• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
जब प्रकाश आम मान्छेको इतिहास लेख्न तम्सिए
64x64
समर्पण श्री शनिबार, माघ ७, २०७९  १०:४७
1140x725

काठमाडौं– कवि प्रकाश गुरागाईंको कविता संग्रह ‘खुट्टामा श्रीपेच’ले आम मान्छेको विद्रोह बोलको छ। किनाराकृत मान्छेको मुद्दा उठाएको छ। साहित्यमा मात्र हैन, पत्रकारितामा पनि उनी आम मान्छेकै आवाज बुनिरहेका त हुन्थे। 

४ वर्षअघि। एकदिन एउटा झिल्को आयो प्रकाशको मस्तिष्कमा, ‘इतिहास पनि त आम मान्छेको आँखाबाट लेखौं न।’ त्यो झिल्को इतिहासकै गर्तमा पुरिन लागेको नयाँ सडकका कथाबारे थियो। 

सुनिरहने नाम– पिपलबोट। 

कुनै समय कवि, लेखकका एक मात्र जङ्क्क्सन। 

साहित्यिक वृत्तमा फैलिरहेका व्यापक किस्साहरू कुनै समय त्यही पिपलबोटबाटै जन्मिएको थियो। एकाध लेखहरू पढेका पनि थिए प्रकाशले।

‘पुरानो पिपलबोट कस्तो थियो होला?’ उनको कल्पनामा अमूर्त आकृति मडारिइरह्यो। साइकल चढेको पनि चर्चा हुने युग। कवि लक्ष्मी प्रसाद देवकोटाको रिले साइकल पनि चर्चित थियो त्यसबेला। 

कसैले भन्थे– राणशासनविरुद्धको विद्रोह सुरु भएको ठाउँ। कविता क्रान्तिदेखि विभिन्न आन्दोलनको प्रारम्भ भएको ठाउँ।

एकदिन उनी मूलपानीस्थित लेखक नारायण ढकाल निवास पुगे। ‘दाइ पिपलबोट, नयाँ सडकको विषयमा किताब लेख्ने सोच आयो। किताब बन्न सक्छ कि सक्दैन बताइदिनुपर्यो,’ उनले ढकाललाई भने। 

प्रकाशको कन्सेप्ट सुनेर खुसी भए नारायण। भने, ‘बन्छ, राम्रो किताब बन्छ। गज्जब कन्सेप्ट हो। काम गरौं।’ 

त्यो बसाइमा नारायणले प्रकाशलाई राजनीतिसँग जोडेर नयाँ सडकबारे भने, गुप्तचरका विषयमा सुनाए। ‘उहाँले च्याप्टर च्याप्टर गरी विषयहरू छुट्याइदिनुयो। त्यसपछि त सक्छु जस्तो लाग्यो,’ प्रकाश भन्छन्। 

सुरुमा उनले २०/२२ जनासँग भेटे। नयाँ सडकका इतिहास खोतले। एकदिन चर्चित फोटो पत्रकार मितरत्न बज्राचार्यसँग भेट भयो प्रकाशको। मिनरत्नले उनलाई न्यूरोड डुलाए। ‘त्यतिबेलासम्म न्यूरोडको भाग कता छन् थाहा थिएन मलाई,’ उनी भन्छन्।  

त्यही क्रममा प्रकाशले पुरानो फोटो पत्रकार श्रीधरलाल मानन्धरलाई भेटे। प्यारालाइसिसले थलिएका श्रीधरलालले पुराना न्यूरोडका फोटो देखाए। राजा कसरी त्यो बाटो भएर आउँथे, सुनाए। 

No description available.

मिनरत्नले राणाका घरहरू देखाइदिए।

त्यतिबेला नयाँ सडकबारे सुनेका एउटा किस्सा सम्झन्छन् प्रकाश। पहिलो कालपत्रे सडक थियो नयाँ सडक। तर सडकको एक भागमा मात्र गरिएको थियो कालपत्रे।  ‘किन रहेछ भने राणाको रिसल्लाको तबेला नयाँ सडकमा थियो। चिल्लो बनायो भने घोडाको टाप र बग्गीको चक्का चिप्लिन्छ भनेर एक साइडमा मात्र गरिएको रहेछ,’ प्रकाश सुनाउँछन्। 

बुझ्दै र अध्ययन गर्दै जाँदा रमाइलो त भयो। तर पुराना पुस्तक भेटिनै गाह्रो। उनी पुराना पुस्तक पसल धाउन थाले। जब आफूले खोजेका दुर्लभ किताब पाउँथे, विछट्टै खुसी हुन्थे।

०००

किताबमा काम गर्दै जाँदा कोरोनाकाल सुरु भयो। भेट्नुपर्ने थुप्रै मान्छे थिए। भेट ठप्प हुने अवस्था आयो। ४० प्रतिशत लेखिसकेका थिए। बाँकी अगाडि बढाउनुअगावै उनमा ‘फ्रस्टेसन’ पैदा भयो। 

कतिपय भेट्नैपर्ने मान्छेको घरमा जाँदा गेटै खुलेन। निराश भएर बाहिरबाटै फर्किनुपर्यो। कतिपयले गेट खोले। 

तर प्रवेश निषेध!

कोभिडकै समयतिर, उनले पुरुषोत्तम शमशेर जबरालाई भेटेका थिए। ९६ वर्षका जबरालाई भेट्न दिन पनि परिवार मानिरहेको थिएन। ‘मैले जिद्दी गरेर भेटेँ। फर्कँदा पछुतो लागिरह्यो, यदि मेरो कारण उहाँ संक्रमित हुनुभयो भने!’

किताबमा डुब्दाडुब्दै प्रकाश एकोहोरिएछन्। उनले आफू बाहिरी संसारबाटै अलग्गिएको अनुभूत गरे। ‘म त कविता लेख्ने मान्छे, यसमा काम गर्नुअघि कथा लेखिरहेको थिएँ। ती सबैबाट अलग्गिएजस्तो अनुभूत भयो। त्यसपछि मैले नयाँ सडकलाई बिसाएँ,’ उनी भन्छन्।

त्यो बीचमा प्रकाश पुरानै लयमा फर्किए। कविता लेखे, कथा लेखे।

००० 

३ महिनापछि, दयारामभक्त माथेमाको एउटा किताब भेटे, ‘अनुभव र अनुभूति।’

नयाँ सडमा राजा त्रिभुवनले जनसेवा हल दयारामभक्तलाई बकस दिएको प्रसंगदेखि, हल जलेका घटनाहरू पढे। किताब पढेपछि पुनः प्रकाशले सम्झिए, आफूले थन्क्याएको काम। 

त्यसपछि पुनः उनले पाइला अघि बढाए। र सिध्याइछाडे।

९० वर्षअघि सहरको छेउमा पर्ने ठाउँ थियो नयाँ सडक। तर साहित्य, राजनीतिक सबै कुराको केन्द्र थियो त्यो।

आन्दोलन जन्माउने ठाउँ, जहाँका भट्टीबाट कविता क्रान्ति जन्मिए, क्रान्तिकारी जन्मिए। तिनै विद्रोह र क्रान्तिको कथा बोकेको नयाँ सडकलाई प्रकाशले शब्दमा कुँदेका छन्। ४ वर्षको मेहेनतपछि ‘जङ्क्सन पिपलबोट’लाई आजबाट फिनिक्स पब्लिकेशनमार्फत् सार्वजनिक गर्दैछन् प्रकाश। 

तर कविता संग्रह आउँदा जतिको हलुका अनुभुति भएको छैन उनलाई। केही कुरा छुटे जस्तो, केही कुरा पुगेनजस्तो लाग्ने। ‘हुन त ९० वर्षको इतिहास ३ सय पेजमा कहाँ अडिन्छ र। जनताको इतिहास हो, यतिले त पुग्दैन,’ प्रकाश भन्छन्।

०००

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:४७
  • #प्रकाश गुरागाईं

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्