• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
४२ पालिकाले अझै किन ल्याउन सकेनन् बजेट? 
64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, असार १६, २०८०  २१:१२
1140x725

काठमाडौं– ७५३ वटा पालिकामध्ये ४२ वटा पालिकाहरुले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्न सकिरहेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ।

उक्त कानुनी प्रावधान अनुसार ७११ वटा पालिकाले बजेट समयमै ल्याएको भए पनि ४२ वटा पालिकाले भने तोकिएकै समयमा बजेट सार्वजनिक गर्न सकेका छैनन्।

बजेट नल्याउने गाउँपालिकामध्ये सबैभन्दा धेरै मधेश प्रदेश, सुदूरपश्चिम प्रदेशमा सत प्रतिशत पारित 
नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र आ–आफ्ना गाउँ/नगर सभामा पेस गरिसक्नु व्यवस्था अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३१ अर्थात ९४ प्रतिशत गाउँपालिकाहरुले मात्रै असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका महासंघले जनाएको छ।

बाँकी २९ वटा गाउँपालिकाहरुमा भने गाउँ सभाको अधिवेशन नै सुरु हुन सकेको छैन। स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरुको यो दोस्रो नीति तथा कार्यक्रम र बजेट हो।

असार १० गतेभित्र बजेट पेस नहुनुमा गाउँपालिकाहरुमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहेको, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका राजेन्द्र प्याकुरेलले जानकारी दिए।

नेपाल लाइभसँग कुरा गर्दै प्याकुरेलले भने, ‘मुख्य कुरा असार मसान्तभित्र बजेट पास नगर्ने कुरा हो। उनीहरुले त्यही अनुसार बजेट पास गर्ने योजना बनाएका छन्। असार मसान्तमा पनि बजेट पास गरेनन् भने मात्रै समस्या हुन्छ।’

बजेट नल्याउने गाउँपालिमामध्ये कोशी प्रदेशका ३, मधेश प्रदेशका १३, बागमती प्रदेशका ३, गण्डकी प्रदेशका २, लुम्बीनी प्रदेशका ४ र कर्णाली प्रदेशका ४ रहेका छन। सुदूरपश्चिमका ५४ वटै गाउँपालिकाले बजेट पारित गरिसकेका छन्।

तीन प्रदेशका १३ नगरपालिकामा बजेट आउन बाँकी
नगरपालिका संघका अनुसार महानगरपालिका,उपमहानगरपालिका र नगरपालिका गरी २९३ वटामध्ये १३ वटा नगरपालिकहरुले असार १० गते आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्न सकेका छैनन्। 

Ncell 2
Ncell 2

नीति कार्यक्रम तथा बजेट पेस गर्न नसकेका नगरपालिकाहरुलाई यथाशिघ्र पेस गरी प्राथमिकता प्राप्त समावेशी गुणस्तरीय निर्माण तथा सेवा प्रवाह व्यवस्था गर्नेगरी निर्देशन दिइएको नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नेपाल लाइभसँग बताए।

प्रदेशगत रुपमा आफ्नो सभामा नीति कार्यक्रम तथा बजेट पेस गर्ने नगरपालिकाहरुमध्ये मधेश प्रदेशमा १०, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ वटा रहेका छन्। कोशी,बागमती,लुम्बीनी र सुदूरपश्चिम प्रदेशका नगरपालिकाहरुले भने तोकिएकै सयममा बजेट पेस गरेको नगरपालिका संघका अध्यक्ष ढुंगानाले जानकारी दिए।

बजेट नल्याउनुको कारणबारे नेपाल लाइभसँग कुरा गर्दै ढुंगानाले भने, ‘बजेट यो महिनाभित्र ल्याउन मिल्छ। समयमै बजेट नल्याउने नगरपालिकालाई भोलि वित्तीय आयोगले रकम कम गर्न सक्छ। साउनको पहिलो हप्तासम्ममा प्रमुख प्रशासकिय अधिकृतलाई प्रमुखले वित्तीय अधिकार प्रत्योजन गर्न र चेकमा हस्ताक्षर गर्न पाउँदैनन्। चेकमा हस्ताक्षर गर्न नपाउने वित्तीकै तलव भत्ता खान पाउँदैनन्। यो विपत्‌को अवस्था छ। विपत्‌मा कुनै पनि बेला पैसा चाहिन सक्छ। त्यो पैसासमेत झिक्न पाइँदैन। त्यस्तो अवस्थामा झनै समस्या उत्पन्न हुन सक्छ।’

अध्यक्ष ढंगानाले गण्डकी प्रदेशको फलेवाश र कुश्मा नगरपालिकामा राजनीति खिचातानीका कारण बजेट आउन नसकेको बताए। त्यसैगरी सहिद नगरपालिका जनकपुरमा प्रमुख प्रशासकि अधिकृत नभएको र निमित्त कार्यकारीसमेत बिदामा बसेको बताए। कतिपय नगरपालिकाहरुमा मेयर उपमेयरको विवाद,राजनीतिक पार्टीको हस्तक्षेप,अल्पमत र बहुमतको विवादका कारण बजेट ल्याउन नसकेको ढुंगानाले जनाए।

उनले बजेट नल्याउने पालिकालाई समयै बजेट ल्याउन ताकेता दिइएको बताए। शनिबार प्रधानमन्त्रीको अध्यक्षतामा समन्वय परिषद्को बैठकमासमेत यो कुरा अवगत गराइएको उनले बताए।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
पूर्वीनाकाबाट मात्रै चार करोड ६० लाखको खरबुजा भित्रियो स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ । शुक्रबार, जेठ ९, २०८२
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्