नयाँदिल्ली- अभिनेत्री श्वेता तिवारीको छोरी पलक तिवारीले अभिनेता शाहरुख खानका छोरा आर्यनका विषयमा सार्वजनिक टिप्पणी गरेकी छिन्। आर्यनबारे बताउँदै उनले बाहिर देखिए जस्तै रहेको बताएकी छिन्।
उनले भनिन्, 'ऊ बिलकुल त्यस्तै छ, जस्तो देखिन्छ। निकै कम कुरा गर्छ तर जब कुरा गर्छ, त्यो कामलाग्ने हुन्छ।' आर्यन शान्त रहन रुचाउने स्वभावको रहेको बताउँदै आफैंमा बढी व्यस्त हुन खालको रहेको समेत टिप्पणी गरेकी छिन्।
उनले थपिन्, 'यदि तपाईं ऊसँग कुरा गर्नुहुन्न भने ऊ चुपचाप रहनमै रमाउने केटा हो।' टिभी स्टार श्वेताकी छोरी पलक 'बिजली' नामक गीतबाट चर्चित भएकी हुन्। सलमान खानको फिल्म 'किसीका भाइ, किसीकी जान'मा उनी पनि देखिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।