• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
हतकडीरहित हात : आरोपितबीच नै राज्यको विभेदकारी व्यवहार
64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, जेठ २, २०८०  २१:०३
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्‍याएको आरोप लागेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी आइतबार पक्राउ परे। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको थियो।

रायमाझीको शैली विजेताको जस्तो थियो। राजनीतिक जीवनको उत्तरावस्थामा लागेको गम्भीर आरोपले उनलाई खासै प्रभाव पारेको जस्तो देखिन्नथ्यो। १० दिनसम्म पक्राउ पर्नबाट लुक्नुपरेको यथार्थ पनि बिर्सिए जस्तो लाग्थ्यो। त्यसैले पनि उनले मुस्कुराउँदै हात हल्लाए। उनले हात उठाएर हल्लाउन सम्भव भयो, किनकि उनको हातमा हतकडी लागेको थिएन।

रायमाझीको ‘विजयी भाव’ को जति चर्चा भयो, उति नै चर्चा भयो उनको हतकडीरहित हातको। यही प्रकरणका अन्य कतिपयलाई हतकडी लगाइएको थियो। तर, रायमाझीलाई नलगाइएपछि सामाजिक सञ्जालमा चर्चा भइहाल्यो। लेखक तथा अभियन्ता नारायण वाग्लेले लेखे- ‘हतकडी लाउन नपरेर हाँस्या नि!’ 

अन्य कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले दुई थरी व्यवहारलाई उल्लेख गर्दै प्रहरीप्रति प्रश्न पोखेका छन्। ट्विटर प्रयोगकर्ता तथा अभियन्ता विश्वदीप लामिछानेले ‍लेखेका छन्, ‘कानुनले अपराधलाई हेर्छ भन्थे तर व्यक्तिको शक्ति पनि हेर्ने रहेछ। कसले कानुन उल्लंघन गर्‍यो भन्दा कुन पोर्टफोलियोको व्यक्तिले कानुन उल्लंघन गर्‍यो। त्यही अनुसारको व्यवहार हुने रहेछ भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको छ।’

त्यस्तै, सुभाषले आरोपीलाई किन भेदभाव नेपाल प्रहरी? भनेर सोधेका छन्। त्यस्तै, अशोक पोखरेलले टोपबहादुर एकपटक फरार व्यक्ति हुन्, उनलाई हतकडी किन लगाएको भन्दै सोधेका छन्। 

यसअघि गत बुधबार बालकृष्ण खाणलाई पनि जिल्ला अदालत काठमाडौं लगिएको थियो। उनको हातमा पनि हतकडी थिएन। त्यतिबेला पनि सामाजिक सञ्जालमा खुबै प्रश्न उठेका थिए। लेखक  तथा अभियन्ता सञ्जीव उप्रेतीको असन्तुष्टि थियो, ‘एउटै आरोपमा कसैलाई हतकडी लगाइन्छ र कसैलाई लगाइँदैन भने यसले भीआईपी/विशिष्ट र साधारण/आम मानिस बीचकै खाडललाई मलजल गर्छ। यस्तो थिति न लोकतान्त्रिक छ, न गणतान्त्रिक!’

शरणार्थी प्रकरणमा पक्राउ परेका अन्य कतिपयलाई प्रहरीले हतकडी लगाएको थियो। तर राजनीतिक व्यक्ति पक्राउ पर्न थालेपछि भने व्यवहार परिवर्तन भएको देखिन्छ। जसमाथि प्रश्न उठेको हो।

अनेक शैलीमा उठेका प्रश्नको सार हो- एउटै आरोपमा पक्राउ परेकाहरुबीच राज्यले विभेदकारी व्यवहार गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरु सबै आरोपित हुन् र समान व्यवहारको अपेक्षित हुन्छ भन्ने कोणबाट होइन, आरोपितको पूर्व/वर्तमान पदका आधारमा व्यवहार गरिएको छ। त्यो उचित होइन।

Ncell 2
Ncell 2

उही प्रकरणमा उस्तै आरोप भोगिरहेकाहरुलाई गर्ने व्यवहारमा राज्यले अपनाएको दोहोरो मापदण्डमाथि कानुनविद्हरु नै प्रश्न उठाउँछन्।

सैद्धान्तिक रुपमा कुनै पनि आरोपी भाग्न वा उम्कन नपाउन् भनेर लिइने सतर्कता प्रहरीको दायित्वमै पर्ने र त्यसको जोखिमका आधारमा प्रहरीले जिम्मा लिनसक्ने फौजदारी कानुनका जानकार सतिशकृष्ण खरेल बताउँछन्। उनले थपे,  ‘तर, कुनै पनि सार्वजनिक पदमा बसेका अधिकारीहरुले गर्ने काम कारबाहीमा विभेद नगरिएको पुष्टि गर्न पनि आवश्यक हुन्छ।’

‘संयुक्त राज्य अमेरिकाको उदाहरण हेर्ने हो भने, देवानी मुद्दाहरुमा पनि हतकडी लगाइन्छ जोसुकै भए पनि’, उनले भने, ‘तर, हामीकहाँ अहिले पनि सामन्तवादको अवशेष देखिन्छ। पुरानो सम्बन्ध, पुरानो हाकिम, पुरानो मन्त्रीलाई गरिने व्यवहारमा विभेद छर्लंग देखिन्छ।’

उनले अहिलेको ‘हतकडी प्रकरण’ मा पनि भेदभावपूर्ण व्यवहार भएकोमा शंकै नरहेको बताए। उनले भने, ‘विभेद त हेर्नुस् न, राख्दा नै पनि एकथरीलाई खोरमा र अर्कोथरीलाई कोठामा बेड राखेर राखिएको छ। भेदवाद त स्पष्ट नै छ।’

सर्वोच्च बारका पूर्वसचिव तथा अधिवक्ता ऋषिराम घिमिरेले कानुनभन्दा माथि कोही पनि नहुने बताए। ‘कानुनको अगाडि राजा वा रैती भन्ने छुटिन्न। उस्तै प्रकारको अपराध राजाले गरे पनि, सामान्य व्यक्तिले गरे पनि कानुनले उस्तै व्यवहार गर्छ।’

घिमिरेका अनुसार सामान्यतया आरोपित भाग्छ कि भनेर हतकडी लगाइन्छ। यसको अर्थ हाइप्रोफाइल आरोपी भाग्नै सक्दैनन् र सर्वसाधारण सबै भाग्छन् भन्ने मान्यता चाहिँ स्वीकार्य नहुने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख दानबहादुर कार्कीले आरोपित व्यक्ति त्यहाँ खटिएको प्रहरीभन्दा बढी दौडन सक्छ, भाग्न सक्छ, उम्कन सक्छ भन्ने लाग्यो भने उसको दौडन सक्ने क्षमता कम गर्नका लागि हतकडी लगाइने बताए। तर उल्लेखित नामहरुमा त्यस्तो अवस्था नरहेको बताए।

व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य अवस्था र आक्रमण गर्न सक्ने अवस्था हेरेर तत्काल खटिएको प्रहरी कमान्डरले हतककडी लगाउने वा नलाउने निर्णय गर्न सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
जेठ १५ गते राजालाई सिंहासन राख्ने भन्दै छन्, घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव... शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपन... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्