नवलपरासी –नारायणगढ–बुटवल सडक अन्तर्गत दाउन्ने खण्डमा बुधबार (आज)देखि दैनिक चार घन्टा सवारी आवागमन बन्द हुने भएको छ ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ ।
चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ । वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ । त्यसअवधिमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जानकारी गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।