• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संशयमा शेखरको मौनता
64x64
किशोर दहाल शुक्रबार, पुस १, २०७९  ०७:१३
1140x725

काठमाडौं– मोरङ- ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको केही दिनपछि विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले। त्यसैक्रममा पत्रकारहरुले संसदीय दलको निर्वाचन लड्ने महामन्त्री गगन थापाको घोषणा र प्रधानमन्त्रीमा कोइरालाको चाहनाबारे सोधेका थिए। तर अमूर्त जवाफ फर्काए।

‘चाहना भएर मात्रै हुने होइन। संसदीय प्रणालीमा नम्बरको गेम पनि हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ मानिसहरुले। सबैले बुझ्न जरुरी छ,’ उनको भनाइ थियो, ‘नम्बर गेम जसले पुर्‍याउन सक्छ। संसदीय दलको नेता हुनुपर्‍यो नि त पहिले।’

कांग्रेस संसदीय दलको समीकरण कोइरालामैत्री देखिएको छैन। तर, संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् उनी। विराटनगरमा पत्रकारहरुलाई काठमाडौं गएर सभापति, वरिष्ठ नेता र अन्य नेताहरुसँग छलफल गर्ने बताएका उनले केही समययता आन्तरिक छलफल गरिरहेका छन्। त्यसमार्फत् कांग्रेसभित्रको मनस्थिति बुझ्ने प्रयत्न गरिरहेका छन्।

संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने प्रयत्न गरिरहेका उनले सार्वजनिक रुपमा भने आफ्ना निम्ति अपिल गर्ने आँट गर्न सकेका छैनन्। अर्को कुनै उम्मेदवारका निम्ति खुला हुने विकल्प पनि गुमाउँदै गएका छन्। विस्तारै उनी त्यस्तो ठाउँमा पुग्दैछन्, जहाँ उभिएर बोल्नु र नबोल्नुको अर्थ हुनेछैन।

गुमेको विकल्प
कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनले ‘एक पटक, यसै पटक’ र ‘सभापति बनेँ भने प्रधानमन्त्री बन्दिनँ, अरुलाई नै अवसर दिन्छु’ भन्ने नारा/अभिव्यक्ति सार्वजनिक गरेका थिए। जसका कारण दोस्रो र तेस्रो तहका नेताहरु आकर्षित भएका थिए। उनको छवि पनि पदको लोभ नगर्ने, तर कांग्रेसको पुनर्जागरणका लागि प्रतिबद्ध नेताको रुपमा प्रस्तुत भएको थियो।

महाधिवेशनमा पराजयपछि कोइराला संस्थापनइतर समूहको मूल नेतृत्व भए। देउवाको ‘सहयोगी’ बनेका कारण रामचन्द्र पौडेलले गुमाएको ‘स्पेस’ कोइरालाले लिए। कांग्रेसमा देउवाको विकल्प खोज्न सक्रिय समूहको नेता बने। तर त्यसपछि उनले आफ्नो आगामी लक्ष्यका बारेमा मौनता साँधिरहे। त्यो मौनता निर्वाचनअघिसम्म पनि कायमै रह्यो।

गगन थापाले भन्दा अगाडि उनले आफू संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका भए परिस्थिति अलग बन्न सक्थ्यो। तर उनी मौन बसे। निर्वाचन जित्नासाथ पनि प्रष्टसँग घोषणा गरेको भए पनि परिस्थिति फरक हुनसक्थ्यो। उनी भने चाहना राख्ने, तर खुलेर घोषणा गर्न नसक्ने अप्ठ्यारो मनस्थितिबाट व्यतित भइरहे। अब त उनले न आफ्ना निम्ति माहोल बनाउने परिस्थिति देखिन्छ, न आम अपेक्षा अनुसार गगन थापाको पक्षमा उभिँदा प्राप्त हुने सम्मान पाउने परिस्थिति छ। बरु राजनीतिक इज्जत गुम्दै गइरहेको छ।

‘हाम्रो अपेक्षा उहाँ (कोइराला) ले महाधिवेशनमा बसेको आफ्नो छविलाई नै निरन्तरता दिनुपर्छ भन्ने हो। त्यसमै उहाँ र उहाँले नेतृत्व गरेको समूहको हित छ। तर उहाँ भने आफैं संसदीय दलको नेता बन्न प्रयत्न गरिरहनुभएको छ। यो प्रयत्नले उहाँको त्यो छविलाई धुमिल बनाउँछ,’ कोइराला संसदीय दलको नेतामा उठ्न नहुने धारणा राख्ने उनी पक्षका एक नेता भन्छन्।

लड्न र नलड्नुको अन्तर
अहिलेकै परिस्थितिमा संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धी बन्दा कोइरालाले पराजय भोग्नेमा उनी पक्षकै नेताहरु पनि ढुक्क छन्। उनले उम्मेदवारी दिनु भनेको देउवालाई सहयोग गर्नु बराबर हुनेमा पनि उनीहरु जानकार छन्। विपक्षी मोर्चामा बढीभन्दा बढी उम्मेदवार उभिँदा देउवालाई सहयोग पुग्ने त महाधिवेशनमै पुष्टि भइसकेको सन्दर्भ हो।

मूलतः महाधिवेशनयता कोइरालाले नेतृत्व गर्दै आएको संस्थापनइतर समूहमा पनि विभाजन हुनेछ। त्यसको नेतृत्वकर्ताबाट उनी बाहिरिनेछन्। पछिल्लो पुस्ताको बाटो छेक्ने र देउवालाई संसदीय दलको नेता बन्न सघाएको आरोप उनीमाथि लाग्नेछ। ‘त्यसपछि उहाँ कृष्ण सिटौलाजस्ता दुई चार जना नेता साथमा राख्ने र एक जनालाई मन्त्री बनाउन संघर्ष गरिरहने सानो गुटको नेतामा सीमित हुनुहुनेछ,’ ती नेता भन्छन्।

संसदीय दलको नेतामा नलड्दा उनको थप सम्भावना जीवितै रहन्छन्। संस्थापन इतर समूहलाई संस्थापन बनाउने र त्ससको अभिभावक बन्ने अवसर कायमै रहन्छ। तत्काललाई उनी गगन थापा र विश्वप्रकाश शर्मा जस्ता महामन्त्री रहेको समूहको नेता बन्न सक्छन्। १५औं महाधिवेशनमा सभापतिको पुनः उम्मेदवार बन्न सक्छन्।

‘कोइरालाले आफू पछि हटेको र गगनलाई संसदीय दलको नेताका लागि समर्थन गरेको भन्नासाथ कांग्रेस संसदीय दलको निर्वाचनको माहोल नै फरक हुन्छ,’ उनी भन्छन्, ‘त्यसले हाम्रो समूह एकताबद्ध रहेको सन्देश मात्रै दिँदैन, मझधारका नेताहरुलाई पनि हामीतिरै आकर्षित गर्छ। महाधिवेशनपछि त यो समूह नै कांग्रेसको संस्थापन पक्ष बन्न सक्छ। कोइराला त्यसको नेता बन्न सक्छन्।’

गगन र विश्वप्रकाशलाई नेता मान्न अप्ठ्यारो मानिरहेको उनी पक्षकै नेताहरुकै उक्साहटमा कोइराला परिरहेको सो समूहकै नेताहरुको आकलन छ। तर उनीहरु ढुक्कसँग भने भन्न सक्दैनन्, कोइराला किन संसदीय दलको निर्वाचन लड्ने प्रयत्न गरिरहेका छन्!

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
निजामती विधेयक राष्ट्रियसभाबाट गायब पार्न खोजिएको आशङ्का छ : सांसद भुसाल शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भी... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्