• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
‘महापुरुष’पछि अरुणले कमाएका शुभचिन्तक, जो सधैं उनको भलो चाहन्छन्
64x64
समर्पण श्री मंगलबार, फागुन ९, २०७९  ०७:१५
1140x725

काठमाडौं– अरुण क्षेत्रीले आफ्नो अनुहार मास्कले छोपेका थिए। भैरहवा विमानस्थलमा १०/१२ वर्षका बालकले उनलाई निकैबेर नियालिरहे। घरी घरी आफ्नी दिदीलाई इसारा गर्दै अरुणतर्फ देखाइरहे। 

एकछिन त दङ्ग परे– ‘उसले कसरी चिन्यो?’

हातको ट्याटु बाहिर देखिएको थियो। फिल्म ‘महापुरुष’मा उनको ट्याटुलाई दर्शकले ख्याल गरेका रहेछन्। बालकले पनि अरुणलाई ट्याटु र आँखाको आधारमा चिनेका हुनुपर्छ। 

कतिपय बेला आँखाकै कारण चिनेर पनि कोही आएर सोध्छन्, ‘तपाईं महापुरुषको हिरो हैन?’

उनी स्वभाविक मुस्कानका साथ टाउको हल्लाउँछन्।

गत कार्तिकमा अरुण अभिनित फिल्म ‘महापुरुष’ प्रदर्शन भयो। फिल्म आउनुअघि उनी अरुण क्षेत्री मात्र थिए। अब त नामको अगाडि ‘हिरो’ ‘अभिनेता’ जस्ता शब्द जोडिएका छन्।

डेब्यू फिल्मको सफलतासँगै उनको व्यस्तता पनि चुलिएको थियो। आफ्नाहरूसँगको भेटघाट पातलिएको थियो। त्यही बीचमा उनले सम्झन पुगे– प्रिय साथीहरू।

जोसँगसँगै अरुणले फिल्मको सपना देखेका थिए। साथीहरूलाई फोन र म्यासेज गरे। 

उनीहरूलाई भेटेर भन्न मन थियो, ‘म त्यही अरुण हो। जो सधैं तिमीहरूसँग छ।’

फिल्म कलेज पढ्दाका ८ जना साथी जम्मा भए, अनि चिसापानी गए। त्यसरात अरुण साथीहरूसँग पुराना स्मृतिमा फर्किए। ‘हामीले पूरा गर्न नसकेको सपना तैँले अघि बढाइस्। आफ्नू त फिल्म बनाउँदा बनाउँदै रोकियो। अब पूरा हुन्न पनि होला,’ साथीले दुःखमिश्रित भावमा भने। साथीको कुराले समूहमा केहीबेर सन्नाटा फैलियो।

‘महापुरुष’ले देशभर चर्चा कमाइरहेको थियो। त्यही समयताका अरुणका साथीले प्रेमिका भगाउन लागेछन्। साथमा दाइको गाडी थियो। तर चलाउन नआउने!

सम्झिए, ‘गाडी चलाउन त अरुणलाई आउँछ।’ 

उनले तत्काल अरुणलाई फोन डायल गरे। घण्टी नजाँदै  सम्झिए, ‘अरुण त अब हिरो भइसक्यो। ऊ आउँदैन।’

डायल गर्दागर्दैको फोन काटे। अनि अर्को साथीलाई गरे।

चिसापानीमा साथीले त्यो क्षण सुनाइरहँदा अरुणको मन चिसो भयो। आफ्ना साथीका लागि उनी जस्तै परिस्थितिमा पनि हाजिर हुनसक्थे। ड्राइभर बनेर त्यो प्रेम जोडीलाई सफल बनाउन मद्दत गर्न सक्थे।

त्यसदिन साथीलाई उनको दुखाइसहितको गुनासो थियोे, ‘डायल गर्दागर्दैको फोन किन काट्यौ?’

अरुणलाई ‘एक्टर’को हैन, आम मान्छेकै जीवन बाँच्नु छ।

‘फिल्म खेल्दै जाँदा आफूमा त्यो अहम् आयो भने? त्यो हुन दिने छैन,’ अरुण बेलाबेला आफैँसँग संवाद गर्छन्।

फिल्मपछि अरुणले थुप्रै शुभचिन्तक कमाएका छन्। जसले सम्झँदा पनि अरुणलाई परिवारले सम्झिएझैं लाग्छ।

‘महापुरुष’ हेरेपछि एकजना दर्शकले नम्बर खोजेर अरुणलाई फोन गरे। ‘म छोरा भएर गर्न नसकेको काम फिल्ममा तपाईंले गर्नुभयो?’ उनले खुसी व्यक्त गर्दै भने। 

त्यसपछि निरन्तर सम्पर्कमा रहेका ती दर्शकले अरुणलाई आफ्नै घरको फ्ल्याटमा बस्ने प्रस्ताव गरे। अरुणले हाँसीहाँसी भने, ‘हजुरलाई धन्यवाद। तर म बसिरहेकै ठाउँमा कम्फर्ट छु।’

उनलाई शुभचिन्तकहरूको सुझाव पनि आउँछ, ‘तपाईंप्रति अपेक्षा छ। त्यसैले प्रोजेक्टचाहिँ छानेर गर्नुहोला है!’

अरुण शुभचिन्तकहरूको त्यो सुझाव मानिरहेका छन्। स्क्रिप्ट आइरहन्छन्, तर उनी कन्भिन्स्ड हुँदैनन्। यदि राम्रो लागिहालेमा ठान्छन्, ‘यो चाहिँ गुमाउनु हुँदैन।’

०००

अरुणले यो भेटमा डेब्यू फिल्मको मीठा अनुभव मात्र सुनाएनन्, आगामी फिल्म बारे पनि सुनाए।

गोविन्द सिँह भण्डारी निर्देशित फिल्म ‘प्रेमा’ १७ चैत्रमा प्रदर्शन हुँदैछ। फिल्ममा अरुणसँगै शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ।

अभिनयको हिसाबमा ‘प्रेमा’ दोस्रो फिल्म हो, ‘महापुरुष’ तेस्रो। पहिलो फिल्म भने पोस्ट प्रोडक्सनमै अल्झिरहेको छ।

केही दिनअघिमात्र ‘प्रेमा’को टिजर सार्वजनिक भयो। ट्रिजरले प्रेम कथाको संकेत गरेको थियो। अरुण भन्छन्, ‘प्रेम कथामाथि फिल्म त बनिरहेकै छन्। निर्देशकले यसलाई युनिक तरिकाले प्रस्तुत गरेका छन्।’

फिल्म आउनुअघि त निर्माण टिमले भन्ने यही नै हो। कस्तो युनिक? त्यो थाहा पाउनचाहिँ फिल्म नै पर्खनुपर्छ।

यद्यपि, अरुणको लागि ‘महापुरुष’ डेब्यू फिल्म हुनु अवसर र चुनौती दुवै भयो। ‘प्रेमा’को रिलिज नजिकिँदै गर्दा पहिलो फिल्मले उनका शुभचिन्तक बढे। उनका कामसँग अपेक्षा र विश्वास गर्नेहरू बढे।

‘प्रेमा’को ट्रिजर सार्वजनिक भएपछि अरुणलाई बाले सोधे, ‘यो कस्तो फिल्म हो? चल्छ त?’

उनले निर्धक्क हुँदै बालाई भने, ‘फिल्मबाट कोही पनि निराश हुनेछैन।’ ‘प्रेमा’ अरुणले ‘महापुरुष’लाई जतिकै माया गरेको प्रोजेक्ट हो।

एक पटक यस्तो परिस्थिति आयो, उनले दुईमध्ये एकलाई छान्नुपर्थ्यो। तर उनले दुवै गुमाउन चाहन्थेनन्। नभन्दै त्यो सुखद् संयोग जुर्यो अरुणलाई।

पहिलो फिल्म सुटिङको बेला निर्देशक गोविन्द सिंह भण्डारीले अरुणको काम मूल्यांकन गरेका रहेछन्। एकदिन गोविन्दले अडिसनमा बोलाए अरुणलाई। केही सिन खिचे। अनि स्क्रिप्ट पढ्न दिए। 

सुरुमा अरुणले स्क्रिप्ट पढ्दा बुझेनन्। नबुझ्दा रिस पनि उठ्यो। फेरि दोहोर्‍याइ, तेहेर्‍याइ पढे। उनको मोह बढ्दै गयो।

‘सोचेँ, स्क्रिप्ट पृथक् र बलियो छ। यो त मैले गुमाउनु हुन्न,’ अरुण सुनाउँछन्।

त्यही बेला ‘महापुरुष’को पनि अडिसन थियो। उनलाई डर थियो, ‘दुवै सँगै फ्लोरमा गए कुन रोज्ने?’

त्यस्तो भएन। ‘महापुरुष’भन्दा ‘प्रेमा’को सुटिङ अघि भयो।  उनी ढुक्क भए।

‘प्रेमा’को सुटिङ सुरुमा सहज भएन अरुणका लागि। ‘स्क्रिप्टमा भएको भन्दा एउटा शब्द पनि चेन्ज गर्न नपाउने। इम्प्रभाइजेसन नै गर्न नपाउने,’ उनी अनुभव सुनाउँछन्। 

साउथ सिनेमामा काम गरेका गोविन्दले भने, ‘म एकदमै क्लियर छु अरुण। साउथमा यसरी नै काम गरिन्छ। मैले भनेअनुसार नै ढुक्क भएर गर।’

निर्देशकको काम र ‘कन्फिडेन्ट’ले अरुणलाई विस्तारै सहज हुँदै गयो। पछि अनुभूत गरे, ‘म निकै राम्रो निर्देशकको हात परेछु।’

‘प्रेमा’ले अरुणलाई ‘महापुरुष’को प्रोजेक्टमा धेरै सघाएको थियो। ‘कन्फिडेन्ट’ दिएको थियो। नयाँ बुझाइ थपिदिएको थियो।

नयाँ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै अरुणलाई शुभेच्छाहरू आइरहेका छन्। र सँगै चिन्ता पनि।

उनी ‘प्रेमा’ले दिएको आत्मविश्वासले शुभचिन्तकका चिन्तालाई दुर गराइरहेका छन्। ‘मलाई थाहा छ, यो मेरो नयाँ परीक्षा हो। यसमा पनि राम्रै अंकले पास हुनेछु,’ अरुण दृढताका साथ भन्छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०७:१५
  • #अरुण क्षेत्री
  • #प्रेमा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्