• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
कृषिको साढे ५२ अर्ब बजेटमध्ये ३० अर्ब मललाई, के-के छन् नयाँ कार्यक्रम?
64x64
कल्पना घिमिरे सोमबार, वैशाख १८, २०८०  १९:५९
1140x725

काठमाडौं- आइतबार काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री बेदुराम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए। 

कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा प्रकाशशरण महत र प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको उनको भनाइ थियो। उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए। कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने उनले बताएका थिए।

आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटको सीमा (सिलिङ) ५२ अर्ब ४६ करोड रुपैयाँ प्रस्ताव गर्ने योजना छ। चालु आर्थिक वर्ष (२०७९/८०) मा कृषिका लागि ५५ अर्ब ८९ करोड बजेट छुट्याइएको थियो।

कृषि मन्त्रालयले बजेटको सबैभन्दा ठूलो हिस्सा रासायनिक मलका लागि छुट्याउने गरेको छ। आगामी वर्ष रासायनिक मलको लागि ३० अर्ब अनिवार्य राख्नुपर्ने भनेर तोकिएको छ। अघिल्लो आर्थिक वर्षको सुरुमा १५ अर्ब छुट्याइएको थियो भने पछि स्रोतस्तरीय थप गरिएको थियो।  

वर्षेनी रासायनिक मलको माग बढ्दै जाने भएकाले बढी बजेट उक्त शीर्षकमा आवश्यक पर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। ‘आउने आर्थिक वर्षमा सुरुमै ३० अर्ब छुट्याइने हुँदा ठूलो हिस्सा करिब ५२ अर्बको ३० अर्ब रासायनिक मलमा जान्छ,’ प्रवक्ता सञ्जेलले भने। 

यस्तै, करिब ९ अर्ब रुपैयाँ वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुलाई छुट्याउनुपर्ने छ। रिड, कृषि क्षेत्र विकास कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा आयोजना, रानी जमरा कुलरिया सिंचाई आयोजना प्रणाली, आधुनिकीकरण कृषि कार्यक्रम, कृषि कम्पनी लिमिटेड, नेपाल लाइभस्टक इनोभसन जस्ता आयोजना छन्। वैदेशिक सहायता स्रोतमा रहेका ९ वटा जति आयोजना अनिवार्य गर्नुपर्ने प्रवक्ता सञ्जेलले जानकारी दिए। 

प्रधानमन्त्री चिया आधुनिकीकरण परियोजना छ, त्यसका लागि २ अर्ब ५० करोड रकम छुट्याउन अनिवार्य  (एअरमार्क) गरिएको छ। ‘त्यसको सीमाभित्र रहेर अहिलेसम्म प्रस्ताव गरिएको ३० अर्बबाट आगामी वर्ष पाँच लाख मेट्रिक टनकै  हाराहारीमा रासायनिक मल आयात गर्ने र कृषकलाई बिक्री वितरण गर्ने प्रमुख कार्यक्रम रहेको छ,’ सञ्जेलले भने।

अर्को, कृषि बीमाको लागि आगामी आर्थिक वर्षमा ८० प्रतिशत प्रिमियम अनुदान रहेको छ। त्यसको लागि करिब १ देखि डेढ अर्ब रुपैयाँ खर्च हुने उनले बताए। पशुपंक्षीतर्फ २ लाखभन्दा बढी बीमा हुन्छ र कृषितर्फ ६ देखि ७ हजार छँदैछ। अनि त्यसको लागि ठूलो रकम खर्च हुने सञ्जेलले बताए।  

Ncell 2
Ncell 2

अर्को, उखुको लागि करिब १ अर्ब जति खर्च हुन्छ। उखुको क्रसिङ गर्दा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिन्छ। त्यसको लागि १ अर्ब अनिवार्य गरिएको छ। सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने समयमा धान खरिदको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० देखि १५ करोड रूपैयाँ खर्च छुट्याएको छ।  

के छन् नयाँ कार्यक्रम
रासायनिक मल खरिद र बाली तथा पशुपंक्षीको बीमा कुन क्षेत्रबाट कसले कति समयका लागि गर्‍यो भन्ने रेकर्ड राख्नका लागि सफ्टवेयर बनाउने नयाँ कार्यक्रम रहेको प्रवक्ता सञ्जेलले बताए।

‘ठूलो बजेट भएका कार्यक्रम यी भए। यसपालि केही नयाँ कार्यक्रमका रुपमा रासायनिक मल, बिउ, बीमा यी ३ वटाको चाहिँ रियल टाइममा आधारित सफ्टवेयरहरु बनाउँछौँ,’ प्रवक्ता सञ्जेलले भने, ‘रासायनिक मल वितरणमा प्रश्नहरु आए। त्यसकारण एउटा सफ्टवेयर बनाउने र त्यसको डाटा प्रविष्ट गर्ने कार्यक्रम ल्याएका छौँ। जस्तो, कोही किसान रासायनिक मल लिन कुनै डिपोमा जानुभयो। त्यहाँ कुन मल कति प्राप्त गर्नुभयो, त्यो सबै विवरण राखिनेछ र सिस्टममा देखिनेछ।

अर्को, हरेक किसानको कुन बालीमा कति समयको बीमा भयो। कुन पशुपंक्षीमा कतिको बीमा भयो, त्यो रेकर्ड राख्ने काम प्रोसेसिङमा छ, आउने साल पूरा हुन्छ। यसैगरी हरेक स्थानीय तहमा आवश्यक पर्ने बिउको माग कति छ, कसले उत्पादन गर्छ, कसरी व्यवस्था गर्ने भनेर डिजिटल बिउ वितरण तथा उत्पादन प्रक्रिया डिजिटल सिस्टममा ल्याउने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम केन्द्र, प्रदेश र स्थानीय तहसम्म नै पुग्नेछ। 

त्यसका लागि ५० देखि ६० करोड रुपैयाा जाने उनले बताए। जसमा किसानले स्वदेशमा उत्पादन गर्ने उन्नत जातको बिउमा ५० प्रतिशत अनुदान हुन्छ। यो कार्यक्रम प्रदेश र स्थानीय तहले गर्नेछ। यसको संयोजन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गर्नेछ। 

अर्को, खाद्य प्रविधि र पशुसेवा विभागमा प्रयोगशाला निर्माण गर्ने, बाहिरबाट आउने फलफूल तथा तरकारीको विषादी परीक्षण उपकरण ल्याउने र भएका प्रयोगशालालाई स्तरीकरण गर्ने र प्रयोगशाला सुदृढीकरण गर्न तीन वटा ल्याबका लागि ४० देखि ५० करोड बजेट आवश्यक पर्ने प्रवक्ता सञ्जेलले बताए। 

‘हामीले बाझो जमिनलाई सदुपयोग गर्नका लागि मोडालिटी खोजिरहेका छौँ। यो छलफलमै छ। स्थानीय तहको समन्वयमा बाँझो जमिनलाई कसरी प्रयोगमा ल्याउने, स्थानीय तहले आफैं गर्ने वा युवा उद्यमीहरुलाई कम्पनी मोडलमा जाउ भन्नेबारे छलफल भइरहेको छ। त्यसको लागि उल्लेख्य बजेट छुट्याउने छौँ,,’ प्रवत्ता सञ्जेलले भने।

उक्त कार्यक्रम कृषि मन्त्रालयले यसै आर्थिक वर्षको मध्यतिर कृषि आधुनिकीकरण कार्यक्रमा प्रस्ताव गरेको थियो। तर आर्थिक संकटका कारण फिर्ता भएको थियो।

यस्तै सिँचाइका लागि डिप ट्युवबेल जडान गर्ने कार्यक्रम रहेको छ। यसका लागि पनि ठूलो रकम प्रस्तावमा ल्याउने उनले बताए।

केही पूर्वाधारसम्बन्धी कार्यक्रम रहेका छन्। पशुपंक्षीको रोग नियन्त्रणका लागि आगामी वर्ष करिब ६ करोड  भ्याक्सिन आयात गर्ने तयारी छ। त्यसका लागि १५ करोड प्रस्ताव गर्नुपर्ने हुन्छ। अनि पशुपंक्षीको कृत्रिम गर्भधानका लागि करिब १० करोड प्रस्तावित गर्नु पर्नेछ। किसान सूचीकरणको कार्यक्रम छ। यो हरेक स्थानीय तहमा ३ लाखको दरले दिइन्छ। त्यसमा २५ करोड बराबर निरन्तर छ। कृषि अनुसन्धानमा करिब ४ अर्ब प्रस्तावित गर्ने प्रवक्ता सञ्जेलले बताए।

‘अलि बढी स्थानीय तहमा जाने बजेटको सिलिङ घटेको छ। यो वर्ष हामीसँग स्थानीय तहको लागि ६ अर्ब थियो। आगामी वर्ष ३ अर्ब मात्र छ। यो करिब ४५ प्रतिशतले घटेको छ। त्यस्तै संघमा १० प्रतिशत बढेको छ। तर उल्लेख रुपमा बढेको भनेको रासायनिक मलमा हो। अरुमा नयाँ कार्यक्रम थप्ने स्कोप नै छैन,’ उनले भने, ‘आर्थिक संकटको बेला छ। त्यसकारण आगामी वर्ष भएका रिसोर्सलाई जेनुन कार्यक्रमहरुमा खर्च गर्ने, उत्पादनसँग जोडिएका कार्यक्रम स्थानीय र प्रदेश स्तरबाट गर्ने, अनुदान र कृषि कर्जा व्यवस्थित गर्ने, दोहोरोपन हुन नदिने र युवालाई कृषि क्षेत्रमा आकर्षित गराउने कार्यक्रम रहेको छ।’

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने उच्चस्तरीय वित्तीय सुधार सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा प्रधामन्त्री कार्यालयले तयार गरेको कार्ययोजनाले वित्तीय क्षेत्रको ब्य... शुक्रबार, जेठ ९, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
पूर्वीनाकाबाट मात्रै चार करोड ६० लाखको खरबुजा भित्रियो स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ । शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्