• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
माघीका लागि ११ सय २७ टन तरुल कालिमाटी भित्रियो, कुन तरुलको मूल्य कति?
64x64
कल्पना घिमिरे शुक्रबार, पुस २९, २०७९  २१:४१
1140x725

काठमाडौं- माघी नजिकिँदै गर्दा काठमाडौंमा तरुलको खपत बढ्न थालेको छ। माघीका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा १ हजार १ सय २७ टन तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन्।

‘अहिले १ हजार १२७ टन तरुल बजारमा आइसकेको छ। अझै आउने क्रम पनि जारी छ। जसमध्ये ९ प्रतिशत मात्रै भारतबाट आयात भएको छ,’ उनले भने।

श्रेष्ठका अनुसार विभिन्नथरीका तरुल कालीमाटी बजारमा भित्रिन्छन्। ‘तरुल यति किसिमका भन्ने हुँदैन। विभिन्न ठाउँअनुसारका तरुलका नाम हुन्छन्। किसानले फरकफरक किसिमका नाम दिएका हुन्छन्,’ उनले भने।

जसमध्ये पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल कालीमाटी तरकारी बजारमा किन्न पाइन्छ।

अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेकोछ। जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ।

पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ भने वन तरुल प्रतिकेजी १५० देखि २०० सम्म बिक्री भइरहेको छ।

स्कुसको जरा १५० देखि १८० सम्ममा बिक्री भइरहेको छ। सिमल तरुल ४० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। पिँडालु प्रतिकेजी ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै सखरखण्ड प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको कालीमाटी तरकारी बजारले जनाएको छ।

कहाँ–कहाँबाट आउँछ तरुल
नेपालको सर्लाही जिल्लाबाट सबभन्दा ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। यसका साथसाथै सुनसरी, धादिङ, काभ्रे, चितवन लगायतका जिल्लाबाट समेत ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठले बताए।

Ncell 2
Ncell 2

केही परिमाणमा मात्र भारतबाट आउने गर्छ जसमध्ये १७७ टन भारतबाट तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। भारतबाट आउने तरुल ९ प्रतिशत मात्र हो।

‘तरुल विशेष गरी नेपालमै उत्पादन हुन्छ। भारतबाट नआउँदा पनि खासै फरक त पर्दैन। तर व्यापारीहरुको सम्पर्क हुन्छ। उनीहरुले आफ्नो पायक पर्ने स्थानबाट ल्याउने हो। व्यापारिक सम्पर्कको हिसाबले भारतबाट आउने हो तर नेपालको उत्पादनले नपुग्ने भएर होइन,’ उनले भने।

उनी गत वर्ष र अहिले बराबर परिमाणमा तरुल आउने बताउँछन्। ‘११२७ टन आइसकेको छ। अघिकल्लो वर्ष र यो वर्षको कालिमाटी तरकारी बजारमा भित्रिएको तरुल करिब हाराहारीमा छ। अघिल्लो सालको पुस महिनाभरिमा १३२६ टन तरुल आएको थियो,’ उनले भने।

तरुलको मूल्य घट्यो
२०७६ मा तरुलको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ थियो। २०७७ सालमा ६ रुपैयाँले बढेर तरुलको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ पुगेको थियो। 

२०७८ मा तरुलको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ रहेको थियो। यस वर्ष प्रतिकेजी ६६.७६ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.९९ प्रतिशतले घटेको छ।

त्यस्तै २०७६ मा सखरखण्डको औसत मूल्य प्रतिकेजी ५६.६७ रुपैयाँ थियो। २०७७ सालमा पनि सखरखण्डको औसत मूल्य प्रतिकेजी ५६.६७ रुपैयाँ नै थियो। 

२०७८ मा सखरखण्डको मूल्य बढेर प्रतिकेजी ६६.७६ रुपैयाँ थियो। यस वर्ष फेरि घटेर प्रतिकेजी ५६.६७ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १७.६५ प्रतिशतले कमी हो।

२०७६ मा पिँडालुको औसत मूल्य प्रतिकेजी ४८ रुपैयाँ थियो। २०७७ सालमा पिँडालुको मूल्य घटेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको थियो। 

२०७८ मा पिँडालुको मूल्य बढेर प्रतिकेजी ४६.६७ रुपैयाँ थियो। यस वर्ष पनि प्रतिकेजी ४६.६७ रुपैयाँ कायम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँ... आइतबार, असार १, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
म्याग्दीमा भिरमह उत्पादन ७५ प्रतिशतले घट्यो हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षातले मौरी चरन क्षेत्रमा जान नसक्दा गोलाको मह खाएकाले उत्पादन घटेको पाइजाले बताए । म्याग्दी... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, असार २, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, असार २, २०८२
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै सोमबार, असार २, २०८२
आजको मौसमः देशभर बदली, वर्षाको सम्भावना सोमबार, असार २, २०८२
हुम्लाको उनापानीमा  आगलागीबाट आठ घर नष्ट सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि, नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्दै आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्