• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
जो आफ्नै भूमिमा ‘अनागरिक’ भएर बाँचे, जानुकाले उनीहरूकै आवाज बोलिन्
64x64
समर्पण श्री शुक्रबार, माघ २०, २०७९  ०७:३१
1140x725

काठमाडौं– बुधिन फेरि ठगियो। उसको ‘हडमबा’जस्तै। 

जसले वर्षौंअघि झापाको गौरादहमा वस्ती बसाले। आफ्नो जग्गाजमिनमा बाली उब्जाए। तर, विस्तारै पहाडबाट बसाइँ आउनेहरूले उनीहरूको सोझोपनाको फाइदा उठाए।

जमिन कब्जा गरे, सडकनिर पर्ने महंगा जमिनबाट आवादीतर्फ पुर्‍याए। र एकदिन भूमिहीन बनाएर आफ्नै जग्गाको कामदार बनाइदिए। 

हजुरबा जस्तै बुधिन पनि फेरि ठगियो। 

बुधिन र फूलमुनिको नयाँ घरमा नयाँ संसारको जग हाल्ने सपना माटोमै बिलायो। तर, उनीहरूको सानो छोरा बारीको छेउमा एक्लै माटो जम्मा गरेर घर बनाई खेल खेलिबसेको छ।

त्यतिबेला चुनावको नारा पनि घन्किरहेको छ–

धरतीपुत्र हे वीर किसान हो
जमिन हुन्छ जोत्नेको

एउटा दुःखद् शिलशिलालाई कायम राखेर ‘आतोओडा’का पृष्ठ सकिन्छ। तर, पाठकको मनमा प्रश्नैप्रश्नले घोचिरहन थाल्छन्– ‘जुन जमिनमा जसले पहिलो पाइताला राखे, उनीहरू नै भूमिविहीन?’ ‘जो देशका आदिवासी हुन्, उनीहरू अहिलेसम्म अनागरिक?’

लेखक जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ पढेपछि एक किसिमको वेचैनी भइदिन्छ। इतिहासको गर्तमा छोपिएका झापाको गौरादहका सन्थाल समुदायका कथा आँखामा दृश्य भएर चलिरहन्छन्।

आफ्नै राज्यमा ‘अनागरिक’ र आफ्नै भूमिमा मजदुर भएर बाँचिरहनुको विवशता कति टिठलाग्दा छन्! उनीहरूको दबिएको आवाजलाई जानुकाले ‘आतोओडा’मा एकट्ठा गरेकी छन्। सन्थालको पहिचान, उनीहरूको मुद्दालाई लेखकले बलियो ढंगले पाठकसामु ल्याएकी छन्। 

जानुकाको झण्डै डेढ दशकको साधनापछि जन्मिएको उपन्यास हो ‘आतोओडा’। पटक–पटकका लेखन, अध्ययन तथा गौरादहका सन्थालसँगका शृंखलाबद्ध संवादपछि उनले आँट गरेकी हुन् यो उपन्यास लेख्न। 

जब सँगै पढ्ने साथीले ‘मालिकिन्’ भने
झापाको गौरादहमा जन्मेकी जानुका गाउँमै हुर्किइन्। उनी पढ्ने स्कुलमा सन्थाल साथीहरू पनि पढ्थे। पढाइमा अब्बल थिए उनीहरू। तर, तिनै साथीले ४ कक्षा नपुग्दै पढाइ छाडे।

स्कुल आउन छाडेका साथीलाई केही महिनापछि जानुकाले आफ्नै घरमा भेटिन्। जानुकाको घर आउँदा उनीहरू बदलिसकेका थिए। स्कुलमा हाँसखेल गर्ने साथी बोल्नै छाडिसकेका थिए। ‘उनीहरू हाम्रो घरमा काम गर्न आउँथे। त्यतिबेला नचिनेको जस्तो गर्थे। हिजोसम्म साथी भन्ने उनीहरू अब मालिकिन् भनेर बोलाउन थाले। मलाई नरमाइलो लाग्न थाल्यो,’ जानुका सुनाउँछिन्।

सन्थाल समुदायबारे त्यतिबेलै बुझ्दै आएकी थिइन्। उनीहरूको आफ्नो घर हुँदैन रैछ। जुन घरमा काम हुन्छ त्यही घरमा बस्ने रहेछन्। ‘अघिल्लो पालि आउने सन्थाल अर्को पालि देखिन्न थिए। नयाँ अनुहार देखिन्थे,’ उनी सुनाउँछिन्।

जानुकाको बाल मस्तिष्कले प्रश्न गरिरहन्थ्यो, ‘यसरी किन फरक देखिएक होलान् उनीहरू?’

एक दशकसम्म थन्क्याइएको पाण्डुलिपी
विसं २०६५ सालमा जानुका र उनका दाइ ठाकुरले मास्टर्सको थेसिस गर्दै थिए। जानुकाको थेसिसका विषय थियो– वृहत् नेपाली व्याकरण।

दाइले चाहिँ झापाका आदिवासी सन्थाल समुदायमाथि गर्दै थिए थेसिस। सन्थालहरूको सांस्कृतिक पाटो फरक र रमाइलो थियो। जानुकालाई पनि यसबारे बुझ्नु थियो। उनी दाजुसँग सन्थाल समुदायका मानिस भेट्न गइन्। पहिलो पटक उनले फूलमुनी भन्ने युवती भेटिन्। फूलमुनी स्कुल पढाउने रै’छिन्।

फूलमुनीले उनका बुबासँग भेटाइदिइन्। ‘उनका बुबाले सन्थाल कसरी नेपाल आए भन्नेबारे बताए। सन्थालका अनुसार कसरी सृष्टि भयो, उनीहरू देवीदेवता के मान्छन् त्यसबारे बताउनुभयो,’ जानुका सम्झिन्छिन्। 

सन्थालहरूको घर बस्ती नभएको खेतको बीचमा थियो। जानुकाले प्रश्न गरिन्, ‘यस्तो आवादीमा घर किन बनाउनुभएको?’

‘पहिला हाम्रो जग्गा बाटोनजिकै थियो। बाटोले खान्छ, ऐलानी जाग्गा हो। पछि सरकारले लान्छ, याँ बस्न पाउन्नौ। तिमीहरूलाई म त्यहाँनिरको जग्गा पास गरिदिन्छु भनेर भनियो। हामीलाई फसाएर, झुक्याएर जग्गा साटियो,’ त्यो जवाफ सुनेर जानुकालाई अचम्म लाग्यो।  

उनले बुझ्दै गइन्, यसरी सन्थालहरूमाथि पटक पटक अन्याय गरिँदै आएको रहेछ। उनीहरूलाई नागरिकता पनि दिलाइएको रहेनछ। त्यतिनै बेला झम् झम् पानी पर्यो त्यहाँ। पानी घर माथिसम्म आइसकेको थियो। 

‘उनीहरूको सांस्कृतिक पक्ष रमाइलो लागेर दाइसँग बुझ्न गएको म सामाजिक अवस्था देखेर भारी भएर फर्किएँ,’ जानुका सुनाउँछिन्।

फर्केपछि दाइले थेसिस गरे। जानुकाले उपन्यास लेख्न थालिन्। लेख्दालेख्दै राम्रो हुन सकेन भन्ने भानले थिचिरह्यो जानुकालाई। तीन महिनामा उनले जसोतसो लेखेर छाडिन्। तर, फरक फरक कापीमा एक–एक च्याप्टर लेख्दै छाडेकी थिइन्।

एकदिन बहिनीले एकट्टा गरेर पढिछन्। ‘यति राम्रो उपन्यास छ। यसलाई एउटै डायरीमा लेख्नुस्,’ बहिनीले पटक पटक हौसला दिएपछि जानुकाले एउटै डायरीमा टिपिन् उपन्यास। त्यसपछि मैतीदेवीस्थित एउटा  साइबरमा टाइपका लागि छाडिदिइन्। 

एकदिन अचानक जानुकाको भेट साहित्यकार परशु प्रधानसँग भयो। परशुसँग उनको भेट पहिले पहिले विराटनगरमा कविता सुनाउन जाँदा हुन्थ्यो। परशु सधैं युवापुस्तालाई झक्झकाइरहन्थे। ‘यति राम्रो कविता लेख्ने तिमी। लेख्न छाडेर कता गायब भयौ? के लेखिरहेछौ अचेल?’ उनले सोधे।

परशुसँगको त्यो आत्मीय भेटमा जानुकाले सन्थाल समुदायको कथामाथि उपन्यास लेखिरहेको बताइन्। उनले पढ्नका लागि जानुकासँग पाण्डुलिपी मागे। उनले बुझाइन्। 

‘राम्रो छ यो उपन्यास। म यो समालोचक गोविन्दराज भट्टराईकहाँ पठाउँछु,’ आफूले पढिसकेपछि प्रतिक्रिया दिने क्रममा परशुले भने। 

दुई महिनापछि गोविन्दराज भट्टराईले जानुकालाई भेट्न बोलाए। गोविन्दराजको निवास पुग्दा उनी दंग परिन्। त्यतिबेला भूमिका लेखाउनेहरूको किताबका चाङ  थियो कोठामा। 

दंंग पर्दै सोचिन्, ‘लेख्दालेख्दै आफ्नो जिन्दगीभर नसकिनेजस्तो।’

गोविन्दराजले जानुकालाई प्रतिक्रिया दिए, ‘विषय राम्रो छ। वाक्यगठन मिलाउनुपर्छ। अझ रिसर्च पुगेको छैन।’

त्यहाँबाट फर्किएर उनले थप रिसर्च गर्न थालिन्। पुस्तकालय पुगेर सन्थाल भाषाबारे खोजी खोजी अध्ययन गरिन्। गर्दागर्दै उनको उपन्यासको काम थन्कियो। बरु उनी नयाँ उपन्यास लेख्नतर्फ लागिन्।

उनको पहिलो उपन्यास प्रकाशित भयो ‘शुन्य’। लेखपढका काम तेज गतिमा अगाडि बढिरह्यो। ‘शुन्य’पश्चात् असल साथी(बालकथा संग्रह), कसले चोर्यो चकलेट(बालकथा संग्रह) र उज्यालोको रङ(किशोर उपन्यास) प्रकाशित गरिन्। 

१ दशकमा ४ वटा पुस्तक निकालेपछि अचानक उनलाई थन्किएको पुरानो पाण्डुलिपीको याद आयो। त्यतिबेला उनी झापा गएकी थिइन्। झापामा उनले फूलमुनि भेटेकी थिइन्। ‘जो पहिला भेट्दा स्कुलको शिक्षिका थिइन्। निकै वर्षपछि पान पसल चलाइरहेकी भेटिइन्। उनले विवाह पश्चात् पढाइ छाडेकी रैछिन् थिइन्,’ जानुका भन्छिन्। 

झापाको गौरादहमा सन्थालहरूको दुःखको शृङ्खला सकिएको थिएन। उनीहरूको अवस्था फेरिएको थिएन।

त्यसपछि पुनः निर्णय गरिन्– अबचाहिँ लेख्न सक्छु।

 कथा अझै सकिएका छैनन्
उनी ६ महिना झापा बसिन्। सन्थालहरूको दैनिकी नजिकबाट नियालिन्। त्यतिनै बेला भेटिएका थुप्रै पात्रले उनका मन छोएका थिए।

जब लेख्न बसिन्, उनले पहिलेको पाण्डुलिपीलाई पुनः बन्द गरिन्। सन्थालको कथा नयाँ ढंगबाट लेखिन्। ०६५ सालमा उनले कापीमा लेख्ने गर्थिन्। दशकपछि उनको हातमा कम्प्युटर थियो। अक्षर टाइप गर्न जानेकी थिइन्। १ वर्षमा उनले पहिलो ड्राफ्ट लेखेर सिध्याइन्। त्यसपछि नाम राखिन् ‘आतोओडा।’ यसको अर्थ हो, गाउँवस्ती। 

उनलाई कतै डर थियो, यदि सन्थाल समुदायबारे थाहा नभएकाहरूलाई छुन्न कि उपन्यासले। जब बेलायत बस्ने लेखक विजय सापकोटाले मिहिन ढंगले पढेर सुन्दर प्रतिक्रिया दिए, उनको खुसी फैलियो। 

कलम प्रकाशनले उपन्यास प्रकाशन गर्‍यो। केही साताअघि विमोचनको दिन वक्ता आख्यानकार नारायण ढकालले उपन्यास पढ्दाको क्षण सम्झाना गरे। यो विषयले यति छोएछ कि, ढकालले ‘आतोओेडा’कै प्रभावले सम्बन्धित विषयका ४ वटा किताब पढ्न थाले। 

उपन्यास त प्रकाशित भयो। तर, जानुकाको मन हलुको भएको छैन। ‘जबसम्म उनीहरू देशका अनागरिक भइरहन्छन्, उनीहरूको दुःख कायम रहन्छन्,’ कसरी हलुका हुन सक्छ यौटा लेखक,’ जानुका भन्छिन्। 

उनी फेरि लेख्न चाहिन्छन् सन्थालहरूको कथा। जब झण्डै डेढ दशकअघि तयार पारेको पहिलो ड्राफ्ट सम्झिन्छिन्, तब लागिरहन्छ जानुकालाई– कथा अझै सकिएका छैनन्।

०००

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
हवाई सेवा देशको कूटनीति र छवि हो: सांसद किराँती शुक्रबार, असार २०, २०८२
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह शुक्रबार, असार २०, २०८२
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्