• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
२५ सयबाट स्मृतिले सुरु गरेको ‘ह्याप्पिनेस’ 
64x64
अन्शु खनाल शनिबार, माघ २८, २०७९  १४:०८
1140x725

काठमाडौं– कोसिस गर्‍यो भने असहज समयमा समेत सफलता हासिल गर्न सकिन्छ भन्ने दृष्टान्त हुन् पोखराकी स्मृति ओझा। अनलाइन व्यवसायमा सक्रिय स्मृति २३ वर्षकी भइन्।

पोखरा घर भएकी उनी पहिलो लकडाउनपछिका दिनमा आजित थिइन्। एक दिन इन्स्टाग्रामबाट आफूले लगाएको कपडा बेच्नका लागि पोस्ट गरिन्। 

लगाइसकेको कपडा बेच्ने 'थ्रिफ्ट कल्चर' नेपालमा नौलो होइन। एक वा दुई पटक मात्रै लगाएका कपडा आफूले किनेभन्दा कम रकममा बेच्नु थ्रिफ्ट हो।उनले पहिलो पटक आफूले लगाएको कपडा बेचेर २५ सय रुपैयाँ कमाइन्।

त्यसपछि उनले कपडाको अनलाइन व्यापारबारे सोचिन्। सुरुको २५ सयबाट स्मृतिले चार वटा टिसर्ट किनिन्। व्यावसायिक उद्देश्यका लागि उनले छुट्टै इन्स्टाग्राम खोलिन्।

नाम दिइन्– ‘फो फिट ह्याप्पिनेस।’

‘लकडाउनमा खुलेको भएर फो फिटले दुरीलाई बुझाउँछ। ह्याप्पिनेसले खुसीलाई। अनलाइन सप भएको हुनाले टाढाबाट पनि आफ्नो खुसी किन्न मिल्छ भन्ने सोचेर यही नाम राखेँ,’ स्मृति भन्छिन्। 

व्यावसायिक रुपमा पहिलो पाइलास्वरुप उनले इन्स्टाग्रामबाटै चार वटा टिसर्ट बेचिन्। त्यसैबाट उनको व्यवसाय सुरु भयो। त्यसपछि बिस्तारै इन्स्टाग्राममा फलोअर्स बढ्न थाले। नयाँ नयाँ अर्डर आउन थाल्यो। 

सुरुका केही महिना उनले टिसर्ट, पाइन्ट, ओन् पिस जस्ता कपडा मात्रै बेचिन्। केही समयपछि विस्तारै कुर्ता र साडीका पनि फोटो राख्न थालिन्।

ग्राहकले टिसर्ट पाइन्टहरू भन्दा साडी र कुर्ता बढी रुचाउन थालेपछि उनले आजकाल साडी र कुर्ताहरू मात्रै बेच्छिन्। लकडाउनमा सुरु गरेको व्यवसाय भएकाले स्मृतिलाई सुरुमा कुरियरमा समस्या भयो। लकडाउन विस्तारै खुकुलो हुंदै गर्दा उनको व्यवसायले राम्रो गति लिन थाल्यो। 

पछिल्लो केही महिना यता उनले नेपालमा मात्रै होइन विदेशमा समेत अर्डरहरू पठाउने गरेकी छन्। ‘आजकाल नेपालभित्रबाट भन्दा नेपाल बाहिर बस्नेहरूको धेरै अर्डर आउँछ,’ उनले भनिन्।

आजकल उनको इन्स्टाग्राममा एघार हजारले फलो गर्छन् भने टिकटकमा करिब सात हजारले। 

सामान्य रुपमा अनलाइन सपहरुमा पाइने भन्दा फरक किसिमको कपडा बेच्छिन् स्मृति।

परम्परागत र मोडर्न चिजहरू मिसाएर बनाएका ड्रेस हुन्छन् उनको अनलाइनमा। बिजनेसमा स्नातक गरिरहेकी उनी कपडाको डिजाइन सोच्छिन्। उनले सोचेको डिजाइन अनुसार सिलाउने चार जना महिलाहरूलाई जागिर समेत दिएकी छन्।

सानो उमेरदेखि नै सामाजिक काममा रुचि राख्ने स्मृतिले कुनै समय ब्यूटीपेजेन्टहरुमा पनि भाग लिएकी थिइन्। २०१७ मा मिस लेखनाथ नगरपालिकामा  फस्ट रनर अप समेत भइन् स्मृति। 

त्यस्ता ब्यूटीपेजेन्टहरुले बाहिरी सुन्दरतालाई मात्रै प्राथमिकता दिएको देखेपछि उनले त्यो क्षेत्र छाडिन्। भन्छिन्, ‘ब्यूटी कन्टेस्टमा भाग लिई सकेपछि थाहा भयो की त्यहाँ 'आउटर ब्युटी' लाई एकदमै धेरै प्राथमिकतामा राखिँदो रैछ। मैले बुझे अनुसारको ब्यूटीपेजेन्टको अर्थ मैले पाउनै सकिनँ। त्यसपछि फर्किएर हेर्नै मन लागेन।’ 

पढाइ र व्यवसायसँगै घुम्न पनि मन पराउँछिन् स्मृति। ‘घुम्नलाई समय मिलाउन गाह्रो हुन्छ। कलेज विदा भएको समयमा सबै अर्डर डेलिभरी गरेर नयाँ अर्डर केही दिनलाई रोकेर घुम्छु,’ उनी भन्छिन्।

००० 

२५ सयबाट सुरु गरेको उनको व्यवसायमा अहिले मासिक ३ देखि ४ लाखसम्मको व्यापार हुन्छ। डेढ लाख रुपैंया बचत हुन्छ।

स्मृतिलाई लाग्छ– ‘अनलाइन बिजनेस गर्नु मात्रै ठूलो कुरा होइन रहेछ। त्यसलाई निरन्तर रूपमा लैजानु चाहिँ चुनौतीको कुरा रहेछ।’ फरक ढंगले काम गर्न सकेमा सफलता हात लाग्ने उनको अनुभव छ। 

उनले छोटो समयमा गरेको प्रगति देखेर उनकाे परिवार पनि खुसी छ। ‘छोरी मात्रै छिन्’ भनेर बुवा आमालाई सहानभूति राख्ने आफन्तहरूको मुख नै बन्द गरिदिएकी छन् स्मृतिले। अहिले उनी आफ्नै कमाइबाट घर बनाउँदै छिन्। 

र अनलाइनमा मात्रै सीमित आफ्नो व्यवसायलाई छिट्टै स्टोरको रूपमा अगाडि लैजाने सोच पनि छ स्मृतिको। भन्छिन्, ‘त्यो सोच छिट्टै पूरा हुनेवाला छ।’ 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १४:०८
  • #‘फो फिट ह्याप्पिनेस्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्