काठमाडौं– नाटक ‘विमोक्ष’को मञ्चन पुन: १ हप्ता थपिएको छ।
मञ्चनको १ महिना पुगिसक्दा पनि दर्शकहरू झन् थपिँदै गएपछि मञ्चन अवधि थपिएको हो। फागुन १७ गतेदेखि मञ्चन भएको नाटक चैत्र १८सम्म मञ्चन भएको थियो।
अब नाटक आगामी शनिबारसम्म हेर्न सकिनेछ।
प्रविण खतिवडाले निर्देशन गरेको नाटक घिमिरे युवराजले लेखेका हुन्। नाटक नेपाली समाजमा जातकै कारण दलित समुदायकै भोग्नुपरेको विभेदमाथि केन्द्रित छ।
नाटकमा घिमिरे युवराज, सगुना शाह, पवित्रा खड्का र सागरको अभिनय छ।
नाटक मंगलबारबाहेक हरेक दिन ५:३० बाट हेर्न सकिनेछ। शनिबार भने १ बजे अतिरिक्त शो रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।