• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
64x64
कल्पना घिमिरे बिहीबार, साउन १७, २०८१  १८:०६
1140x725

काठमाडौं– सरकारले गत आर्थिक वर्ष (२०८०/०८१) मा  कूल बजेटको ८०.४६ प्रतिशत खर्च गरेको छ। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म १४ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ बराबर कूल बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कूल बजेट ल्याएको थियो। ठूलो आकारको बजेट ल्याएको सरकारले आर्थिक सहायता र राजस्व संकलनमा लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी आएको तथ्यांकले देखाउँछ।

यो वर्ष सरकारले १९.५४ प्रतिशतले कूल बजेट खर्चमा कमी गरेको छ। अघिल्लो आर्थिक वर्ष (२०७९/०८१)मा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले १४ खर्ब २१ अर्ब ३२ करोड रुपैयाँ  अर्थात कूल बजेटको ७९.२३ प्रतिशत खर्च गरेको थियो।

यस्तै गत वर्षमा सरकारले चालू खर्च तफै ८३.४५ प्रतिशत भएको छ। पुँजीगतर्फ ६३.४८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८६.०७ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो तथ्यांकअनुसार सरकारले लक्ष्यअनुसार बजेट खर्च गरेको देखिँदैन। ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार खर्च गर्न नसक्नुमा सरकारले वर्षभरी उठ्ने राजस्व र वैदेशिक आर्थिक सहायता प्राप्तीलाई आधार मानेर बजेट ल्याउने गरेको देखिन्छ। 

लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा र वैदेशिक आर्थिक सहायता लक्ष्यअनुसार प्राप्त नहुँदा कूल बजेट खर्चमा कमी आएको विज्ञहरु बताउँछन्।

चालू खर्च घट्यो ०.३५ प्रतिशत 
गत वर्ष सरकारले चालू खर्चका लागि ११ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसमध्येबाट ९ खर्ब ५२ अर्ब २७ करोड बराबर खर्च भएको मन्त्रालयले जनाएको छ। यो कूल चालूखर्चको बजेटको ८३.४५ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष (२०७९/०८०) मा ११ खर्ब ८३ करोड २३ अर्ब रुपैयाँ छुट्याएकोमा ९ खर्ब १५ खर्ब ६ करोड रुपैयाँ बराबर अर्थात ८३.४५ प्रतिशत खर्च भएको थियो।

जसअनुसार अघिल्लो वर्षको तुलानामा गत वर्ष ०.३५ प्रतिशतले चालू खर्चमा कमी आएको छ।

१.८० प्रतिशत बढ्यो पुँजीगत खर्च
गत वर्षका लागि पुँजीगत खर्चका लागि ३ खर्ब ६८ खर्ब ९६ करोड रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट १ खर्ब ९१ अर्ब ७४ करोड रुपैयाँ बराबर खर्च गरेको छ। यो कूल पुँजीगत खर्चका लागि छुट्याएको बजेटको ६३.८४ प्रतिशत हो।

अघिल्लो वर्षमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब ८०अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा १.८० प्रतिशतले पुँजीगत खर्च बढेको देखिएको छ।
  
यस्तै वित्तीय व्यवस्थापन तर्फको खर्चमा सरकारले ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसमध्येबाट २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च भएको छ। यो वित्तीय व्यवस्थातर्फको बजेटको ८६.०७ प्रतिशत हो।

अघिल्लो वर्ष वित्तीय व्यवस्थातर्फको लागि सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्येबाट ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ बराबर खर्च गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

लक्ष्यअनुसार संकलन भएन राजस्व
लक्ष्यअनुसार खर्च गर्न नसकेको सरकारले राजस्व संकलन पनि लक्ष्यअनुसार गर्न सकेको छैन। गत आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको थियो। जसअनुसार सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको यो तथ्यांकले देखाएको छ।

लक्ष्य अनुसार परिचालन भएन वैदेशिक आर्थिक सहायता 
आर्थिक वर्ष २०८०/०८१ मा कूल १ खर्ब ३८ अर्ब ९८ करोड रुपैयाँ बराबर वैदेशिक आर्थिक सहायत परिचालन भएको छ। जसमधये २२ अर्ब २७ करोड बराबर अनुदान र १ खर्ब १६ अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक ऋण प्राप्त भएको मन्त्रालयले जनाएको छ। यो वर्ष सरकारले २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक आर्थिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यअनुसार प्राप्त गर्न नसकेको पाइएको हो।

यस्तै २०८१ वैशाख यता (३ महिना) असार मसान्तसम्ममा ६९ अर्ब ४६ करोड ११ लाख रुपैयाँ वैदेशिक आर्थिक सहायता परिचालन भएको छ। जसमध्ये ५८ अर्ब २५ करोड ३७ लाख वैदेशिक ऋण र ११ अर्ब २० करोड ७४ लाख अनुदान प्राप्त भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान 
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्