• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
शैक्षिक सुधारमा स्थानीय तह : सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्नेदेखि निजी सवारीलाई रोकसम्म
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, वैशाख १३, २०८०  १०:५२
1140x725

काठमाडौं– मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार क्रियाशील छन्। तीनै तहका सरकार आफूलाई अरुभन्दा फरक देखाउने उद्देश्यसहित आफ्नै ढंगले काम गरिरहेका छन्। 

सविधानसँग बाझिने गरी ऐन बनाउन कुनै पनि सरकारलाई छुट छैन। तर पछिल्लो समय कतिपय स्थानीय तहले ऐन जारी नै नगरी आफूखुसी निर्णय गरिरहेका छन्। स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षसम्म अरु पालिकाभन्दा पृथक निर्णय ल्याएर चर्चामा आइरहेका छन्।

खासगरी स्थानीय तहहरुले शिक्षाको गुणस्तर बढाउनका निम्ति सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीहरुलाई अनिवार्य सरकारी विद्यालय पढाउनेदेखि निजीका सवारी साधन रोकसम्मका निर्णय गरिरहेका छन्। 

छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय छ। नगरपालिकाले नगर सभाबाटै यस्तो निर्णय पारित गरेको हो। शिक्षाको गुणस्तर बढाउनका निम्ति सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नगर प्रमुख अजय थापाले बताए।

नगर प्रमुख थापा भन्छन्, ‘निजी विद्यालय राम्रो हुने, सामुदायिक विद्यालय नराम्रो हुने भन्ने मानसिकता नै गलत हो। विद्यालयमा जुन किसिमका शिक्षक छन्, भौतिक संरचना छ,  राज्यको लगानी छ, त्यो निजी विद्यालयमा हुन सक्दैन।’

Ncell 2
Ncell 2

राज्यका निकायहरुमाथि भरोसा गर्नु सबै जनप्रतिनिधिको दायित्व भएको बताउँदै उनले यसको सुरुवात अरुबाट होइन, हामीले आफैंबाट गर्नुपर्ने उल्लेख गरे। जनप्रतिनिधिदेखि शिक्षक, व्यवस्थापन समिति, कर्मचारीका छोराछोरी नगरका अधिनमा भएका सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनको भनाइ छ।

उनी भन्छन, ‘हाम्रै बालबालिकालाई सामुदायिक विद्यालयमा नपढाउने हो भने कसरी गुणस्तरीय शिक्षा आउँछ? बाहिर चाहिँ शिक्षा परिवर्तन गर्छौं भन्ने अनि आफ्ना बच्चाहरु निजी विद्यालयमा पढाउने? शिक्षक आफू सामुदायिक विद्यालयमा पढाउन जाने तर आफ्ना  छोराछोरी निजी विद्यालयमा पढाउने? यसो गर्दा हामी जवाफदेही हुँदैनौं। जनतासँग जवाफदेही बन्नका लागि यस्तो निर्णय गरेका हौं।’

सरकारी विद्यालयको क्षेत्रभित्र निजी सवारी साधन सञ्चालनमा रोक 
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका- २ ले सरकारी विद्यालयका विद्यार्थी संख्या घट्न थालेको भन्दै सरकारी विद्यालय क्षेत्रभित्र अन्य विद्यालयका सवारी साधनलाई रोक्ने निर्णय गरेको छ। वडाध्यक्ष खर्गबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै शिवालय माविको २०७९/०८० पत्रअनुसार वडा समिति लगायत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रअ तथा बुद्धिजीवी, सरोकारवालाहरुको यही वैशाख ५ गते बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

वडा नम्बर २ भित्र रहेको सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको पठनपाठनमा असहजता उत्पन्न भएकोले सम्बन्धित सरकारी विद्यालयको सेवा क्षेत्रभित्र अन्य विद्यालयका सवारी साधनहरु सञ्चालनमा नल्याउन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका- ३ ले पनि निजी विद्यालयका सवारी साधनहरुलाई गाउँ प्रवेश गर्न रोक लगाएको छ। उक्त वडाको गत फागुन २६ गते बसेको बैठकको निर्णयले पाटु क्षेत्रका कल्पेश्वर मन्दिरबाट तल र पाटुचोकबाट वडा कार्यालय हुँदै जाने बाटोमा निजी विद्यालयका सवारी साधनलाई रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयको बोधार्थ, एभेरेष्ट, बर्दीबास, नोबेल र सनसाइन बोर्डिङ स्कुललाई समेत दिएको थियो।

तर, गत आइतबार स्कुललाई गाउँ प्रवेश गर्न नदिएपछि बोर्डिङ स्कुल जाने बालबालिकाहरु मर्कामा परेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन्। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भएकै कारण निजी विद्यालयमा भर्ना गरिएको अभिभावकको दाबी रहेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन्। शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शद... शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्। शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्