• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
पोएट आइडल : कति कविता, कति अकविता? 
64x64
समर्पण श्री बुधबार, पुस २७, २०७९  ०९:१६
1140x725

काठमाडौं– कवि स्वप्निल स्मृतिले एपिवानबाट बिहीबार र शुक्रबार प्रसारण हुने रियालिटी शो ‘द पोएट आइडल’ चार एपिसोडसम्मै हेरे। कार्यक्रममा कोही सुतेर, कोही कागज चपाएर त कोही चिच्याएर कविता भनिरहेका देखिन्छन्। ‘नयाँ नयाँ हर्कत देख्न पाइरहेको छु। तर कविताहरू अधुरा लागिरहेछन्,’ स्वप्निल भन्छन्।

कवि श्रवण मुकारुङले पहिलो एपिसोड मात्र पूरा हेरे। उनले त्यहाँ प्रस्तुति  मात्र पाए, कविता पाएनन्। ‘मैले पहिलो एपिसोड पूरै हेरेँ। त्यसमा कविता थिएनन्। भर्खर त सुरु भएको छ। कविता त विस्तारै आउँछन् होला नि,’ मुकारुङ भन्छन्। 

श्रवणका अनुसार कविताको फरक विशिष्टता हुन्छ। कविताको उचाईलाई कार्यक्रमले क्षय नगरोस् भन्ने उनको सुझाव छ।

कवि रीमा केसीलाई कार्यक्रमको कन्सेप्ट सुन्दा राम्रै लागिहरेको थियो। तर दुई वटा शो हेरेपछि उनी सहभागीहरूबाट निराश बनिन्। ‘जजमा पनि आइडिया भएको देख्दिनँ। सहभागीले पनि कविताको मर्म मारिरहेका छन्,’ उनी भन्छिन्।

नेपालमा सम्भवत: पहिलो पटक भएको कविताको रियालिटी शो ‘द पोएट आइडल’ले यतिबेला कवि लेखकहरूको ध्यान खिचेको छ। कतिपयले कार्यक्रम हेरेर सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् त कतिपयले आलोचना।

अमन प्रताप अधिकारीले निर्देशन गरेको उक्त रियालिटी शोमा चार निर्णायक छन्– कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त।

कस्ता कवि, कस्ता कविता?
कार्यक्रममा एक प्रतियोगीको कविता निर्णायकहरूले फितलो पाउँछन्। निर्णायक उपेन्द्र सुब्बाले ती प्रतियोगीलाई सोध्छन्, ‘तपाईंले पढेको र मन परेको कविता संग्रहको नाम के हो?’ 

प्रतियोगीले एकछिन सोचेर भन्छन्, ‘मलाई मन परेको र मैले अघिल्लो वर्ष पढेको कवितासंग्रहको नाम हो मेरो देश नेपाल। यो म आफैंले लेखेको हुँ।’

उनका कुराले चार निर्णायक खित्का छाडेर हाँस्छन्। उनलाई कविताहरू पढ्न सुझाउँदै निर्णायकहरूले फर्काउँछन्। प्रतियोगी निराजन मौदगल्लेले ‘मानिस र चरा’ शीर्षकको कविता सुनाउँदा अनौठो प्रस्तुति देखाए। न उनका कविता कविताजस्ता थिए, न नाट्य प्रस्तुतिबाट निर्णायक अनुप बराल प्रभावित भए।

यद्यपि, निर्णायक सुरक्षा पन्तले उनलाई अर्को राउण्डमा देख्न चाहिन्। 

अर्का कवि मिल्सनले कविता सुनाइरँदा कागज चापाउन र ओकल्न भ्याए। उनले निर्णायकहरूबाट प्रशंसा नै पाए। 

कार्य्रमममा सहभागीहरूलाई कुनै उमेरले छेकेको थिएन। फरक क्षमता भएकाहरूले पनि प्रस्तुति दिइरहेका थिए। एक दृष्टिविहीन प्रतियोगीले कविता सुनाइन्, तर छनोट भइनन्। यद्यपि कविता सुनाउन पाउँदा खुसी व्यक्त गरिन्।

सिरमहकी रीना शाहले कविता सुनाएपछि तीन निर्णायकले घण्टी बजाए। विप्लव प्रतीकले ֯म के गरौं’ भनेर अलमल परेजस्तो भान दिइरहेका थिए। ‘तपाईंले नगरी त झन् हुन्न,’ रीताले विप्लव आफ्नो लागि खास भएको संकेत गरिन्।

उनले आफू ९ कक्षामा पढ्दाको कुरा स्मरण गराइन्। जतिबेला उनले कविता प्रतियोगितामा कविता वाचन गर्दा विप्लवले धाप मार्दै भनेका थिए, ‘कविता लेख्न जारी राख।’ उनले त्यो क्षण स्मरण गराइरहँदा प्रतीकका आँखा भने रसाइरहेका थिए।

विभिन्न स्भावका प्रतियोगी र कविताको प्रस्तुति थिए। कुनै सहभागीलाई छनोट गर्दा कतै कतै निर्णायक बहकिएझैं पनि लाग्थे। यसरी बहकिएर घण्टी बजाउनेमा सुरक्षा पन्त दोहोरिइहेकी थिइन्। सुनसरीका ओमप्रकाश बानियाँलाई तिनवटै निर्णायकले रिजेक्ट गर्दा सुरक्षाले भने घण्टी बजाइन्। उनले भनिन्, ‘अहिलेसम्म फन्नी साइड अफ पोइमको मिसिङ छ। त्यो साइड हेर्न किन किन घण्टी बजाउन मन लागेको छ। तर थाहा छैन किन हो। मेरो तर्फबाट ओके छ।’ 

उनै प्रतियोगीमाथि अनुपको प्रतिक्रिया थियो, ‘प्रेमको कविता लेख्नु भयो तर प्रेम कहाँ छ।’ 

एक एपिसोडमा प्रतियोगी राजेश पोखरेलले कविता सुनाए। उनको कवितामाथि विप्लव प्रतीकले भने, ‘म पूर्णतया सन्तुष्ट छैन। तर उर्दू शब्दको मोहले गर्दा तिमीलाई एस भन्छु।’ त्यसपछि उनले घण्टी ठोके।

२ भन्दा बढी निर्णायकले घण्टी बजाएमात्र प्रतियोगी छनोट हुन्थे। कुनै प्रतियोगीका कविता यस्ता थिए कि, निर्णायकहरू नै चकित देखिन्थे।

कैलालीको मुनु अधिकारीले ‘म हत्यारा हुँ’ शीर्षकको कविता सुनाउँदा चारै निर्णायकले अविलम्ब नगरी घण्टी बजाए। अनुप बराल भन्दै थिए, ‘कुनै त शीर्षक नै कविता हुन्छ।’ कविता सुनाएर छनोट भएपछि मुनुलाई होस्ट दिव्यदेवले जितबारे प्रश्न गरे। उनले भनिन्, ‘जित्ने नजित्ने आफ्नो हातमा हुन्न। क्राफ्टचाहिँ आफ्नो हातमा हुन्छ।’ 

‘प्लेटफर्म राम्रो, तर कविता खै?
यो अडिसन राउण्ड भएकाले अहिले नै समीक्षा गर्ने पक्षमा कवि श्रवण मुकारुङ छैनन्। यद्यपि कविले मञ्च पाउने कुरामा उनी खुसी छन्। ‘कविले मञ्च पाएको राम्रो कुरा हो। सबै सेलेभल हुने। कविचाहिँ नहुने भन्ने कुरा हुन्छ त! कविता पहिलो सर्त हो। कविता राम्रो हुनुपर्यो ।’ 

उनी यसअघिका कवितामा सन्तुष्ट नभए पनि बाँकी एपिसोडमा राम्रा कविता आउँछन् भन्ने आशामा छन्। कविताको इतिहास लामो भएकाले कविहरूलाई चिनाउने काम निर्णायकहरूले गर्नुपर्ने उनको जोड छ।

कवि चन्द्रवीर तुम्बापो पुँजीवादले प्रेम, युद्ध र संगीत विक्री हुने समयमा पोइट आइडल आउनु स्भाविक मान्छन्। उनी कविताको नितान्त व्यापारका लागि पोएट आइडल आएकोमा गम्भीर कविता नआएको पाउँछन्। ‘नयाँ पुस्ताले प्लेटफर्म पाइरहेका छन्। यो राम्रो कुरा हो। तर कविताको व्यापार हुनुहुन्न,’ उनी भन्छन्।

कवि स्वप्निल स्मृति कविहरूमा पनि सेलिब्रेटी हुने मोह भएको बताउँछन्। विभिन्न मन्चमा नआएका कवि रियालिटी शोमा आएको देख्दा यसलाई सकारात्मक मान्छन्। यद्यपि कविताहरूचाहिँ राम्रा आउनुपर्ने उनको धारणा छ। ‘रमाइलो कार्यक्रम हुन्छ नि गाउँतिर। सबै एक ठाउँ भेला हुने, कतिले जोक गर्छन् नि। सबै हाँस्छन्। बढी त्यस्तो आइरहेको छ। विरलै कविता लायकका आएका छन्,’ कवि स्वप्निल भन्छन्।

निर्णायक भन्छन्– कार्यक्रमले आइडल जन्माउने होइन
निर्णायक अनुप बराल धेरैले यो कार्य्रकम पोएट आइडल जन्माउन गरिएको अपेक्षा गरेको बताउँछन्। ‘तर त्यस्तो होइन। यो कार्यक्रमबाट कविताप्रति रुचि जगाउने, लुकेको प्रतिभालाई मेन स्ट्रिममा ल्याइदिने उद्देश्य हो,’ अनुप भन्छन्। 

अहिले कार्यक्रमको फर्म्याटबारे थाहा नभएकाले पनि आलोचना भएको उनी बताउँछन्। ‘सुरुमा ९ सयबाट १ सय ६५ छानिनुभयो। त्यसपछि ६० जना। अब १४ जना छनोट हुँदासम्म राम्रा कविता आउँछन्। मुख्य प्रतियोगिता यही बीचमा हुन्छ,’ उनी भन्छन्।

तर अनुपलाई खड्किएको कुराचाहिँ मूलधारमा देखिएका अनुहार पोएट आइडलमा देखिएनन्। ‘पपुलर फेस आएनन्। अपेक्षा अनुसारका आउनुपर्ने, चिनिएका र देखिएका साहित्यिक सर्कलका कोही पनि आएनन्,’ उनी भन्छन्।

कवि उपेन्द्र सुब्बा कविता लेखिरहेका तर साहित्यिक वृत्तमा परिचित नभएका पुस्ता आइडलमा आएकोमा खुसी छन्। ‘पूर्वदेखि पञ्चिमसम्म कविता भन्दै हिँड्दा नदेखेकालाई अहिले देखेको छु मैले कार्यक्रममा। बजारले नचिनेका कवि धेरै छन्। यो खुसीको कुरा हो,‘ उपेन्द्र भन्छन्। 

यद्यपि यो शोले पोएट आइडलले जन्माउँछ भनेर सोच्नुचाहिँ गलत ठान्छन् उनी। 

निर्देशक अमनप्रताप अधिकारी पोइट आइडल नयाँ विधा भएकाले सुरुमा नकारात्मक देखिनु स्वभाविक भएको बताउँछन्। तर पोएट आइडलले स्टार कवि भने जन्माउने उनको दाबी छ। ‘अहिलेसम्म गोष्ठीमा आउने मात्र कवि हो भन्ने पुराना चिन्तनबाट बाहिर निस्कनुपर्छ। अहिलेको डिजिटल समाज हो। अब पनि थोत्रा कपडा लगाएर पुरानो झोला बोकेर कविता सुनाउन जाने कविको मान्यताबाट बाहिर निस्कनुपर्छ,’ अधिकारी भन्छन्।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्