• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव
64x64
अन्शु खनाल बुधबार, माघ १८, २०७९  १६:१५
1140x725

काठमाडौं– सुर्खेतको बराहताल गाउँपालिकाका २६ वर्षीय भुपेन्द्र चालिसे गत कात्तिक ७ गते वीरेन्द्रनगरबाट बड्डीचौर फर्किँदै थिए। हार्डवेयर पसलका लागि सामान अर्डर गरेर फर्किंदै गरेका भुपेन्द्रले चलाएको मोटरसाइकल बीच बाटोमै दुर्घटना भयो।

जंगलको बाटोमा भुपेन्द्रको बाइकलाई पछाडिबाट आएको फोर्स गाडीले ठक्कर दिएको थियो। उनको उद्दार हुँदासम्म ठक्कर दिने गाडीका चालक फरार भइसकेका थिए। उद्दार गर्नेले उनलाई सुर्खेतको प्रादेशिक अस्पताल लगिदियो। त्यसपछि बल्ल उनको परिवारले दुर्घटना भएको खबर पायो।

परिवार अस्पताल पुग्दा भुपेन्द्रको निधार र छातीमा सानोतिनो चोट देखिएको थियो। हातखुट्टा या शरीरका अन्य अंग केही भएको थिएन। तर टाउकोको सिटी स्क्यान गर्दा उनको दिमागमा चोट देखियो। प्रादेशिक अस्पतालले काठमाडौं लगेर उपचार गर्न सुझायो। कहिल्यै यस्तो दुर्घटना नभोगेको भुपेन्द्रको परिवारले काठमाडौंको कुन अस्पताल जाने भेउ पाउन सकेन। 

सुर्खेतमै अस्पतालमा बसिरहँदा धेरैले काठमाडौंको मेडीसिटी अस्पतालमा राम्रो उपचार हुने बताएका थिए। तर उनीहरुलाई सरकारी अस्पताल लैजान पाए सहुलियतमा उपचार हुन्थ्यो कि भन्ने आशा थियो। उता ठक्कर दिने गाडीका चालक पनि दुर्घटना भएकै दिन प्रहरीको सम्पर्कमा आइसकेका थिए। 

‘बस चाहिँ दैलेखको मान्छेको रहेछ। सुर्खेतकै देउती नागरिक यातायात समिति (प्रालि)मा आबद्द रहेछ,’ भुपेन्द्रका भिनाजु चेतन काफ्ले भन्छन्। 

काठमाडौं लानै पर्ने भएपछि उनीहरुले यातायात समितिलाई खबर गरे। बिरामीलाई भेन्टिलेटरमा राखेर ल्याउनु पर्ने थियो। एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो। परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो। 

‘आधा भए पनि तिरिदिनूस् भन्दा पनि समितिले मानेन। त्यो समयमा जसरी पनि बिरामीको ज्यान बचाउनु थियो। पैसाभन्दा बिरामीको ज्यान महत्वपूर्ण थियो। पैसाको हिसाब नै भएन। उनीहरुले नतिरे पनि हामी आफैंले ६ लाख ६० हजार तिरेर मेडिसिटी हस्पिटल ल्यायौं,’ काफ्ले भन्छन्।

उनीहरु कात्तिक ९ गते मेडिसिटी अस्पताल आइपुगे। अस्पतालको खर्च समिति (कम्पनी)ले नभइ नव कान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट प्रालिले तिर्ने रहेछ। नव कान्तिपुरले कात्तिक १३ गते मेडिसिटी अस्पताललाई आफूले उपचारको रकम भुक्तानी गर्ने भन्दै पत्र लेखेको थियो।

बिरामीलाई काठमाडौं ल्याइसकेपछि उता सुर्खेतमा पनि स्थानीय केही र परिवारका व्यक्तिहरु गएर उपचार खर्च बेहोर्ने सहमतिसहित कागज बनाइएको थियो। ‘हामीले पुलिस रिपोर्ट पनि गरेका थियौँ। सहमति कागज बनाएपछि समिति (यातायात कम्पनी)ले गाडी र ड्राइभरलाई छाडिदिन अनुरोध गर्न थाल्यो। जे नहुनु भइसकेको थियो। बस नै गरिखाने बाटो हो भनेर छाडिदिने भनेका थियौं। तर बिरामीको बुवाले मान्नुभएन। त्यसपछि कम्पनीले उपचार नै गर्दिनँ भन्न थाल्यो। बाध्य भएर बस छाड्नुपर्‍यो,’ काफ्ले सम्झिन्छन्।

काठमाडौं ल्याए पनि बिरामीको अवस्थामा सुधार आएको थिएन। मेडिसिटीको केही दिनको बसाइपछि फेरि नवकान्तिपुरले धेरै खर्च भयो भन्दै परिवारलाई गनगन गर्न थाल्यो। नव कान्तिपुरका प्रतिनिधिहरु बिरामी अन्तै सारौँ भन्न थाले।

‘सुरुमा हेलिकोप्टरको खर्च बाहेक बिरामी निको नहुन्जेल खर्च गर्छौं भनेकाहरु एकाएक खर्च धान्न सक्दैनौं भन्न थाले। बिरामीलाई कहाँ लैजाने, के गर्ने हामीलाई मेसो थिएन। मेडिसिटीका डाक्टरहरुले पनि प्रालिका मान्छेहरुले हात निकाल्ने दिन आउँछ, खर्च बढी हुन्छ भनेझैँ गर्नुभयो,’ काफ्लेले भने।

त्यसपछि बिरामीलाई ट्रमा सेन्टर सार्ने सल्लाह भयो। बल्लतल्ल बेड मिलाएर कात्तिक ३० गते ट्रमा सेन्टरमा सारियो। काफ्लेका अनुसार अहिले भुपेन्द्रको स्वास्थ्यमा थोरै सुधार आएको छ। 

उनी भन्छन्, ‘मेडिसिटीमा हुँदा अब बिरामीले आँखा देख्नु हुन्न होला भनेका थिए। प्यारालाइसिस जस्तै भएको छ भनेका थिए। तर अहिले आँखामा समस्या छैन, हातखुट्टा पनि चलेको थियो। आजभोलि चाहिँ एउटा खुट्टा दह्रो जस्तो भएको छ। बोलायो भने मुख चलाउने, जिब्रो चलाउने गर्छन्। पहिले जस्तो भेन्टिलेटरको पूर्ण सपोर्टमा छैनन्। भेन्टिलेटरको मोडहरु झार्दै गएको छ। जे होस् पहिलेभन्दा सुधार भएको छ।’

नव कान्तिपुरको हेलचेक्र्याइँ: बिरामीको परिवारलाई छुट्टै तनाव
मेडिसिटीमा खर्च धेरै भयो भनेर बिरामी ट्रमा सेन्टर सार्न लगाएको नव कान्तिपुर भने जिम्मेवारीबाट भागेको बिरामीको परिवार बताउँछ। मेडिसिटीमा भर्ना गरेपछि बिरामीको परिवारले नै पनि २ देखि ३ लाखको हाराहारीमा पैसा खर्च गरेको दाबी गरेको छ। यातायात कम्पनीले भने मेडिसिटीमा १७ लाख खर्च भएको काफ्लेलाई बताएको थियो।

ट्रमा सारेपछि गत महिनाको ६/७ गतेतिर केही रकम दिएका कम्पनीका सदस्यहरुले अहिले फोन नै उठाउन छाडेको काफ्लेले बताए। ‘एउटा मान्छेले मात्रै फोन उठाउँछ, म कुरा गर्छु भन्छ। हामीलाई पैसाको अभाव भएको छ। फरकफरक टेस्ट गर्न कहाँकहाँ पुग्नु पर्छ। पैसा चाहिन्छ। यहाँ फार्मेसीबाट उधारोमा औषधि ल्याइरहेका छौँ। अहिले फार्मेसीले पैसा मागिरहेको छ,’ काफ्ले थप्छन्, ‘तर पैसा सकियो भन्दैमा उपचार रोक्न मिलेन, स्वास्थ्य बीमा पनि भर्खरै गरियो। अस्पताल प्रशासनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ। अहिले उनीहरुको पैसाको भर पर्नुभन्दा पनि कसरी उपचार निरन्तर गर्ने भन्ने कुरा महत्वपूर्ण हो। उपचार रोकिएर बिरामीलाई अफ्ठ्यारो पर्ने अवस्था कसैको नआओस्।’

अहिलेसम्म बिरामीको परिवार आफैँले १३ देखि १४ लाख रुपैयाँ खर्च गरिसकेको छ। उपचार खर्चको कुरा गर्न नव कान्तिपुरको कार्यालय बालाजुसम्मै पुगेका काफ्ले भन्छन्, ‘पैसा दिन्छौं, हुन्छ-हुन्छ भनेर मिठो बोलेर फिर्ता पठाउँछन्। तर आउनूस् कुरा गरौँ भन्दा मान्दैनन्। पैसा तिर्न बाँकी बिलको चाङ भइसक्यो। सडक दुर्घटनामा यसरी यातायात समिति (कम्पनी)ले दु:ख दिने कुरा सम्बन्धित निकायले कहिले थाहा पाउला?’

सम्बन्धित सामग्री: 

कहालीलाग्दो सडक दुर्घटना: न्यूनीकरणका लागि केही त गर

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव 

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक 

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ? 

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता] 

कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:१५
  • #कहालिलाग्दो सडक दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्