• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
फकाएर १५ वर्षमै बिहे, गर्भवती भएपछि श्रीमान् सम्पर्कविहीन 
64x64
कल्पना घिमिरे मंगलबार, फागुन १६, २०७९  १२:०१
1140x725

काठमाडौं– गत फागुन ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक किशोरी रुँदै आफ्नो श्रीमान् बेपत्ता भएको बिलौना सुनाउँदै थिइन्। उनी हुन् जुम्ला घर भएकी १६ वर्षीया सुस्मिता (नाम परिवर्तन)।  

फेसबुक पेजमा राखिएको उक्त भिडियोमा सुस्मिताले आफू १५ वर्षकी हुँदा ललाइफकाइ बिहे गराइएको र १६ वर्षको उमेरमा गर्भवती भएको बताएकी छन्। आफू गर्भवती भएको जानकारी पाउनेबित्तिकै श्रीमान् सम्पर्कविहीन भएको भन्दै खोजीका लागि गुहार मागिरहेकी छन्। 

जुम्लाको सिजाकी सुस्मिताका बुवा ३ वर्षअघि बाख्रा चराउन जंगल गएका बेला उतै झुण्डिएको अवस्थामा फेला परे। त्यसपछि दैनिकजसो घरमा साहुहरु ऋण माग्नका लागि धाउन थाले। आम्दानीको अर्को स्रोत नभएको र घरमा खान/लाउनसमेत समस्या परेको अवस्थामा साहुहरुको दैनिक आवतजावतले उनकी आमा मानसिक रोगकी सिकार बनिन्। त्यसैमाथि बर्खामा आएको बाढीले घरखेत बगायो। 

घरमा केही नभएपछि उनी बजारमा डेरा लिएर बस्न थालिन्। त्यो डेराका लागि पनि विवाह गरेर भारतमा रहेकी उनकी दिदीले पैसा पठाइदिन्थिइन्। 

न घर न खेत, केही नभएपछि उनलाई समस्या पर्‍यो। आमाको अवस्था बिग्रिएपछि २ जना भाइ र १ जना बहिनीको जिम्मेवारी पनि उनकै काँधमा आयो। कक्षा ८ मा पढ्दै गरेकी सुस्मितालाई काम खोज्नुपर्ने अवस्था आयो। सोही क्रममा भारतमा रहेकी उनकी जेठी दिदीले कामका लागि त्यतै आउन भनिन्। 

अभाव टार्न बिहे 
भारत पुगेपछि उनले खेतबारीमा मल बोक्ने काम पाइन्। काम गर्दैगर्दा सुर्खेत घर भएकी मञ्जु कुर्मीसँग उनको चिनजान भयो। मञ्जु पनि सुस्मिताले काम गर्ने ठाउँमै काम गर्थिन्। 

दुवैजनाबीच चिनजान बाक्लो हुँदै जाँदा सुस्मिताले मञ्जुलाई आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराइन्। पढ्ने उमेरमा अर्काको देशमा कमाउन आउनुपर्ने बाध्यताबारे उनले मञ्जुसँग बेलिविस्तार लाइन्। 

उनको त्यो दुःख देखेपछि ती महिलाले आफ्नो गाउँकै एक जना इमान्दार केटा भएको र विवाह गर्न सुझाइन्। उनी जम्मा १५ वर्षकी मात्र थिइन्। विवाह गरेपछि घरको अवस्था सुधार गर्न सहयोग मिल्ने र जिन्दगीमा पनि केही दु:ख घट्ने आश्वासन पाएपछि सुस्मिता बिहेका लागि राजी भइन्। 

Ncell 2
Ncell 2

विवाहित दिदीको आश्रयमा अर्काको देशमा काम गर्न गएकी सुस्मिताका लागि त्यो प्रस्ताव आफ्नो जिन्दगीमा दु:ख घटाउने माध्यम हुन्छ भन्ने विश्वास लाग्यो। ‘मेरो अवस्थाबारे जानकारी पाएपछि ती दिदीले आफ्नो गाउँको एउटा इमान्दार केटा यतै काम गरिरहेको जानकारी गराइन्। त्यो केटासँग बिहे गरे सुख पाउँछेस् भनेर फकाइन्। मैले केटा पनि देखेकै थिइन्ँ,’ नेपाल लाइभसँग कुरा गर्दै सुस्मिताले आफ्नो दुखेसो पोखिन्। 

सुस्मिताको मञ्जुरीपछि मञ्जुले सुर्खेतका २० वर्षीय सागर झेरी मगरसँग चिनजान गराइदिइन्। भाइ–बहिनीलाई थोरै भए पनि हेर्न सकिन्छ र आफ्नो अवस्था पनि सुधार हुन्छ कि भनेर उनले गत चैत्र १ गते भारतमै विवाह गरिन्। भारतमा हुँदासम्म उनीहरुको सम्बन्ध राम्रै थियो। गत भदौमा भने उनीहरु सुर्खेतमा भएको सागरको घर आए। 

सुर्खेतमा श्रीमान्‌को घरमा आइसकेपछि आफूहरुले सिन्दुर फूकाएको सुस्मिताले सुनाइन्। घर आएसँगै उनी गर्भवती पनि भइन्। अहिले सुस्मिताको पेटमा सागरको सात महिनाको बच्चा छ। गर्भवती भएसँगै सागर फेरि कमाउन भारततर्फ लागे। 

सासू–सुराबाट हिंसा
श्रीमान् भारत गएपछि उनले घर सम्हालेर बस्न थालिन्। ‘केही दिनसम्म त सासू–ससुराको व्यवहार राम्रै थियो। तर विस्तारै उहाँहरुले पनि वास्ता गर्न छाड्नुभयो। कहिलेकाहिँ काममा ढिला हुँदा गाली मात्र होइन, कुटपिटसमेत गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘मेरो छोराले तँ भन्दा राम्री केटी पाउँथ्यो। तँ किन पछि लागेर आइस् भनेर ससुराले कुटपिटसमेत गर्थे।’

जे–जस्तो भए पनि उनी सहेरै घरमा बसिन्। दशैं लाग्यो, उनलाई माइती जान मन लाग्यो। माइत जान उनले घरमा सल्लाह गरिन्। तर सासू–ससुरा माइती पठाउन राजी भएनन्। उनका काका ससुराले भने उनलाई माइतीमा पुर्‍याए। 

माइती पुगेदेखि श्रीमान् सम्पर्कविहीन 
जब उनी माइत पुगिन् त्यसपछि सागरले उनको फोन नै उठाउन छाडे। अरु नम्बरबाट फोन गर्दा पनि फोन काट्ने र ढाँट्ने गर्न थालेको सुस्मिता बताउँछिन्। आफ्नो नम्बर त ‘ब्ल्याक लिस्ट’ राखेको उनी बताउँछिन्। 

‘सुर्खेत घर जाउँ भने घर नै चिन्दिनँ। पहिला घर त गएको हो, धेरै बसिनँ। उता श्रीमान्‌ले फोन उठाउँदैनन्। पेटमा ७ महिनाको बच्चा छ। घरमा भाइ बहिनी सानै छन्। ममी पनि मानसिक रोगी हुनुहुन्छ। गर्भ जाँच गर्ने पैसा समेत नभएर गएको थिइनँ। आज एकजना  दिदीले अस्पताल लगेपछि गएँ,’ उनले नेपाल लाइभसँग भनिन्।

उनले भारतमा श्रीमान्‌सँगै बस्ने श्रीमानका मामाको नम्बरमा फोन गर्दा मामाले समेत श्रीमान् सागरसँग कुरा नगराएको सुस्मिताको भनाइ छ। भारत बस्ने उनका श्रीमान्‌का मामासँग नेपाल लाइभले पटक–पटक टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्। 

सुस्मिताले दिएको उनका श्रीमान् सागरको भारतीय नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।  

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्