• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
‘द रोड होम’ सम्झाउने नवीन चौहानको ‘चन्द्रमा’
64x64
समर्पण श्री मंगलबार, पुस १९, २०७९  ०८:५८
1140x725

काठमाडौं– आर्टमाण्डुको गीतमा कथा भन्ने शैली दर्शकले रुचाइसकेका छन्।

दर्जन म्युजिकल फिल्म बनाइसकेका निर्देशक नवीन चौहान केही न केही नयाँ स्वाद बोकेर आइहाल्छन्। कहिले उद्यमशीलताको कथा भन्न ‘तीनपाते’ कोसेली ल्याउँछन् त सीमानाको कथा भन्न ‘बाफ’। ‘घुमीघुमी’बाट बसाइँसराईको मर्म पस्कन्छन् त कहिले सम्बन्ध जोड्ने ‘धागो’को खाजी गर्छन्।

अब म्युजिकल फिल्मको यात्रालाई केहीबेर बिसाउने सुर छ उनको। फिचर्ड फिल्मको तरखर गर्नुअघि उनले गहिरिएर सोचे, ‘एक दर्जन म्युजिकल फिल्म बनाइयो। यसपालि आफैंतिर क्यामेरा तेर्साऊँ न त।’

उनले आफैंतर्फ क्यामेरा मात्र तेर्साएनन्, आफूलाई फिल्म यात्रामा उत्प्रेरित गर्ने चिनियाँ निर्देशक झाङ यी माओलाई  ‘ट्रिब्यूट’ पनि दिए। 

धेरै वर्षअघि नवीनले झाङ यीको फिल्म ‘द रोड होम’ हेरेका थिए। सन् २०००मा रिलिज भएको यो फिल्म हिमाली गाउँमा पढाउन गएका शिक्षक र गाउँले युवतीको प्रेम कथामा आधारित छ। 

‘त्यो फिल्म हेर्नुअघि म फिल्म बनाउनु कठिन काम ठान्थेँ। फिल्म हेरेपछि ममा पनि सक्छु भन्ने हुटहुटी पलाएको थियो,’ नवीन भन्छन।

झाङ यीको यो फिल्मले त्यतिबेलाको विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी ग्राण्ड प्रिक्स र इक्युमेनिकल जुरीको पुरस्कार हात पारेको थियो। 

लाग्नसक्छ, झाङ यी माओलाई कसरी ‘ट्रिब्यूट’?  

यसका लागि हालै आर्टमाण्डुको युट्युव च्यानलमार्फत् रिलिज भएको म्युजिकल फिल्म ‘चन्द्रमा’को श्रब्य/दृश्य ग्रहण गर्नुपर्छ। ‘चन्द्रमा’को विचरण गरिरहँदा ‘द रोड होम’का रंगिन दृश्य हाम्रो आँखामा आउन सक्छन्। मलिकाको अभिनयले झाओ दी( झाओ जियी)को झझल्को दिन सक्छ।

‘द रोड होम’मा शिक्षकको प्रेममा परेकी झाओले लगाउने रातो पोसाक सम्झौं। अनि ‘चन्द्रमा’कि मलिकालाई। घामका पहेँला किरणले टल्किएका सुन्दर दृश्यले ‘द रोड होम’ आँखाबाट छुट्न दिँदैनन् निर्देशकले।

नवीनको म्युजिकल फिल्ममा चन्द्रमाका रङ यसरी पोखिएका छन्, मानौं कि चन्द्रमा आँखामा टल्किरहेछ।

‘मेरा हरेक प्रोजेक्टमा झाङ यी माओका प्रभाव देखिन्छन्। द रोड होमले मलाई यात्रामा सधैं डोहोर्‍याउन सिकायो। त्यही प्रयोग मैले चन्द्रमामा गरेँ,’ नवीन भन्छन्। 

‘द रोड होम’को दृश्य देखिनेजस्तो ठाउँ कहाँ छ त? खोज्दै जाँदा चित्लाङ भेटियो। नवीनले चित्लाङमा छायाङ्कन गर्दा सूर्योदय र सूर्यास्तको समय लिएका छन्। उनले कलर सापटी पनि सोही फिल्मबाट लिए। फिल्ममा झाओजस्तै देखिने पात्र उनले मलिकालाई पाए।

०००

गीतमा सँगीत, शब्द, पृष्ठभूमिको दृश्य र कलाकारको अभिनयको संयोजन सुन्दर छ। लोकबाजाको धनु त नवीनका हरेक गीतमा पाइन्छन्। दर्शकहरूलाई १० मिनेटसम्म म्युजिकल फिल्मले बाँधेर राख्छ। दृश्यसँगै बगेको सँगीत र शब्दहरू यसरी मिसिन्छन्–

आँखिझ्यालैमा
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली
मुखले बोल्दा बातै लाग्ला झिम्काऊ परेली

निर्देशकले आफूतर्फ क्यामेरा फर्काएको कुरा कथाले बताउँदै जान्छ। गाउँमा सुटिङको टिम आएको छ। एउटी युवती बालबालिकासँग सधैँ सुटिङ हेर्न आउँछे। त्यहाँ उसलाई मनपर्ने कलाकारको सुटिङ हुन्छ। सुटिङस्थलमा स्थानीयको आकर्षण,आपसको प्रेम र टिमको गतिविधि कथामा छन्। नवीन भन्छन्, ‘यो गीत झाङ यीलाई मात्र हैन, गाउँलेहरूलाई पनि ट्रिब्यूट हो।’ 

सुटिमा निस्कँदा आफूहरूलाई स्थानीयले गरेको प्रेम उनी कहिल्यै भुल्दैनन्। ‘सुरुमा बास दिन नमानेको गाउँमा पछि यसरी कन्भिन्स्ड हुनुभयो कि सुटिङ सकेर फर्कँदा खसी काटेर भोज गराउनुभएको सम्झना छन्। रुवाबासी चलेका सम्झना छन्,’ नवीन भन्छन्।

स्थानीयले ल्याउने लोकल खाजा र कोसेलीका प्रसंग पनि उनले भिडियोमा समेटेका छन्। 

भिडियोमा मलिकाले पहिरिएको रातो पोसाकको कन्सेप्ट पनि नवीनले ‘द रोड होम’बाटै सापटी लिएका हुन्। 

गाउँले युवतीको एकतर्फी प्रेमलाई निर्देशकले मीठो ढङ्गले प्रस्तुत गरेका छन्। 

गीतमा सुस्मा सिग्देलका शब्दहरू भावसहित गुन्गुनाइरहुँ झैँ लाग्छन्।  एसडी योगी र रेश्मा पुनको युगल आवाज तथा सुशान्त गौतमको सँगीत निर्देशनले गीतमा प्राण भरिदिएका छन्। भिडियोमा मलिका, सविन कार्की विष्ट, सनया लिम्बु लगायत फिचर्ड छन्।

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
"आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक यसैक्रममा गज्जब टिभीको प्रस्तुतीमा "आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक भएको छ। सोमबार, असार १६, २०८२
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्रा... सोमबार, असार २, २०८२
ताजा समाचारसबै
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्