गाउँपालिकाको उपाध्यक्ष बनिन्, बाहिर बस्न छोडिन्। 

उनी भन्छिन्, ‘छाउ बार्नु हुन्न भनेर जनतालाई भन्नुपर्छ। म आफै कसरी बार्नु?’

काठमाडौं आउन श्रीमानको साथ
रमला अहिलेसम्म कतै एक्लो गएकी छैनन्। स्थानीय निर्वाचनपछि उनी पहिलो पटक काठमाडौं आएकी थिइन्। जतिबेला नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिलाई बोलाएको थियो। त्यो बेला पनि जिल्लाका अन्य जनप्रतिनिधिको साथमा श्रीमान मोहनले उनलाई काठमाडौं पठाएका थिए। अहिले आफू नै साथमा आएका छन्।

‘मलाई केही थाहा हुँदैन। सबै श्रीमानले नै हो गरिदिने’, उनी भन्छिन्। अहिले कामठाडौंमा पनि कता जाने, कसलाई भेट्न सबै व्यवस्थापन श्रीमानले नै गरिरहेको उनी बताउँछिन्।

‘काम गर्न मन छ तर थाहा छैन’
सुर्मा गाउँपालिका बझाङ्गको उत्तरी सिमानामा पर्छ। यहाँ बाटोघाटो, स्वास्थ्य, शिक्षा, बेरोजगारी र गरिबीको समस्या छ। परिवार पाल्न भारत जानुपर्ने बाध्यता छ मानिसहरुलाई। 

गाउँपालिका अध्यक्ष खडक बोहरा छन्। उनी पनि कांग्रेसबाटै निर्वाचित हुन्।  रमला अहिलेसम्म सार्वजनिक मञ्चमा कतै नबोलेको बताउँछिन्। कार्यक्रममा सहभागी हुन्छिन्, ताली बजाउँछिन्, फर्किन्छन्। 

गाउँपालिकामा हुने बैठकमा सहभागी हुन्छिन्। तर, के भइराखेको छ भन्ने केही मेसो नपाउने उनी बताउँछिन्। निर्णय सबै अध्यक्षले गर्ने गरेको उनले बताइन्।

‘जनताले भोट दिएर जिताए। त्यसैले केही काम गर्न मन छ। तर, के कसरी गर्ने थाहा छैन’, रमला भन्छिन्।

महिलाहरुका लागि काम गर्न मन छ उनलाई। बाल विवाह र छाउपडी प्रथाको अन्त्यका लागि काम गर्न मन रहेको उनी बताउँछिन्। ‘छाउपडी प्रथाका विरुद्धमा जनचेतनाको काम गर्न मन छ,’ उनले भनिन्।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास बिहीबार, जेठ ८, २०८२
म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहमले जित्यो युरोपा लिगको उपाधि बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्