• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
दलित जनकल्याण क्लब : जसलाई मधेशमा फैलिन प्रदीप गिरिले मद्दत गरेका थिए
64x64
समर्पण श्री बिहीबार, असार ७, २०८०  ०७:४८
1140x725

लहान– गत २५ चैत्रमा तराईमा ‘हरवा–चरवा’हरूले ४ दिने ‘अधिकार यात्रा’ सम्पन्न गरेका थिए। १२ साउन २०७९ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ‘हरवाचरवा’ मुक्त घोषणा त गरे। तर हरवाचरवाले गिरहतको अन्यायबाट मुक्ति पाएनन्। 

तराईका ८ जिल्लामा उनीहरूले थालेको अधिकार यात्राबारे रिपोर्टिङ गर्न हामी त्यहाँ पुगेका थियौँ।

सोही क्रममा हरवा–चरवा मुक्ति आन्दोलनका एक अभियन्तासँग हाम्रो भेट भयो। उनी थिए, लहान–१० का उमेश विसुन्खे। उमेश दलित जनकल्याण युवा क्लबका अध्यक्ष हुन्। उनीसँग हरवाचरवा आन्दोलन र आन्दोलनमा क्लबमा पुर्‍याएको योगदान बारे संवाद गरिएको थियो।

उमेशका बाले लामो समय गिरहतको जमिनमा काम गरेका रहेछन्। 

उमेश बुझ्ने भएपछि गिरहतप्रति विद्रोही उनमा भाव पलाउँदै गए। उनी एसएलसी दिएसँगै हरवाचरवा मुक्तिको अभियानमा सरिक भए। उनी अभियानमा सक्रिय रहेसँगै उमेशको परिवार ‘हरवाचरवा’बाट मुक्त भयो। 

उनले नेतृत्व गरिरहेको दलित जनकल्याण युवा क्लबले सिरहा लगायत तराईका विभिन्न जिल्लामा दलित ‘हरवाचरवा’को उत्थानमा महत्वपूर्ण कार्यक्रमहरू गर्दै आइरहेको छ। 

लहान–१४को वस्तीपुरमा अवस्थित यो क्लबमा  राजनीतिज्ञ तथा चिन्तक स्व. प्रदीप गिरिको योगदान पनि जोडिन्छ।

अभियानमा गिरिको साथ
प्रदीप गिरिको आश्रम नजिकै उभिएको छ, क्लबको भवन। विसं २०६५ सालमा प्रदीप गिरिले क्लबको भवनका लागि केही जमिन उपलब्ध गराएका थिए। उसो त ‘हरवाचरवा’ मुक्तिको आन्दोलनमा प्रदीप गिरि आफूहरूसँगै उभिएको उमेश सम्झन्छन्। 

हरवाचरवा मुक्तिको अभियानमा प्रदीप गिरिले पटक पटक आवाज उठाएको उमेश सम्झन्छन्। क्लबलाई उनले प्रोत्साहन मात्र गरेनन्, स्थायी रुपमा जमिन उपलब्ध गराएर योगदान पनि गरे।

‘उहाँ २ महिनामा एक पटक आउनुहुन्थ्यो। हामीसँगै बसेर प्रशिक्षण दिनुहुन्थ्यो। तपाईहरूको यात्रामा मैले कहाँ सहयोग गर्नुपर्छ? भनेर सोध्नुहुन्थ्यो,’ उनी भन्छन्। हरवाचरवा मुक्तिका लागि उनले उठाएका आवाजले आफूहरूलाई पनि बल दिएको उनी सम्झन्छन्। 

१३ भदौ २०७९ सालमा प्रदीप गिरिको निधन भयो। गिरिको निधन भएपछि क्लबमा आबद्ध सदस्यहरू गहिरो शोकमा डुबे। उमेश सम्झन्छन्, ‘त्यतिबेला हामीले हाम्रो अभिभावक गुमायौँ।’

सिरहामा यो क्लबको संगठन निकै मजबुत छ। उमेशका अनुसार यो क्लबमा अहिले ५० हजार मानिस जोडिएका छन्। सुरुमा फुसको घरबाट क्लब सुरु गर्दा १४ जना सदस्य थिए। यसको संस्थापक अअध्यक्ष विनोद विसुन्खे थिए।

त्यहाँका दलित र हरवाचरवाको जनजीवनमा प्रत्यक्ष जोडिएको यो क्लबले अहिले तराईका जिल्लामा ठूलो प्रभाव छाडेको छ।

उमेशको आफ्नै कथा
क्लबका अध्यक्ष उमेशले बाल्यकालमा गरिबी र अभाव मात्र झेलेनन्। जमिन मालिककहाँ काम गर्न जाँदा बाले खेपेको अन्याय र अपमान पनि महसुस गरे।

हरवाचरवा बस्दा चिसो रातमा होस् वा टन्टलापूर घाम, परवाह नगरी गिरहतको काम गर्नुपर्थ्यो। ‘बिरामी भएर गर्दिनँ भन्दा मुक्ति पाइन्न थियो। कुटपिट गर्ने, धम्क्याउने हुन्थ्यो। यस्तो घटना अधिकांश हरवाचरवाले भोगेका छन्,’ उमेश भन्छन्।  

त्यो उनको लागि कहिल्यै सह्य थिएन। 

उमेश ०६५ सालदेखि हरवाचरवा मुक्तिको आन्दोलनमा जोडिए। ‘त्यसअघिसम्म एउटा हरवाचरवा दलितले गिरहतको घरको मरेको पशुलाई उठाउनैपर्ने बाध्यता थियो। त्यतिबेला सम्पूर्ण दलितले यो हाम्रो पेसा हैन भनेर सिनो बहिष्कार आन्दोलन गरे। त्यो विद्रोहमा म पनि सामेल भएँ,’ उनी भन्छन्।

 त्यो आन्दोलनालाई स्व.बलदेव रामले सप्तरीबाट नेतृत्व गरेका थिए।

जनकपुरमा त्यसताका पासवान थरका केटाले र झा थरकी केटीसँग अदालती बिहे गरे। ‘रातारात दलितलाई मारियो। त्यो घटनाले अझै मलाई विद्रोही बनायो। हामीले विद्रोह पनि गर्यौँ,’ उमेश भन्छन्।

विस्तारै आन्दोलन र विद्रोह उनीहरूले क्लबमार्फत् छेड्दै गए। विभेदविरुद्ध अनवरत आवाज उठाए। जमिनविहीनहरूको आवाज बन्दै गए। ‘सबै विभेदविरुद्ध हामी लाग्यौं। संगठित रुपमा विरोध गर्नुपर्छ भनेर विभिन्न ठाउँमा प्रचार गर्यौँ। आमा समूह, बालक्लब, युवा क्लब बनाएर समस्याको पहिचान गर्यौँ,’ उमेश भन्छन्। 

त्यतिबेला समाजमा द्वन्द्व पैदा गरे भन्ने निहुँमा उनीहरूमाथि थुप्रै धम्की आए। ‘हामीसँग जोडिएका हरवाचरवालाई कुटपिट गर्न थालियो। यदि लाग्यौ भने कामबाट निकालिदिन्छु भन्ने धम्की दिइयो,’ उमेश भन्छन्।

०५७ सालमा उनीहरूले सामाजिक विकासका लागि यात्रा तय गर्नेबारे सोचे। 

त्यतिबेला १४ जना युवा मिलेर जनकल्याण युवाक्लबको स्थापना गरे। ‘यसको मूल मुद्दा समाजमा रहेको कुनै पनि विभेदविरुद्ध थियो। विशेषगरी हरवाचरवा दलितले मुक्ति पाउनुपर्छ भनेर क्लबमार्फत् आन्दोलन सुरु गर्यौँ,’ उमेश भन्छन्। 

त्यसयता उनीहरू निरन्तर आन्दोलनमा छन्। 

यतिबेला क्लब हरवाचरवाहरूको मागलाई सम्बोधन गर्न राज्यलाई घच्घच्याउँदै आइरहेको छ। ‘सरकारले हावा तालमा मुक्ति घोषणा गर्यो। पुस्तौंपुस्तादेखि जोत्दै आएको हरवाचरवालाई तिमी आजबाट मुक्त भयौ भनेर भनियो। त्यसपछि कहिल्यै पनि नजोतेको कागज बनाइयो। कानुनले नै हरवाचरवालाई समस्या बनाइदियो,’ उनी भन्छन्। 

अहिलेको समय हरवाचरवा एक वर्ष भन्दा बढी दिँदैन। यो कानुनले पनि हरवाचरवालाई समस्या बनायो। ‘अब आम हरवाचरवा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार उपलब्ध गराउनुपर्छ भनेर अभियानमा लाग्नुभएको छ। हामी सँगसँगै छौँ,’ उनी भन्छन्। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्