• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल अधिवक्ता उतार्दै न्यायाधीशमाथि दबाब बढाउने खाणको रणनीति बहालवालासहित बारका ५ पूर्वअध्यक्ष र २ पूर्वमहान्यायाधीवक्ताले गरे बहस
64x64
दुर्गा दुलाल बुधबार, जेठ ३१, २०८०  १६:२४
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका लैजाने भन्दै करोडौं ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले हाइप्रोफाइल अधिवक्ताहरु उतार्दै न्यायाधीशमाथि दबाबको रणनीति राखेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खाणले बार अध्यक्ष, पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुलाई बहसमा उतार्दै दबाब सिर्जनाको रणनीति बनाएका हुन्। खाणको पक्षबाट मंगलबार पूरै दिन र बुधबार आधा दिन (खाजा ब्रेक) अघिसम्म बहस भएको छ। मंगलबार नै सबै प्रतिवादीहरुको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमराज न्यौपानेले आदेश दिए पनि खाण पक्षकै बहस मंगलबार सकिएन।

मंगलबार साँझ अबेरसंम अधिवक्ता मनिराम उपाध्यायले बहस गरेका थिए। त्यसपछि न्यायाधीश न्यौपानेले अब तपाईंहरुको समय सकियो, बाँकी प्रतिवादीहरुको तर्फबाट बहस हुन्छ भनेका थिए। त्यसपछि खाणको पक्षमा बहस गर्न भनेर पुगेका पूर्वमहान्यायधिवक्ता खम्बहादुर खातीसहित अधिवक्ताहरूको टोलीले आफूहरुलाई अझै समय चाहिने बताएका थिए।

त्यसपछि न्यायाधीश न्यौपानेले दिग्दार हुँदै भने ‘अब त मैले हात उठाउने बेला भइसक्यो। तपाईंहरुलाई पहिला नै भनेको होइन, आज सबैको बहस सक्नुपर्छ भनेर। तपाईंहरुले अदालतलाई नै निरीह बनाउनुभयो। एउटै कुरा दोहोर्‍याएर समय खेर फाल्ने? सबै कुरा आइसक्यो अब नाम टिपाउनुस्।’

तर न्यायाधीशको भनाइमा खाणका अधिवक्ताहरु सहमत भएनन्। बुधबार खाजा ब्रेकअघिसम्मको समय मागे। त्यसपछि न्यायाधीशले १२ बजेभित्र सक्न भने। तर एक घण्टामा नसकिने र खाजा ब्रेकसम्मको समय मागेका थिए। सोही अनुसार बुधबार पनि खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खाती, नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र वरिष्ठ अधिवक्ता ललित बस्नेतले बहस गरे।

खाणको प्रतिरक्षामा उत्रिएका अधिवक्ताहरु सरह नै समय अन्य प्रतिवादीहरुका अधिवक्तालाई दिने हो भने एक महिनामा पनि प्रतिरक्षा बहस नसकिने हुन्थ्यो। तर अन्य प्रतिवादीका अधिवक्तालाई भने खाणको जसरी डेढ दिनको समय न्यायाधीश न्यौपानेले दिएनन्।

बहालवालासहित बारका ५ पूर्वअध्यक्ष र २ पूर्वमहान्यायाधिवक्ताले गरे बहस
डीएलएमा संलग्न रहेका र बारका पदाधिकारी रहेका अधिवक्ताहरुसहित ३० भन्दा बढीले खाणको पक्षबाट बहस गर्न भन्दै नाम टिपाएका थिए। तर बहसका लागि समय नपाएपछि नाम समावेश गरिदिन भन्दै थप नाम टिपाएका छन्।

खाणको पक्षबाट प्रतिरक्षा बहस गरेका अधिवक्ताहरु सबैजसो हाइप्रोफाइल छन्। दुईदिन गरेर खाणको पक्षबाट १३ जनाले बहस गरे। जसमध्ये बारका बहालवाला अध्यक्षसहित चार पूर्व अध्यक्ष छन्।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, अर्का वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, बारका पूर्वअध्यक्ष रहेका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र बारकै पूर्वअध्यक्ष भइसकेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले खाणको पक्षबाट बहस गरे।

यसैगरी पूर्वमहान्यायाधिवक्ताहरुले समेत खाणको पक्षबाट बहस गरेका छन्। दुई पूर्वमहान्यायाधिवक्ताहरु खम्बबहादुर खाती र महादेव यादवले खाणको पक्षबाट बहस गरे। खाणको पक्षबाट हाइप्रोफाइल अधिवक्ताहरुले अदालतमा बहस गरिरहँदा नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको नेकपाका कार्यकर्ताहरुले भने अदालत अगाडि नाराजुलुस नै गरेका थिए। राज्यको ठूलो अहोदामा बसेर राज्यविरुद्धकै अपराध गरेकाहरुलाई जोगाउन वरिष्ठ अधिवक्ताहरु लावालस्कर लागेर बहसमा उत्रिएको भन्दै उनीहरुले त्यसको विरोध गरे। विप्लव सी पार्टीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेपछि केही कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ।

बारका अध्यक्ष तथा पूर्वअध्यक्ष र पूर्वमहान्यायाधिवक्ताहरुसँगै अन्य अधिवक्ताहरुले पनि खाणको पक्षबाट बहस गरेका छन्। तत्कालीन राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार रहेका वरिष्ठ अधिवक्ता ललित बस्नेत, बारका पूर्वपदाधिकारी एकराज पोखरेल, वरिष्ठ अधिवक्ता नृसिंह कुमार खत्री, पंकजनाथ कर्ण, अजयशंकर झा, मनिराम उपाध्याय र लक्ष्मी थापा खड्काले खाणको पक्षबाट प्रतिरक्षा बहस गरेका छन्।

सबैको एकै स्वर–पूर्वाग्रह साँधेर फसाउन खोजियो 
खाणको पक्षबाट बहस गरेका सबै अधिवक्ताहरुले पूर्वाग्रह साँधेर फसाउने षड्यन्त्रले मुद्दा चलाइएको आरोप लगाएका छन्। कुनै पनि पीडित तथा जाहेरीकर्ताले जोहरीमा खाणको नाम उल्लेख नगरेको, कुनै वस्तुनिष्ठ प्रमाणबिना नै मुद्दा चलाइएको उनीहरुको जिकिर छ। पूर्ववर्ती सरकारले गरेको कामलाई निरन्तरता दिने काम मात्रै खाणको पालामा भएको र त्यसमा कुनै लेनदेनमा संलग्नता नरहेको दाबी उनीहरुको छ।

प्रधानमन्त्रीसम्म हुने हैसियत भएका खाणको करिअर ड्यामेज गर्नका लागि झुटा मुद्दा लगाइएकाले साधारण तारेखमा रिहा गर्नुपर्ने तर्क खाणका वकिलहरुले गरेका छन्। भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाउन भनेर हस्ताक्षर गर्ने कर्मचारीलाई उन्मुक्ति दिने र त्यो फाइलको विषय नै थाहा नभएका र देशको सम्पूर्ण सुरक्षा प्रणालीको जिम्मा लिएका व्यक्तिलाई बिना प्रमाण मुद्दा चलाइएको जिकिर उनीहरुले गरेका छन्।

खाणको साथबाट बरामद भएको मोबाइलमासमेत कुनै प्रमाण नभएको, पीडितले दिएको जाहेरीमा खाणको नाम उल्लेख नभएको, पैसाको लेनदेन भएको प्रमाण नदेखिएको, कुनै पनि अभियुक्तले बयानमा खाणको नाम नपोलेको, आरोपित खाणलेसमेत आरोप अस्वीकार गरेकाले उनी निर्दोष रहेको जिकिर अधिवक्ताहरुले गरेका छन्।

प्रतिवादीहरुको पटक–पटक बयान लिएर खाणको नाम पोल्न लगाइएको, यो प्रकरणमा अन्य अभियुक्तहरुसँग कुनै चिनजान नै नरहेकाले उनी निर्दोष रहेको दाबी गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने माग खाणका वकिलहरुको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२४
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्