• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
'सरकारकै शैक्षिक लक्ष्य पूरा गर्न नेपाल विश्वविद्यालय आवश्यक'
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, माघ १८, २०७९  १९:३०
1140x725

काठमाडौं- नेपाल विश्वविद्यालयका सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बुधबार पनि छलफल भएको छ। छलफलमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास निर्माण समितिका सदस्यहरु उपस्थिति थिए। उनीहरुले सो विश्वविद्यालयको अवधारणा र औचित्यलाई प्रष्ट पार्ने प्रयास गरेका थिए।

छलफलमा डा अर्जुन कार्कीले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता औँल्याएका थिए। उनले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्तिको आवश्यकता रहेको बताए। उनले भने, ‘शैक्षिक जनशक्ति २०३० सम्म २५ प्रतिशत र २०४० सम्म ३० प्रतिशत पुर्‍याउने सरकारको घोषित लक्ष्य छ। हाल विश्वविद्यालयमा विद्यार्थीहरुको उत्तीर्ण दर २२ प्रतिशत मात्रै छ।'

समितिको मंगलबार र बुधबारको छलफलमा कतिपय सांसदले अहिले भएकै विश्वविद्यालय लथालिंग भएको भन्दै संख्या मात्रै बढाउन आवश्यक नरहेको बताएका थिए। त्यसैप्रति लक्षित गर्दै कार्कीले सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि पनि विश्वविद्यालयको संख्या बढाउनुपर्ने धारणा राखेका थिए।

डा कार्कीले हालको शैक्षिक जनशक्ति गुणात्मक रुपमा उत्साहप्रद नभएको बताउँदै विद्यमान पाठ्यक्रममा तथ्यगत विश्लेषण गर्ने क्षमताको कमी भएको बताए। उनले ५ वर्षदेखि निरन्तर रुपमा विश्वविद्यालयहरु किन सुधार हुन नसकेको भन्ने प्रश्नको सामना गरिहनुपरेको बताए। 

उनले कार्कीले हाल विश्वविद्यालयहरुमा भएको विकृति रोक्नका लागि राज्यबाट नै सुधारको खाँचो रहेको औँल्याए। राष्ट्रलाई माया गर्नै नैतिक शिक्षाको कमी भएको उल्लेख गर्दै उनले नेपाल विश्वविद्यालयले पाठ्यक्रममा सुधार ल्याउने र विदेश पलायन हुने शैक्षिक जनशक्तिको अन्त्य गर्ने दाबी गरे।

त्यस्तै डा सूर्यराज आचार्यले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा भएको विकृति अन्त्य गर्नका लागि राजनीतिक हस्तक्षेप मात्रै अन्त्य गरेर नहुने बताए। उनले भने, ‘प्राज्ञिक वातावरण र प्रशासनिक वातावरण फरक कुरा हुन्।’

डा आचार्यले राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने, सामाजिक दायित्व बोध गराउने र नैतिक  आचरण सम्बन्धी शिक्षाको आवश्यकता औँल्याउँदै नेपाल विश्वविद्यालय विधेयकले त्यो कुरालाई सम्बोधन गर्ने दाबी गरे।

त्यसैगरी, डा विपिन अधिकारीले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयले काम गर्न नसकेको आरोप लगाए। उनले नेपाल विश्वविद्यालयमा सरकारको लगानी कम भएको हुनाले सरकारबाट हस्तक्षेप नहुने कुरामा विश्वास व्यक्त गरे। उनले नेपाल विश्वविद्यालयले नैतिक शिक्षा, इतिहास, गुणस्तर लगायतका क्षेत्रमा ध्यान दिने बताए।

Ncell 2
Ncell 2

छलफलमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले विश्वविद्यालयको कोषमा रहेको रकममा सरकारी दायित्व नरहने तर पूर्वाधार लगायतका क्षेत्रमा स्थानीय, प्रदेश र संघ सरकारले गर्ने कुरा बाँझिएको भन्दै आशंका व्यक्त गरेका थिए। उनले हालका विश्वविद्यालयहरुले विद्यार्थी नपाएको उल्लेख गर्दै नेपाल विश्वविद्यालय र अरु विश्वविद्यालयमा के फरक छ भन्ने औचित्य पुष्टि गर्न आग्रह गरे।

No description available.

सांसद देवेन्द्र दाहालले विश्वविद्यालयलाई स्वायत्तता दिने विषयमा कसरी तालमेल मिलाउन सकिन्छ भन्दै प्रश्न गरे। उनले शैक्षिक जनशक्ति रोक्ने आधार, सञ्चालन गर्न चाहिने साधन स्रोतमाथि प्रष्ट पार्नुपर्नेमा जोड दिए।

त्यसैगरी सांसद खिमलाल देवकोटाले मुलुकको अर्थतन्त्र रेमिटेन्समा आधारित रहेको बताउँदै लगानी अनुसारको प्रतिफल आउनेमा आशंका व्यक्त गरे। उनले शिक्षा सम्बन्धी छाता ऐन आउने तयारीमा रहेको भन्दै सो ऐन जारी भएमा अरु विधेयक निष्क्रिय हुने चिन्ता व्यक्त गरे।

सांसदहरुको प्रश्नपछि कार्कीले नेपाल विश्वविद्यालयलाई बोझिलो नपार्नका लागि अपनत्व लिने उद्देश्यले सरकारको केही मात्रामा भए पनि लगानी हुनुपर्ने तर्क गरे। उनले प्राज्ञिक मान्यता र प्रशासनिक मान्यता पृथक रहेको बताउँदै छाता ऐन विश्वविद्यालयको बाधक बन्न नहुने बताए।

समितिका सभापति तथा राष्ट्रिय सभा सदस्य डा बेदुराम भुसालले नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिलाई पाठ्यक्रमको परारुप प्रस्तुत गर्न, हालसम्मका प्रगति विवरण सार्वजनिक गर्न र सञ्चालको आर्थिक आधारबारे प्रष्ट पार्न अनुरोध गरे।

पूर्वकानूनमन्त्री माधव पौडेलले नेपाल विश्वविद्यालय सरकारी र गैरसरकारी निकायको लगानी रहने दाबी गरे। उनले नेपाल विश्विद्यालयमा शिक्षण विधि र पाठ्यक्रम फरक किसिमको रहेको बताए। उनले शिक्षण विधि व्याख्यानभन्दा पनि प्रयोगात्मक हुने बताए।

उनले वर्षमा एक लाख शैक्षिक जनशक्ति बाहिरिने तथ्यांक रहेको बताउँदै उक्त जनशक्ति रोक्नुपर्नेमा जोड दिए। उनले हाल भएका विश्वविद्यालय सुधारमा जोड दिँदै राजनीतिक दल लगायतका सम्बन्धित निकायले ऐक्यबद्धता जनाउनुपर्ने बताए।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्