• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई ‘मत क्रस’को चिन्ता, निर्वाचनअघि सांसदलाई नमुना मतदान गराइने
64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, फागुन १८, २०७९  २०:०३
1140x725

काठमाडौं– आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनमा आबद्ध दलहरुले आफ्ना सांसदहरुलाई संयुक्त रुपमा नमुना मतदान गराउने भएका छन्। 

राष्ट्रपतिमा आफ्नो उम्मेदवारबाहेक अन्यत्र मत पर्ने वा बदर हुने सम्भावजनालाई अन्त्य गर्न गठबन्धनले यस्तो तयारी गरेको हो। राष्ट्रपति निर्वाचनका कारण गत पुस १० गते बनेको गठबन्धन भत्किएर ८ दलीय गठबन्धन बनेको थियो। 

दलहरूले आफ्नो मतलाई बदर नगर्न र मतको दुरुपयोग हुन नदिनका लागि आगामी २४ गते नमुना मतदानको अभ्यास गराउने तयारी गरिरहेको कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले जानकारी दिए। 

यस्तै सत्ता गठबन्धनभित्र रहेको जसपाका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई मतदान गर्ने मतदाताको सूचीमा रहेकाहरुलाई सिकाउने तयारी भइरहेको तर समय भने निश्चित भइनसकेको बताए। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत, जसपा, जनमोर्चा र लोसपासहित सम्मिलित ८ दलीय गठबन्धनले काठमाडौंमा बिहीबार संयुक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। 

कांग्रेस सहमहामन्त्री पाण्डेले भने, ‘बिहीबार आठ दलको संयु्क्त कार्यक्रम आयोजना गरिएको छ। १९ गते सातवटै प्रदेशका सांसदहरुलाई अभिमुखीकरण गरिनेछ।’ उनले प्रदेशमा जसको बहुमत छ उसैले कार्यक्रम आयोजना गर्ने जानकारी दिए। जहाँ सबै दलका शीर्ष पदाधिकारीहरुको सहभागिता रहनेछ। 

यस्तै २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्न आउने प्रदेश सांसदहरुलाई मतदान सिकाउनका लागि २४ गते काठमाडौंमा गठबन्धनले नमुना मतदान गराउनेछ। 

दुई पूर्व सभामुखबीच रोचक प्रतिस्पर्धा
राष्ट्रपतिका लागि दुई जना पूर्व सभामुख प्रतिस्पर्धामा छन्। आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङ छन्।

Ncell 2
Ncell 2

पौडेल यसअघि नै सभामुख, उप प्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको मन्त्री भइसकेका छन्। २०४८को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट उनी निर्वाचित भएका थिए। 

पौडेल संविधानसभा चुनाव २०६४ मा तनहुँ २ बाट निर्वाचित भएका थिए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेता भएका थिए। २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा उनी तनहुँ–२ बाट प्रतिनिधि सभाका लागि पाचौंपटक निर्वाचित भए।

पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनले पटक–पटक गरी १४ वर्ष जेल जीवन निर्वाह गरिसकेका छन्। २०६७ सालमा भने एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालसँग प्रधानमन्त्रीमा पौडेलले प्रतिस्पर्धा गरेका थिए। खनालसँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा उनी १७ पटकसम्म पराजित भएका थिए। 

यता एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ पनि बलिया दाबेदार हुन्। उनी २०४८ सालदेखि नै नेपाली राजनीतिमा सक्रिय छन्। २०४८, ०५२मा राष्ट्रिय सभाको उपाध्यक्ष बनिसकेका नेम्वाङ पटक–पटक मन्त्रीसमेत भइसकेका छन्। 

०६४ र ०७० को दुवै संविधानसभामा नेम्वाङ अध्यक्ष थिए। कानुनका विज्ञका रूपमा चिनिएका नेम्वाङले कानुन विषयमा स्नातकसम्म अध्ययन गरेका छन्। 

गठबन्धनको भरोसामा ढुक्क पौडेल
राष्ट्रपतिका लागि नयाँ गठबन्धन बनाउँदै आठ दलले साझा उम्मेदवारमा सहमति जनाएका कारण पौडेल ढुक्क छन्। राष्ट्रपतिको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउँछन्। 

पौडेललाई समर्थन गरेको आठ दलीय गठबन्धनसँग ३१ हजार ९ सय १७ मतभार छ। जितका लागि न्यूनतम २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ। अहिले गठबन्धनसँग भएको मतभारका कारण पौडेल आफू निर्वाचित हुनेमा ढुक्क छन्। 

एमालेको दौडधुप जारी
पुस १० गतेको सहमति लत्याउँदै नयाँ गठबन्धन बनाउन प्रधानमन्त्री प्रचण्ड हिँडेपछि सरकारबाट बाहिरिएको एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। यतिबेला एमाले नेम्वाङलाई जिताउनका लागि दलहरुसँग दौडधुपमा लागेको छ। 

कांग्रेस बाहेकका पार्टीहरुलाई सहयोगका लागि पत्राचार गरेको एमालेले बिहीबारदेखि उनीहरुका कार्यालयमै पुगेर सहयोग मागिरहेको छ। बिहीबार मात्रै एमालेबाटै विभाजित भएर बनेकी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर एमाले नेताहरुले राष्ट्रपतिमा सघाउन अपिल गरेका छन्। यस्तै बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पनि पुगेर एमाले नेताहरुले सहयोग मागेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
जेठ १५ गते राजालाई सिंहासन राख्ने भन्दै छन्, घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव... शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपन... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्