काठमाडौं– उमेश राउतको गीत 'यात्रा' सार्वजनिक भएको छ। लक्ष्मी थापाको शब्द र लाबोनीप्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो।
गीतमा सुरुसँग अन्त्य भएको अधुरो प्रेमकहानी प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा गायक स्वयम फिचर्ड छन् भने गीतकार लक्ष्मी थापालाई पनि देख्न सकिन्छ।
सङ्गीतकार तथा गिटारिस्ट सचिन सिंहले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।
दिल साकीले रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन्।
त्यसैगरी भिडियोसम्बन्धी सम्पूर्ण काम दिपेश गिरीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।