• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
64x64
समर्पण श्री शनिबार, माघ ६, २०८०  ०८:१४
1140x725

काठमाडौं– लक्षण हेर्दा त क्यान्सरझैं पनि लाग्थ्यो। मध्यरातमा उनी ऐनामा असिन–पसिन भएको आफ्नै अनुहार हेर्दै तर्सिन थाले, ‘यसरी कहिलेसम्म बाँचुला?’

पानी पिउन पनि ठूलै कसरत पर्ने र घाँटीबाट खाना निल्न अर्काे संघर्ष गर्नुपर्थ्यो। महिनौँदेखि उनले दुई चम्चाभन्दा बढी भात निल्न सकेनन्।

‘तपाईंले अत्यधिक मात्रामा अल्कोहल र खैनी खानुभएछ,’ पहिलो पटक अस्पताल पुगेपछि नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ। बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’

अभिनेता महेश त्रिपाठीले यस्तो होला भन्ने सोचेकै थिएनन्। उनले त फिल्म ‘हल्कारा’को राम क्यारेक्टरलाई जीवन्त र विश्वसनीय बनाउन यी सब गरेका थिए। 

‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो। उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो। तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो। 

उनी एक अभिनेता (नाम सम्झना भएन)को चर्चित भनाइ सापटी लिँदै भन्छन्, ‘कुनै पात्रमा बाँचिसकेपछि कति कुरा त्यो क्यारेक्टरलाई आफूले दिइन्छ। कति क्यारेक्टरले आफूलाई दिएर जान्छ।’

महेशको हकमा पनि त्यस्तै भयो।

०००

लामो समयदेखि सोचेजस्तो स्क्रिप्टमा काम नआउँदा महेश तनावमा जेलिएका थिए। जे गर्न उनी काठमाडौंमा टिकिरहेका थिए, त्यो हुन सकिरहेको थिएन। 

महेशलाई अभिनयको भोकले सताइरहेको थियो। त्यही बेलामा उनलाई निर्देशक विक्रम सापकोटाले फिल्म ‘हल्कारा’को मुख्य भूमिकाका लागि प्रस्ताव गरे। स्क्रिप्ट पढेपछि लाग्यो, ‘यस्तो कथामा अवसर त विरलै पाइन्छ।’ त्यसपछि उनले फिल्मको राम पात्रमा आफूलाई ढाल्न कसरत गर्न थाले।

उनी आफैं एक्टिङका विद्यार्थी। फिल्म कलेजमा विद्यार्थीहरूलाई अभिनय नै पढाउँथे। आफूले सिकेको अभिनय प्रकियालाई उनले फिल्ममा पछ्याउन कुनै कसर बाँकी छाडेनन्।  
राम अल्कोहोलिक पात्र थियो। ‘रामले यदि रक्सी खान नपाउँदा तलतल कसरी मेटाउँछ होला ?,’ महेशले खोजी गर्न थाले। उनको सूक्ष्म अवलोकनले भेट्टायो– खैनी।

‘पात्रले खैनी खाएको कुरा नियतबस क्यामेरामा देखाउनु पनि थिएन। यसरी बनोस् कि, त्यसको लजिक त्यही सिनेमा भित्र होस्,’ महेश सम्झन्छन्।

फिल्ममा राम बोल्नुअघि उसको घाँटीमा केही अड्केजस्तो हुन्छ। त्यो पात्रले खाने खैनीको प्रभाव थियो। 

सानो छँदा महेशलाई एक जना काकाले खैनी खान दिएका थिए। पहिलो पटक मुखमा पर्दा उनलाई गाह्रो भएको थियो। यस पटक क्यारेक्टरका लागि उनले सुटिङको तीन महिना अघिबाट खैनी खान थाले। त्यतिबेला खैनी र रक्सी महेशका निम्ति नियमित जस्तो भयो। 
‘यसरी बानी परेछ कि राति उठेर पनि खान थालेँ,’ महेश सम्झन्छन्।  

०००

सन् २०१८, सुटिङको अन्तिमतिर ‘हल्कारा’ टिम बन्दीपुरमा थियो। 

त्यहाँ छँदा पहिलो पटक उनले घाँटीबाट खाना निल्न असहज भएको महसुस गरे। क्रमशः अफ्ठ्यारो हुँदै गएपछि खाना खाने समयमा महेश समूहबाट छुट्टिए। अनि एक्लै बसेर खान थाले। तर मुस्किलले २ चम्चाभन्दा खाना खान सक्दैनथे।

सुटिङ सकेर काठमाडौं फर्केपछि ओस्कार कलेज र एभरेस्ट कलेजमा उनले नियमित अध्यापन गराउन थाले। अध्यापनको समयमा धेरै बोल्पथ्र्यो। उनलाई बोल्न पनि गाह्रो हुन थाल्यो। थुक निल्न पनि असहज हुन थाल्यो। घाँटी सुक्खा भएकाले उनी थुकिरहन्थे। 
विद्यार्थीहरू सोच्थे, ‘सरलाई खैनी खान बानी परेछ।’

महेशले सुटिङबाट फर्कनासाथ खैनी खान छाडिसकेका त थिए। तर उनलाई त्यो खैनीको दुखाइले भने ४ वर्षसम्म छाडेन। उनी ७२ केजी तौलबाट घटेर ५५ केजीमा झरे। ‘मैले खाना खान नसक्दा ममी धरधरी रुनुहुन्थ्यो। मलाई यस्तो गर्दागर्दै खाना नखाई मर्छु भन्ने लाग्न थालेको थियो,’ उनी सुनाउँछन्।

कतिपय बेला खाना निल्न नसकेर साटो स्लाइन पानी चढाउनुपरेका दिन पनि उनी सम्झिन्छन्। 

सुरुमा उनले चाबहिलस्थित नाक, कान, घाँटीका एक विशेषज्ञ डाक्टरलाई समस्या देखाए। चेकअपश्चात् डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ। बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’ 

नियमित औषधि खाएमा ३/४ वर्षसम्ममा निको हुने आश्वासन डाक्टरले दिए। ‘तर जति औषधि खाँदा पनि ठिक हुँदैन। गाह्रो भइरहेको छ। फेरि अल्का अस्पताल गएँ। नर्भिक गएँ। टिचिङ गएँ। ग्रान्डी गएँ। सबैले आत्तिनु पर्दैन भने,’ उनी सुनाउँछन्।

महेशलाई बेलाबेला श्वास फेर्न गाह्रो भएझैं लाग्थ्यो। यही समस्याले उनको एन्जाइटी बढ्यो। उनी साइकोलोजिस्ट कहाँ पनि धाए।
दुई वर्षपछि विस्तारै सहज महसुस हुन थाल्यो। उनी पहिलेभन्दा सहज तरिकाले पानी पिउन सक्ने भए। विस्तारै खानाको गाँस पनि बढ्न थाल्यो। ५ वर्षपछि पहिलो पटक महेशले औषधि घुटुक्क निले। त्यतिबेला उनलाई निकै आनन्द समेत लाग्यो। अहिले त धेरै सहज भइसकेको छ। तर पनि उनी समूहमा बसेर अझै खान सक्दैनन्। यो समस्या पूर्ण निको हुने क्रममै छ। 
महेशलाई अहिले आएर लाग्छ, ‘त्यो पात्रका लागि मैले जे गरेँ, त्यसको अल्टरनेटिभ तरिकाले पनि गर्न सक्थेँ।’

किनकि, स्वास्थ्यभन्दा ठूलो अरु हुन्न भने कुरा त्यसपछि मात्र महेशले महसुस गरे। ‘खासमा क्यारेक्टरमा अथेन्टिक चाहिन्छ। तर अथेन्टिकको नाममा आफूलाई हार्म गर्ने काम चाहिँ गर्न हुन्न रहेछ,’ महेश भन्छन्, ‘बरु त्यसका लागि विकल्पहरू खोज्नुपर्छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
हृदय छामेर जीवन फर्काउने डा मधु
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्