• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गृहमन्त्री लामिछानेको मुद्दामा के गर्ला सर्वोच्चले, होला त सांसद र मन्त्री पद खारेजीको फैसला?
64x64
नेपाल लाइभ बुधबार, माघ ११, २०७९  ०७:२२
1140x725

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादसम्बन्धी मुद्दा बुधबारदेखि संवैधानिक इजलासले अन्तिम सुनुवाई गर्दै छ। कामु प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न हुने संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री लामिछानेको मुद्दामा अन्तिम सुनुवाई गर्ने छ। 

संवैधानिक इजलासले यसअघि पेसी नसर्ने गरी मुद्दाको सुनुवाई गर्ने भनेको छ। उक्त मुद्दामा सबै पक्षको लिखित जवाफ, बहस नोट र झिकाएका विवरणहरु आइसकेका छन्। संवैधानिक इजलासले उक्त प्रमाणहरुलाई हेर्दै पक्ष, विपक्ष र सरकारी वकिलहरुको बहस सुनेर फैसला सुनाउने छ।

उनीहरुको बहस नसकिएमा भने सर्वोच्चसँग अर्को दिनका लागि हेर्दा–हेर्दैमा राख्न सक्नेछ। सबै पक्षको बहस सकिए पनि फैसला लेख्न नभ्याएमा संवैधानिक इजलासले सुनुवाई सकेर निसु(निर्णय सुनाउने) तोक्न सक्ने छ। निसु तोकेमा भने फैसला केही दिन सर्ने छ। यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्रीको निरन्तरता तय गर्ने छ।

प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगको जवाफ : रिट खारेज हुनुपर्छ 
सर्वोच्च यसअघि गरेको आदेश अनुसार सबै विवरण र फाइलहरु पेस भएका छन्। लामिछानेको रिटमा प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगले रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्। लामिछानेको मुद्दामा प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगको दल दर्ता र सांसदको रुपमा निर्वाचनमा भाग लिने प्रक्रिया पूरा भइसकेकाले रिट खारेज हुनुपर्ने जिकिर गरेका हुन्। 

प्रधानमन्त्री कार्यालयका सचिव सुमनराज अर्यालले पेस गरेको लिखित जवाफमा कुनै नेपाली नागरिकले विदेशी नागरिकता प्राप्त गरेमा नेपाली नागरिकता स्वत: नरहने र नागरिकता त्यागको सूचना दिई सो सूचना दर्ता भएको मितिदेखि निजको नागरिकता कायम नरहने भन्ने देखिन्छ।

Ncell 2
Ncell 2

प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (ङ) मा अन्यथा प्रमाणित नभएसम्म कुनै अदालत वा सरकारी कार्यालय वा अधिकारीबाट वा नेपाल कानुन बमोजिम अधिकार प्राप्त कुनै व्यक्तिबाट प्रकाशित भएको, तयार गरिएको वा प्रमाणित गरिएको भनि/जनिएको लिखत सो अदालत, कार्यालय, अधिकारी वा व्यक्तिबाट प्रकाशित भएको वा तयार वा प्रमाणित गरिएको हो भनी अदालतले अनुमान गर्ने व्यवस्था रहेको लिखित जवाफमा उल्लेख छ।

‘प्रस्तुत मुद्दामा रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को लागि आफ्नो उम्मेदवारी दिँदा पेस गर्नुभएको नेपाली नागरिकतासमेतका आधारमा चितवन जिल्ला क्षेत्र नं. २ को निर्वाचन अधिकृत तथा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेको देखिन्छ,’ जवाफमा भनिएको छ,  ‘हाल सो निर्वाचन सम्पन्न भई रवि लामिछाने चितवन जिल्ला, क्षेत्र नं. २ बाट निर्वाचितसमेत भइसकेको अवस्थामा निज रवि लामिछानेको नागरिकताको वैधानिकताको विषय उठान गर्नु उपयुक्त देखिँदैन।’

उल्लिखित आधार तथा कारणबाट रिट निवेदन खारेज भागी भएको जवाफमा दाबी गरिएको छ। अन्य निकायबाट भए गरेको काम कारबाहीका सम्बन्धमा सम्बन्धित निकायबाट पेस हुने लिखित जवाफबाट थप अवगत हुने प्रधानमन्त्री कार्यालयको लिखित जवाफमा भनिएको छ। निर्वाचन आयोगले पनि रिट खारेज गर्नुपर्ने तर्क पेश गरेको छ। 

कानुन बमोजिम दलले तोकेको व्यक्तिले आयोगमा बुझाउन ल्याएको विवरणमा अविश्वास गर्नुपर्ने अवस्था नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको रुपमा लामिछानेको नाम प्रस्ताव गरेको निर्णय पेस गरेको र सोही अनुसार दल दर्ता गरेको जवाफमा उल्लेख छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनबाट २०७९ मंसिर ९ मा उक्त निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने तर्फको निर्वाचन परिणाम घोषणा भएको र निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा मात्र कुनै उम्मेदवारको योग्यता सम्बन्धमा निर्वाचन आयोगले निर्णय गर्नसक्ने भएकाले रिट खारेज गर्नुपर्ने आयोगको जवाफमा दाबी गरिएको छ। 

‘निर्वाचन परिणाम घोषणा भइसकेपछिको अवस्थामा उम्मेदवारको योग्यतासम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकारक्षेत्र भित्र पर्ने हुँदा संविधानसम्मत रुपमा आयोगबाट भएको निर्णयविरुद्ध दर्ता भएको रिट निवेदन आयोगलाई विपक्षी बनाइएको हदसम्म खारेजभागी हुन्छ’, लिखित जवाफमा भनिएको छ,  ‘इजलाससमक्ष पेस हुँदाका बखत उपस्थित हुनुहुने सरकारी वकिलको बहस बुँदासमेतलाई निवेदनको अभिन्न अंग मानियोस्।’

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०७:२२
  • #रवि लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप
सम्बन्धित सामग्री
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै... बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गर... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्