• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
६० लाख पासपोर्ट छपाई गर्दै सरकार
64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, असार २५, २०८०  १६:४९
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले मन्त्रिपरिषद्को निर्णय अनुसार ६० लाख पासपोर्ट छपाई गर्न लागिएको जनाएका छन्। पासपोर्टको अभाव हुन नदिनका लागि सरकारले ५ वर्षको अवधिका लागि ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको बताएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै उक्त कुरा बताएका हुन्।

समितिको बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउँदले भने, ‘पासपोर्टको कुरालाई नियमित गर्नका लागि सरकार संवेदनशील छ। थप पासपोर्ट खरिदका लागि सरकारले तयारी गरिरहेको छ। यसको छपाई र व्यवस्थापनका लागि मन्त्रिपरिषद्को बैठकबाट ६० लाख पासपोर्ट छाप्ने निर्णय भइसकेको छ। केही दिनमा टेन्टर आह्वान हुन्छ।’

उनले युवा जनशक्तिहरु फेसनको रुपमा विदेश जान थालेको बताउँदै श्रममुलुकमासमेत अर्थतन्त्रको संकट चुलिँदै गएकाले यसबारे संवेदनशील भएर मात्रै जानुपर्ने सुझाव दिए। उनले ३३ वटा राजदूतावास र नियोगहरु रहेको र केहीमा राजदूत अभाव भएकोसमेत बताए।
 
सांसदहरुको प्रश्न : राजदूत कहिले नियुक्त हुन्छन्? 
समितिको बैठककमा सांसदहरुले राजदूत नियुक्ति कहिलेबाट हुन्छ भन्दै प्रश्न गरेका थिए। हाल विभिन्न सात वटा देशमा राजदूतहरु नभएको भन्दै उनीहरुको नियुक्तिबारे सांसदहरुले जिज्ञासा राखेका हुन्।

प्रतिनिधि सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री नारायण खड्काले भने, ‘अहिले सातवटा राजदूतहरु खाली छन्। त्यहाँ तत्काल नियुक्ति गर्नुपर्ने आवश्यकता छ। हाम्रो घरेलु राजनीति नै अस्थिर छ। प्रधानमन्त्रीको भ्रमणमासमेत शंका गरिन्छ। राष्ट्रिय मुद्दामा किन हामी एक हुन सक्दैनौं? नीति गत र प्रशासनिक गरि परराष्ट्र मन्त्रालयमा दुईवटा सचिवसमेत आवश्यक हुन्छ।’ उनले आफू परराष्ट्रमन्त्री हुँदाको बखत टर्कीमा राजदूतावास खोल्ने प्रक्रिया अघि बढेकोमा अहिले त्यो प्रक्रिया के भइरहेको छ भन्दै प्रश्न गरे। 

त्यसैगरी सांसद एकनाथ ढकालले राजदूतमा योग्य उम्मेद्वारहरुलाई नियुक्त गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राजदूत नियुक्तिमा भागबण्डा गरिनु हुँदैन। योग्य व्यक्ति नै राजदूतमा नियुक्त गरियोस्। दूतावास खाली नराखियोस्।’ सांसद भीमप्रसाद आचार्यले राजदूत नियुक्तिमा किन ढिलो भएको भन्दै सरकारसँग कारण मागे। सांसद देवीप्रकाश भट्टचन्दले परराष्ट्रमा कार्यरत कर्मचारीलाई नै राजदूत बनाउनुपर्ने बताए।

Ncell 2
Ncell 2

एमसीसी र बीआरईबारे सरकारको धारणा माग
समितिको बैठकमा राप्रपा सांसद धवल शमशेर जबराले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन र चिनियाँ परियोजना बीआरआईबारे सकारको धारणा माग गरे। उनले भने, ‘एमसीसीको कार्यान्वयनको अवस्था के छ? चाइनाको बीआरआईको कुरा पनि उठिरहेको छ। सरकारले यस विषयमा अनुमोदन गरेको छ कि छैन?’ 

उनले अन्तराष्ट्रिय कम्पनीले लिएका थुप्रै योजनाहरु अधुरा र अलपत्र भएको भन्दै त्यसतर्फ ध्यान दिनसचेत गराए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पोखरा विमानस्थल निर्माण बीआरआई प्रोजेक्टबाट बनेको हो कि हैन भन्ने प्रश्न गरे। 

रुसी सेनामा नेपाली युवा भर्ती र अग्निपथको विषय के हो?
समितिका सांसदहरुले रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्न रुसी सेनामा नेपाली युवारु भर्ती भइरहेको भन्ने समाचारका विषयमा परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा माग गरे। सांसद प्रेम सुवालले विदेशी सेनामा नेपाली युवा सहभागी भएको, निजी सेनामा गइरहेको र रुसी सेनामा सहभागी भएर युक्रेन युद्धमा संलग्न भएको कुरा आएकाले त्यसको वास्तविक तथ्यांक माग गरे।

सांसद भीमप्रसाद आचार्यले रुस–युक्रेन युद्धमा छिमेकी मुलुक भारत र चीन मौन रहेको अवस्थामा नेपालको धारणा सार्वजनिक हुनु भनेको असंग्लन नीति विपरीत भएको बताए। उनले नेपालीहरु रुसी सेनामा भर्ना भइरहेको कुरा समाचारमाध्यममा आइरहेका कारण सरकारले त्यसबारे प्रष्ट पार्नुपर्ने बताए। सांसद शिशिर खनालले भारतीय सेना अग्निपथको बारेमा के भइरहेको छ भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरे।

सार्क सम्मेलन रोक्न नहुनेमा जोड 
समितिका अधिकांश सांसदहरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनबारे सरकारले पन्छिन नहुने बताएका छन्। साांसद एकनाथ ढकालले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएका कारण सार्क सम्मेलन गर्नुपर्नेमा जोड दिए। सांसद प्रभु साहले सरकारको वैदेशिक कुटनीतिक नीतिका बारेमा प्रश्न गरे। उनले वैदेशिक रोजगारसम्बन्धी ऐन अधुरो रहेको टिप्पणी गरे।

सांसद सुनिता बरालले वैदेशिक कुटनीतिक मामलाका विषयमा दलीय मान्यताभन्दा माथि उठ्नुपर्नेमा जोड दिइन्। उनले संसदीय सभापति चयन गर्नका लागि उजुरी दिन कता जानुपर्ने हो भन्दै प्रश्नसमेत गरिन्। अधिकांश सांसदहरुले कुन देशमा कति नेपाली छन् त्यसको विवरण प्रष्ट रुपमा सार्वजनिक गर्न मन्त्रालयसँग माग गरे। 

रुसी सेनामा भर्ना भएकोबारे जानकारी गराउन निर्देशन दिइसकेका छौंः मन्त्री साउँद
सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री साउँदले रुसी सेनामा नेपालीहरुको भर्नाबारेमा जानकारी गराउन मस्कोस्थित राजदूतावासलाई निर्देन दिइसकेको बताए। परराष्ट्रमन्त्री साउँदले भने, ‘रसियन सेनामा नेपाली भर्ना भएको भन्ने कुराको बारेमा रुसको मस्कोस्थित नेपाली दूतावासलाई रिपोर्ट गर्न भनेर निर्देशन दिएका छौं। वास्तविक रूपमा यो व्यक्ति, यसरी सेनामा गएको छ भन्ने एकिन कुरा आएको छैन। यसमा अध्ययनकै चरणमा छौं।’ त्यसैगरी उनले कुन देशमा कति नेपाली छन् भन्ने अनुमान राख्ने गरेको बताउँदै शतप्रतिशत तथ्यांक नभएको बताए।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
जेठ १५ गते राजालाई सिंहासन राख्ने भन्दै छन्, घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव... शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपन... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्