• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
अर्जेन्टिनाका लागि विश्वकप जितको अर्थ
64x64
नेपाल लाइभ आइतबार, पुस ३, २०७९  ०८:५४
1140x725

त्यो बञ्जर मरभूमि अल–जानोबमा बसेका ४० हजार अर्जेन्टिनी समर्थक, जुन रंगशालामा आफ्नो देशको खेल हुन्छ, त्यो पुरै रंगशालालाई स्वतस्फूर्त रूपमा हल्का निलो र सेतो रंगमा सजाउने गर्छन र आफ्नो टिमको जितको उत्सव मनाउँछन्। 

प्रतियोगिताको प्रारम्भिक समयमा माटी टेकलास नाम गरेका एक अर्जेन्टिनी संगीतकारले कोलम्बियाको कम्बिया संगीत किबोर्डमा बजाएका थिए, जुन किबोर्ड उनका साथीहरूले भाडामा ल्याएका थिए। उनको संगीतले थुप्रै अर्जेन्टिनीलाई आकर्षित गर्यो, धेरै देशबासीहरू उनको भूइँतला कोठामा मात्र होइन, बाहिर भेला भए। उनीहरूले नै माटी टेकलासको यो संगीतलाई सडकमा लैजाने निर्णय गरे। 

अहिले उनको यो संगीत अर्जेन्टिनीहरूका लागि एउटा अनुष्ठान जस्तै भएको छ। ३५ वर्षीय टेकलास र उनको किबोर्डको हजारौं प्रशंसकहरू यतिबेला दोहाको आकाशमा उनको गीत ‘मुचाचोस, अहोरा नोस भोल्भिमोस अ इलुसियोनर’ (साथीहरू, अब हामीसँग फेरि आशा छ) भन्दै अर्जेन्टिनाको जितको उत्सव मनाइरहेका छन्। 

argentina11671334566.jpg

‘यो हाम्रो पहिचान हो,’ आफ्नो भाईसँगै अल–जानोबमा भेटिएकी २५ वर्षीय भालेन्टिना भनिरहेकी थिइन, ‘यो टिमले हाम्रो प्रतिनिधित्व गर्छ र हामीले उनीहरूको। फुटबलले हाम्रो देशलाई गर्वान्वित तुल्याएको छ र हामी विश्वकपमा सधैं उपस्थित भएका छौं। हामी सधैं उनीहरूलाई पछ्याउँछौं, उनीहरू जहाँ गए पनि।’

माटी टेकलासकी भतिजी अगस्टिना गीतमा एकछिन लिओनल मेसीको बारेमा कुरा गर्न चाहन्छिन्, जुन ‘भामोस अर्जेन्टिना’ भनेपछि समाप्त हुन्छ।  

‘उसले (मेसी) हाम्रो लागि आशाको दियो बालेको छ, यद्यपि अरु कुरा हाम्रा लागि जतिसुकै गाह्रो भए पनि,’ उनी भन्छिन्। 

भालेन्टिनाले फुटबल मात्र होइन, अर्जेन्टिनामा फेरि सुरु भएको आर्थिक मन्दीको कुरा गर्न चाहिन। घर फर्किएपछि उनले सुपरमार्केटमा फेरि मूल्यबृद्धिको सामना गर्नु पर्नेछ। अहिले अर्जेन्टिनामा हरेक महिना मूल्यबृद्धि भइरहेको छ। यस वर्षमात्र मुद्रास्फीति दर सय प्रतिशतले बढेको छ। 

Ncell 2
Ncell 2

राजधानी ब्युनोस आयर्समा तीन प्रतिसतको मुद्रास्फीति नौलो कुरा भएन। सुपरमार्केटहरू फेरि लुटिने डर पनि छैन। 
 
‘यहाँ (कतार) आउन महंगो छ,’ ३० वर्षीय कार्लोसले भने, ‘तर मेसीले ट्रफी उचालेको हेर्न हामीले यो यात्रा गरेका हौं। पछि गएर हाम्रा छोराछोरी र नातिनातिनालाई यसबारे बताउने छौं।’

विश्वकप जित्दैछौं र यसलाई घर बोकेर लैजाउँछौं भनेर भित्री मनदेखि नै विश्वस्त अर्जेन्टिनीहरूको अपेक्षा पनि इंग्लिस खेलाडी जस्तै देखिन्छ। इंग्ल्याण्डले जारी विश्वकपमा ठूलो अपेक्षा राखे पनि उ प्रतियोगिताबाट बाहिरिएको थियो।  

‘हामी पनि सिग्मण्ड फ्रायड देशहरू जस्तै हौं, तपाईंहरूको इंग्ल्याण्ड जस्तै,’ ला नासियनका प्रतिष्ठित फुटबल स्तम्भकार इजेक्वेल फर्नान्डेज मुरेसले स्पोर्ट्समेललाई भने, ‘यो अहिले मनोवैज्ञानिक पीडा हो।’

यो जटिलताले ब्राजिललाई विशुद्ध साम्बा फुटबलको भूमिको रूपमा हेरिएको असुरक्षालाई विस्तार गरेको देखिदैन, जसका कारण ब्राजिलले पाँच र अर्जेन्टिनाले दुई पल्ट विश्वकपको ट्रफी उचाल्यो। अर्जेन्टिनीहरूले भन्न सक्छन्, उनीहरूले ब्राजिलभन्दा ६ वटा बढी कोपा अमेरिकाको उपाधि र दक्षिण अमेरिकी प्रतियोगिताको च्याम्पियन्स लिग मानिने कोपा लिबर्टाडोरेस जितेका छौं।

‘हामीबीच जहिल्यै प्रतिस्पर्धा हुन्छ,’ अर्जेन्टिनी पत्रकार फर्नान्डो सेज भन्छन्, ‘यो विश्वकपको मात्र कुरा होइन। हामीले गत वर्ष उनीहरूलाई माराकानामा कोपा अमेरिकाको फाइनलमा हराएका थियौं। त्यसैले ब्राजिलीहरू हामीसँग प्रतिस्पर्धा गर्न उद्देलित थिए तर उनीहरू छिट्टै घर फर्किए।’

गत महिना मेसीको अभिनयले सन् १९८६ देखि विश्वकप जित्न नसकेको अर्जेन्टिनालाई उपाधि दिलाउने अभियानमा लिओनल स्कोलानी र उनको खेलाडीहरू कति दबाबमा छन् भन्ने कुरा स्पष्ट पार्छ।  

हामीले साउदी अरेबियाविरूद्ध स्तब्ध भएको अर्जेन्टिना र नेदरल्याण्ड्सविरूद्ध फर्किएको अर्जेन्टिनाको रूप देखिसकेका छौं। एक साताअघि डरलाग्दो क्वाटरफाइनल खेलबाट अर्जेन्टिना प्रतियोगितामा फर्किएको थियो। 

argentina1671334649.jpg

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले ८० वर्षदेखि आफ्नो भूमिकालाई सकुसल निर्वाह गर्दे आइरहेको छ। यहाँका पूर्वराष्ट्रपति जुआन पेरोनले आफ्नो व्यक्तिगत महत्वकांक्षाका लागि फुटबल टोलीलाई चलाउन खोजेका थिए। 

गत विश्वकपमा अर्जेन्टिनी टोली फ्लप हुँदा राजधानी ब्युनोस आयर्समा मेसीको बारेमा कस्तो प्रतिक्रिया भएको थियो, त्यो कसैलाई सम्झाइरहनु नपर्ला। 

त्यतिबेला अर्जेन्टिनी पत्रिकाको शिर्षक थियो– क्युब्राडोस (ब्रोकन) र सिन अल्मा (आत्म बिना)। 

यसले केही अर्थ राख्दैन, विश्वकप सकिएपछि अर्जेन्टिनी खेलाडीहरू घरेलु फुटबलमा सक्रिय हुन्छन् कि हुदैनन्। ‘तर, जब राष्ट्रिय टोली खेलिरहेको हुन्छ। त्यतिबेला हामीलाई विश्वको सबैभन्दा बलियो देश हामी हौं भन्ने महसुस हुन्छ,’ फर्नान्डेज मुरेस भन्छन्, ‘यसपछि उनीहरू आफ्नो क्लबका लागि खेल्न जान्छन्, हामीलाई एक्लै छोडेर। हामीलाई उनीहरूको आवश्यकता छ तर उनीहरूले छोडेर गएपछि हामीलाई लाग्छ, उनीहरू देशद्रोही हुन्।’

तर, अल जानोबको कथा बेग्लै छ। सबै अर्जेन्टिनी आफ्नो देशको जितका लागि प्रार्थना गरिरहेका छन्। 

चार वर्षअघि रुसमा उनीहरू ३–० गोलले क्रोएसियासँग पराजित भएका थिए। तर, गत मंगलबार भएको सेमिफाइनलमा उनीहरूले पराजयको त्यो बदला ३ गोल हानेरै लिए। 

argentina31671334963.jpg

उनीहरू अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलले पराजित हुँदै बाहिरिएका थिए। अब हेर्न बाँकी छ, त्यो पराजयको बदलालाई आइतबार फाइनलमा उनीहरूले कसरी फर्काउने छन्?

रुसमा फ्रान्ससँग खेल्दा औसत अर्जेन्टिनीको उमेर ३० थियो, उसको तुलनामा फ्रेञ्च टिमको औसत आयु २५ वर्ष थियो। त्यतिबेला मेसीसँग खेल्ने चुनौती केही अर्जेन्टिनी खेलाडीका लागि निसास्सिए झैं भएको थियो। मैदानमा आफ्नो लय भेटाउन नसक्दा उनीहरू मेसीलाई बाहिर निकाल्न चाहन्थे। फरवार्ड पाउलो डिबालाले पनि यो कुरा स्वीकार गरिसकेका छन्। 

यसपालि मेसीले युवा खेलाडीको प्रतिनिधित्व गरिरहेका छन्। उनीसँग ताल मिलाउँदै युवा खेलाडी पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

अल–जानेबमा बसेका धेरै समर्थकको बुझाई छ, मेसी पनि डिएगो म्याराडोना जस्तै महान बन्ने अभियानमा छन्, यदी उनले विश्वकप ट्रफीलाई घर भित्र्याए भने।

तर, यी बुझाईमा पनि थुप्रै मतभेद छन्। पुराना अर्जेन्टिनीहरूका लागि म्याराडोना सधैं फुटबल देवता हुन्। फुटबलको जादुयी क्षमता र बिद्रोही भावनाले म्याराडोनालाई देवत्वकरण गरेको पुराना अर्जेन्टिनीहरूको बुझाई छ। 

‘म आवाज बिहिनहरूको आवाज हुँ,’ म्याराडोनाले एक पल्ट भनेका थिए। पत्रकार कार्लोस एरेसले म्याराडोनाको तुलना ‘९० को दशकको पेरोन, उत्तरआधुनिक नेतासँग’ गरेका थिए।

उनीहरू म्याराडोनाको खेल्ने शैलीलाई निकै रुचाउँथे। किनभने म्याराडोनाले एउटा औसत टोलीलाई सन् १९८६ को विश्वकपको फाइनलमा जर्मनीलाई हराउँदै विश्व च्याम्पियन बनाएका थिए।

अहिले कतारमा अर्जेन्टिनी समर्थकहरूको जमघट हुने अर्को ठाउँ हो, अल वक्राको समुन्द्रीतट, जहाँ जुआन कार्लोस असान आफ्ना तीन साथीसँगै बसेका छन्। उनी मेसीको २०२२ को कक्षाभन्दा म्याराडोनाको ८६ को कक्षा निकै तगडा भएको बताउँछन्। 

‘हामीले हेर्दै आएका सबै वर्षहरूमा योभन्दा राम्रो अर्जेन्टिनी टोली १९८६ मा मात्र देखेका थियौं,’ उनी भन्छन्, ‘मलाई आशा छ– हामीले सपना देखेका छौं, मेसीले कप उचाल्छन्। यसपछि हामी भन्न सक्छौं–तपाईको समर्पण र व्यवसायिकताका लागि धेरै धेरै धन्यबाद।’

अधिकांश अर्जेन्टिनी समर्थकहरू मेसीले आइतबार ट्रफी उचाले पनि डिएगो म्याराडोनासँग उनको समान तुलना कहिल्यै हुन नसक्ने बताउँछन्। 

जुआन कार्लोस आफ्नो हातले इसारा गर्दै भन्छन्, ‘मेसी यहाँ (उनले आफ्नो हात छातीमा राखे) छन्। तर, म्याराडोना यहाँ (आफ्नो हात टाउकोभन्दा माथि उठाउँदै) छन्।’

यसैबीच मुचाचोसका प्रस्तुतिहरूमा डुबेका अर्जेन्टिनी समर्थकहरू गहिरो राष्ट्रवादको भावनालाई प्रकट गर्दै कतारमा हिँडिरहेका छन्। गीतमा एउटा शब्द छ, ‘म अर्जेन्टिनामा जन्मिएको थिए, डिएगो र लिओनलको भूमि, फकल्याण्ड टापुका बच्चाहरू, जसलाई मैले कहिल्यै बिर्सने छैन।’

यो गीत समूह चरणको खेलमा मेक्सिकोलाई हराएपछि अर्जेन्टिनाको ड्रेसिङ रूममा पनि घन्किएको थियो। यतिबेला मेसी र उनका योद्धाहरूले नाच्दै र गाउँदै गरेको दृश्यावलोकन सार्वजनिक भएको थियो। 

argentina11671334566.jpg

यो सन् २००३ को रिमिक गीत हो। जसको वास्तविक बोल मुचाचोस, एस्टा, नोचे मे इम्बोराचो (केटाहरू हो, आज राति म रक्सी पिउनेछु) हो। जुन गीत ह्दयघातको विषयलाई लिएर बनाइएको थियो। तर, यतिबेला अर्को प्रायोजनका लागि देशवासीहरू झुमिरहेका छन्। 

‘यो अर्जेन्टिनी पारा हो, वर्षोदेखि, धेरै मानिसका लागि, अझ भनौं यहाँ जमघट भएका ३० हजारदेखि ४० हजारसम्मका समर्थकहरूका लागि,’ ज्याज भन्छन्, ‘तर, यो विशेष विश्वकपका लागि हो किनभने अर्जेन्टिनीहरूले निकै कष्ट उठाएका छन्। लामो यात्रा, साच्चै भन्नुभर्दा महंगो, अति नै महंगो यात्रा। घर फर्किन निकै गाह्रो पर्नेछ। यसपालिको जित हाम्रो लागि विशेष हुनेछ।’ 

यस्ता दर्शकहरूको सपनालाई सत्य सावित गर्न मेसी र उनको योद्धाहरू आइतबार लुसेल रंगशालामा उत्रिने छन्। कमजोर मुटु भएकाहरूका लागि पक्कै पनि फाइनल खेल हेर्नुको कुनै तुक छैन। 

–डेली मेलबाट


 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०८:५४
  • #WorldCup2022
  • #WorldCupQatar
  • #messi
  • #Argentina

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
बढ्यो पेट्रोल र डिजेलको मूल्य
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी
सम्बन्धित सामग्री
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भ... मंगलबार, जेठ २७, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि नियमित समय २–२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुग... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्