• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
स्पष्ट बहुमतमा रहेको सत्तारुढ गठबन्धनबाट कांग्रेसले सभामुख फुत्काउन सक्ला?
64x64
नेपाल लाइभ बुधबार, माघ ४, २०७९  २०:३३
1140x725

काठमाडौं– सभामुखका लागि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दल दुवैले उम्मेदवारी दिएका छन्। संसद् सचिवालयका अनुसार सभामुख पदका लागि सत्तारुढ दलहरूमध्ये एमालेका तर्फबाट देवराज घिमिरे र नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेको तर्फबाट सभामुख उम्मेदवार बनेका घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ छन्। समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने छन्।

यसैगरी, कांग्रेसका सभामुख उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सर्मथकमा एकिकृत समाजवादीका प्रकाश ज्वाला छन्। 

एमाले र कांग्रेस दुवै अन्य दलहरूको आडमा सभामुखमा प्रतिष्पर्धा गरिरहेकका हुन्।  पुस १० मा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नै पदीय भागबन्डा भइसकेको छ। जसअनुसार एमालेले सभामुख र राष्ट्रपति, रास्वपाले उपसभामुख र माओवादी केन्द्रले उपराष्ट्रपति पाउनेछन्। 

प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै गर्दा नेपाली काग्रेससँग पनि विश्वासको मत माग्न पुगे। प्रचण्डलाई कांग्रेसले विश्वासको मत पनि दिएको छ। त्यसले राजनीतिक वृत्तमा तरङ्ग ल्यायो। एमालेले त्यसप्रति सशंकित हुँदै सभामुख र राष्ट्रपतिको बारेमा भइसकेको सहमतिमा कांग्रेसले खेल्न खोजेको आरोप लगायो। कतिपय कांग्रेसकै नेताहरूले समेत सभामुख र राष्ट्रपति निर्वाचनमा आफनो स्पेश बनाउनकै लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी गरे। 

सभामुखको उम्मेदवारी दर्तापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरू कुरा गर्दै कांग्रेसले सिफारस गरेको व्यक्ति अबको राष्ट्रपति बन्ने दाबी गरेका छन्। बिहीबार हुने सभामुख निर्वाचनलगत्तै यही हप्ताभित्र उपसभामुखको निर्वाचन पनि हुनेछ। त्यसपछि माघ मसान्तभित्र राष्ट्रपति निर्वाचन गर्ने तयारी अघि बढ्नेछ। 

त्यसकारण बुधबार भएको सभामुखको उम्मेदवारी दर्ता र बिहीबारको सभामुख निर्वाचनलाई राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ। सभामुख पदको उम्मेदवारी दर्तापछि एमालेका नेता देवराज घिमिरेले आफ्नो जित सुनिश्चत रहेको दाबी गरे। घिमिरेले सत्तारुढ दलको प्रष्ट बहुमत रहेको बताउँदै सभामुखको निर्वाचनमा सहज जित हुने दाबी गरे।

यता, कांग्रेसका सभामुख उम्मदेवार न्यौपानेले पनि आफू जित नजिक रहेको दाबी गरेकी छिन्। न्यौपानेको उम्मेदवारी दर्ताअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रान्जिता श्रेष्ठसँग छलफल गरेका थिए।

देउवाले सभामुखको उम्मेदवारीअघि आफ्नो निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवसँग पनि छलफल गरेका थिए। देउवालाई बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले समेत फोन गरेर सभामुख निर्वाचनका बारेमा कुरा गरेका थिए। यद्यपि, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे एमालेका सभामुख उम्मेदवारका समर्थक बसेका छन्। 

माओवादीले सहयोग गर्नसक्ने झिनो आशासहित नेपाली कांग्रेसले सरकार बाहिर रहेका दलहरूलाई सभामुख निर्वाचनमा आफूसँग ल्याउने प्रयास गरेको छ। सरकारमा रहेका माओवादी केन्द्र, एमाले, रास्वपा र राप्रपा मात्रै एक ठाउँमा उभिदा स्पष्ट बहुमत पुगेको छ।

सरकारलाई समर्थन दिएका कांग्रेसबाहेकका तीन दल असन्तुष्ट हुँदाहुँदै पनि मंगलबार मन्त्रीमण्डल विस्तार गरिएको छ। मन्त्रीमण्डल विस्तारमा सन्तुष्ट दलहरूकै सांसद् संख्या १४५ पुग्छ। बहुमतका लागि १३८ जना सांसद् भए पुग्छ। यी चार दल एक ठाउँ उभिदा समेत घिमिरेको जित निश्चित छ। 

तर, नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेको समर्थनमा कांग्रेस र एकीकृत समाजवादी बाहेकका अन्य दलहरू प्रष्ट खुलेको छैनन्। संसद्‌मा नेपाली कांग्रेसमा ८९ सासंद छन् भने एकीकृत समाजवादीसँग १० सांसद छन्। १२ सांसद रहेको जसपाले सभामुखका विष्यमा बिहीबार मात्रै निर्णय गर्ने जनाएको छ। बुधबार बसेको जसपा संसदीय दलको बैठकले सभामुखमा कसलाई सघाउने भन्ने बारेमा बिहीबार मात्र निर्णय लिने निष्कर्ष निकालेको संसदीय दलका नेता रामसहाय यादवले जानकारी दिए। 

लोसपा, नागरिक उन्मुक्ति पार्टीले पनि बुधबार साँझसम्म सभामुखमा कता खुल्ने भन्ने निर्णय गरिसकेका छैनन्। यी सबै पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत हालेका थिए। तर, कांग्रेस स्वयंले विश्वासको मत प्रधानमन्त्रीलाई दिएर बिगार्न खोजेको गठबन्धनको हिसाबमा अपेक्षित नतिजा हासिल हुने सम्भावना देखिँदैन। 

सरकारको समीकरणबाहिर रहेका कांग्रेस, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिदा समेत बहुमत पुग्दैन। यी दलहरूको सांसद संख्या १ सय १९ पुग्ने देखिन्छ। संसद्‌मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको पनि एक–एक सांसद् छन् र स्वतन्त्र तीन जना सांसद छन्। यी सबै एकतिर हुँदा समेत सत्तापक्षलाई नै बहुमत पुग्छ। 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:३३
  • #सभामुख
  • #सभामुख–निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्