• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय आयल निगमलाई सुधार गर 
64x64
नेपाल लाइभ मंगलबार, माघ १०, २०७९  २०:५४
1140x725

नेपाल आयल निगम पछिल्लो समय घाटामा चलिरहेको छ। पेट्रोलियम पदार्थको एकलौटी (मनोपली) व्यापार गर्दै आएपनि निगम घाटामा चलिरहेकाले पछिल्लो समय निगमको विकल्प खोज्नुपर्छ भन्नेसम्मका प्रश्न उठ्ने गरेका छन्।  सरकारी स्वामित्वको आयल निगम यसरी एकलौटी व्यापार गर्दा पनि किन घाटामा छ? प्रश्नहरू स्वाभाविक छन्। सार्वजनिक रूपमै उठेका यस्ता प्रश्नको उत्तर कुनै पनि निकायले नदिँदा निगमभित्र अपारदर्शी क्रियाकलाप हुने गरेको संशयमाथि बल पुगिरहेको छ।

आयल निगमभित्र हुने बेथिति र भ्रष्टाचारका ठूला ठूला घटना समय–समयमा सार्वजनिक नभएका होइनन्। जग्गा खरिद, तेलको कुपन वितरणदेखि ढुवानीसम्म हुने भ्रष्टाचारका घटना सार्वजनिक भए। तर, ती अधिकांश घटना मुद्दा नै नचली हराए। यसको पछिल्लो उदाहारण हो, गोपाल खड्का प्रमुख कार्यकारी हुँदा भएको जग्गा खरिदको भ्रष्टाचार प्रकरण। जग्गा खरिदमा भ्रष्टाचार भएको भनी संसदीय समितिदेखि अन्य निकायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाए। तर, आयोगले हालसम्म त्यसलाई अघि बढाएको छैन। कतिसम्म भने खड्काले अवकाश पाइसकेका छन्।

निगमको एक सफ्टवेयर खरिदमा पनि अस्वाभाविक खर्च देखाइएको छ। पहुँचवालाहरुलाई निगमको सवारी साधन खरिद गरेर दिने, हरेक वर्ष नयाँ खरिद गर्ने प्रवृत्ति पनि निगममा देखिन्छ। यो प्रवृत्तिले आमउपभोक्ताबाट उठाएको रकम दुरुपयोग भइरहेको छ। सरकारले तेलमा अनावश्यक कर थोपरेको छ।

पेट्रोलियम पदार्थमा सरकारले बुढीगण्डकी आयोजनाकाे निर्माणका लागि भन्दै कर लगाएको छ। पूर्वाधार करको रुपमा प्रत्येक एक लिटरमा १० रुपैयाँ अतिरिक्त भार थपिएको छ। आयोजना निर्माणको कुनै ग्यारेन्टी नभएको अवस्थामा यसरी कर लगाउनु गलत हो। त्यस्तै, पेट्रोल पम्पहरुलाई तोकेर ६ रुपैयाँ पेट्रोलमा र डिजलमा ४ रुपैयाँ, मट्टितेलमा ४ रुपैयाँ बराबर अग्रिम मुनाफा तोकेर दिइएको छ। पेट्रोलियम पदार्थ व्यापार गर्न आएका उनीहरुलाई यसरी राज्यले नै अग्रिम नाफा ग्यारेन्टी गर्नु गलत हो। पूर्वाधार कर र अग्रिम नाफाका कारण उपभोक्ताले अतिरिक्त मूल्य तिर्नु परिरहेको छ। 

निगममा मूल्य स्थिरीकरण कोष रहेको छ। फाइदा हुँदा निमगले उक्त कोषमा १ रुपैयाँ ७५ पैसा जम्मा गर्ने गर्दछ। यसरी नाफा हुँदा जम्मा गरेको रकम घाटा हुँदा प्रयोग गर्दैन। घाटामा हुँदा निगमले उक्त कोष प्रयोग नगरि नेतृत्वले चाहेको ठाउँमा खर्च गरि दुरुपयोग गर्ने हो भने यो आमउपभोक्ताका लागि अतिरिक्त भार मात्र हो।  निगमको कार्यकारी निर्देशक हुन उच्च राजनीतिक पहुँचका साथै ठूलो आर्थिक चलखेल हुने गरेकाे आरोप लाग्ने गरेको छ। निगमको नेतृत्वमा पुग्न यसरी गरिने खर्चको अर्थ अतिरिक्त आम्दानी नै हो। अतिरिक्त आम्दानी नहुने हो भने राजनीतिक पहुँचका आधारमा आर्थिक चलखेल गरेर कोही पनि आयल निगममा आउन तयार हुनुपर्ने अरु असल नियत देखिँदैन। 

आयल निगम सुधारका लागि भन्दै समय समयमा कार्यदल पनि बन्ने गरेका छन्। तर, ती कार्यदलले दिने सुझाव न्यूनमात्र कार्यान्वयन हुने गरेका छन्। हालसम्म १८औं कार्यदल बनेको छ। कार्यदलले केही सुझाव प्रधानमन्त्रीस्तरमा बुझाएको छ। निजी क्षेत्रलाई पनि खुल्ला गर्ने, ग्यासमा मूल्य तोकेर घरायसी र व्यापारिक प्रयोजनका लागि अलग–अलग बनाउने, आईओसीसँगको सम्झौता पुनरवलोकन गर्ने जस्ता सुझाव दिइएको छ। विडम्वना! उक्त कार्यदलले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा लुकाइएको छ। सार्वजनिक छलफलमा ल्याएर जनताबाट सुझाव लिँदै आयल निगमलाई सुधार गर्नुपर्नेमा प्रतिवेदन लुकाएर आफू अनुकूल काम गराउनेमा नेतृत्वको ध्यान देखिन्छ। 

५३ वर्षको उकाली ओराली पार गरेको निगमलाई अब सुधार गर्नुको विकल्प छैन। पछिल्लो कार्यदलले दिएको सुझाव अनुसार निजी क्षेत्रको प्रवेश गराउँदा कालोबजारी वृद्धि हुने जोखिम छ। नियमन गर्ने निकाय नबनाउँदा झन् भद्रगोल हुने निश्चित छ। त्यसका लागि नियमन प्राधिकरण गठन गरिनुपर्छ। स्वचालित मूल्य निर्धारण र नियुक्तिका लागि समेत पारदर्शी मापदण्ड बनाउनु निगमका लागि मात्र होइन सिंगो देशका लागि हितकर हुनेछ। 

 

सम्बन्धित सामग्री:


अनियमितताले गाँज्दा टाट पल्टिने अवस्थामा आयल निगम

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू नगरेर बेइमानी गर्दैछ आयल निगम

उड्ने वर्गबाट कमाएको मुनाफाबाट गुड्ने वर्गलाई सहुलियत दिएका छौं: बिनितमणि उपाध्याय [अन्तर्वार्ता]

कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

आयल निगम सुधार गफमा सीमित, कार्यदल बन्छन्, प्रतिवेदन थन्किन्छन्


कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:५४
  • #आयल निगमको अनियमितता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्