• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
३७ रातमा ‘महानगर’ को कथा भन्ने निर्देशक
64x64
समर्पण श्री बुधबार, साउन ३१, २०८०  ०८:१३
1140x725

...त्यतिबेला मोहन राई जागिरे थिए। फिल्म बनाउने सपना बोकेर काठमाडौं पसे पनि जागिरे जीवनबाट नअलग्गिकन उनले निर्देशनको आँट गरेका थिएनन्। 

एकदिन एकजना नजिकका फिल्म निर्देशक साथीले भने, ‘मोहन, एउटा फिल्म बनाऊँ।’

‘न स्क्रिप्ट छ, न पैसा। कसरी बन्छ?,’ मोहनले अचम्मित हुँदै सोधे।

‘रामगोपाल बर्माले ७ दिनमा फिल्म बनाउँछ यार। तिमी स्क्रिप्टको कुरा गर्छौ,’ साथीले हौस्याए।

उनले ४/५ लाखमा फिल्म बनाउन सकिने विश्वास दिलाए। मोहनले सोचे, ‘धेरै वटा फिल्म बनाइसकेको निर्देशक हो। के चाहिँ गर्दा रहेछन् हेरौँ न।’

त्यसपछि ती साथीले सोधे, ‘तिमीसँग केही स्टोरी लाइन होला नि।’

मोहनसँग टाढाबाट सहर पसेका दुई पात्रको रातको कथा थियो। त्यो पनि काँचो। उनले त्यही काँचो कथा साथीलाई सुनाए। सुनेपछि साथीले भने, ‘यति भएपछि फिल्म बन्यो।’

कीर्तिपुरमाथिको गाउँमा फिल्म खिच्न सुरु भयो। केटा र केटी दुई पात्र थिए। टिम सानो थियो।

मोहनलाई एउटा काम सोच्दा नै कठिन लाग्थ्यो, ‘निर्देशकले एक्टरहरूसँग कसरी काम गर्छन् होला?’ उनले साथीलाई यसबारे सोध्थे, ‘कलाकारलाई अभिनय कसरी गराउने?’

‘ह्या मोहन, के चिन्ता गरेको। त्यो एक्टरलाई क्यारेक्टरभित्र पसाइदेऊ न। भै’गयो नि,’ साथीले दुनियाँकै सबैभन्दा सजिलो काम जसरी बताइदिन्थे। 

त्यो सुटिङमा मोहनको चासो थियो, ‘क्यारेक्टरभित्र एक्टरलाईचाहिँ कसरी पसाउँदो रहेछ।’

तर एक रातको घटनाले सबै कुरा बिथोलियो। गाउँका मान्छेहरू राति सुटिङ हेर्न पुग्थे। एकजना व्यक्ति सधैंजसो पुगिरहेका हुन्थे। सधैंजसो जाने ती व्यक्ति एक साँझ रक्सी सेवन गरेर आएछन्। उनी हल्ला गर्न थाले। मोहनहरू ती व्यक्तिलाई सम्हाल्न खोज्दै थिए। काम गरिरहेका निर्देशकलाई रिस उठ्यो। उनले ठूलो स्वर गर्दै ती व्यक्तिलाई झपारे।  ‘त्यसरी झपारेको व्यक्ति त गाउँका दादा रहेछन्। गाउँभरिका मान्छे बोकेर ल्याए। सुटिङ बिथोलियो,’ मोहन सम्झन्छन्।

हैरानी खेपिरहेका निर्देशकले केही दिन विश्राम लिऊँ भने। केहीदिन विश्राम लिएपछि निर्देशकले भने, ‘मोहन, अब नगरौँ। मलाई कम्फर्टेबल भएन।’

साथीले सहज भएन भनेपछि मोहनले मनमनै ठाने, ‘न स्क्रिप्ट न कथा। कसरी कम्फर्टेबल हुन्थ्यो र।’

फिल्म त नबन्ने नै भयो। तर नबनेको फिल्मले दुई जनाको सम्बन्धचाहिँ सधैंका लागि जोडिदियो। ‘फिल्मको हिरोइन र असिस्टेन्ट डाइरेक्टरको लभ पर्यो। उनीहरूको बिहे पनि भयो। अहिले ती एसिस्टेन्ट डाइरेक्टर नेपाली फिल्म उद्योगमा निर्देशक छन्,’ मोहन हाँस्दै सुनाउँछन्।

वर्षहरू फेरिए। मोहनको जागिरे जीवन फेरियो। फिल्मप्रतिको बुझाइ पनि फेरियो। मोहनको मस्तिष्कमा हुर्किरहेको काँचो कथाले पनि आकार लिँदै गयो। पाकेर स्वादिलो बन्दै गयो। एक समयमा पुगेपछि उनले निर्णय गरे, ‘अब यही विषयमाथि फिल्म बनाउँछु।’

त्यही आकार नलिएको कथाको तान बुन्दै बुन्दै पूर्ण भएपछि बनेको फिल्म हो ‘महानगर’। विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छनोट भएर अवार्डसमेत जितेको यो फिल्म आगामी भदौ ८ गतेबाट सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ।

कलाकार खोज्न पोल–पोलमा सूचना
मोहन राति अबेरसम्म काम गर्न रुचाउने स्वभावका। उनी रातमा बेला बेलामा यो विरानो सहरबारे सोचिबस्थे। सोच्दा उनलाई यो सहर कहिल्यै आफ्नो लाग्थेन। उसो त अहिले पनि काठमाडौं मोहनलाई पराइजस्तै लाग्छ।

काठमाडौं भित्रने युवाहरूको सपनालाई रातको आँखाबाट देखाउनु थियो मोहनलाई। सहरमा अट्न खोजेको तर अटाउन नसकेको मान्छेको कथा देखाउनु थियो। 

उनले २०१५ बाट फिल्मको तयारी थाले। 

अब कलाकार को खोज्ने त?

उनका कथामा दार्जिलिङबाट काठमाडौं आएका पात्रहरू थिए। सोचे, ‘दार्जिलिङकै पात्र कास्ट गराउँछु।’ उनी कलाकार खोज्न दार्जिलिङ पुगे। सुनेका थिए, ‘त्यहाँ त प्रतिभाका खानी छन्।’ तर आशा बोकेर पुगेका मोहन आफूले चाहेको कलाकार नपाउँदा निराश भएर फर्किए।

उनले नेपालकै नयाँ कलाकारलाई कास्ट गराउने सोचे। तर कथाले मागेजस्तो क्यारेक्टर पाउनै मुस्किल। ‘हामीले पोल पोलमा कलाकार आवश्कता भनेर लेखिएको सूचना टाँस्यौँ। डिजिटल सूचना पनि जारी गर्यौँ। कुनै चित्तबुझ्दो कास्ट भेटिएन,’ उनी सुनाउँछन्।

अन्त्यमा उनी चलेकै कलाकार लिने निर्णयमा पुगे। त्यसपछि कार्म र मेनुका प्रधानलाई उनले कास्ट गराए। अहिले फिल्म हेरिसकेका दर्शकहरूले मेनुका र कार्मको कामलाई लिएर तारिफ गरिरहेका छन्।

३७ रातका अनेक सकस
मोहनले स्क्रिप्ट लेख्दा रातमा सहरलाई जति एकान्त कल्पेका थिए। सुटिङका बेला अनुभू गरे, त्यति एकान्त पनि हैन रहेछ। कुनै कुनै ठाउँमा मध्य रातमा पनि मान्छेका भीड देखिन्थे। कतिपय ठाउँमा त सुटिङ गर्न पनि गाह्रो भयो उनलाई। 

‘दरबारमार्गको एकापट्टि पूरै खाली छ। अर्कोपट्टि कुनै पनि बेला खाली हुँदैन। साथीहरूले नसकेपछि म आफैं गएर गाडी रोक्न पनि खोजेँ। कतिपय बेला गाडीले हानेको पनि छ हामीलाई,’ मोहन सम्झन्छन्।

एकजना दर्शकले फिल्म हेरेपछि यौटा कमेन्ट पनि गरेका छन्, ‘तपाईंले देखाएजस्तो शुन्यचाहिँ छैन है काठमाडौं।’

मोहनलाई अहिले लाग्छ, खाली सडकै नदेखाएको भए पनि हुने। ‘तर जे गरियो, स्क्रिप्ट अनुसार नै गरियो,’ उनी भन्छन्। 

रातमा सुटिङ गर्दाका थुप्रै चुनौती झेलेका छन् मोहनले।

३७ रात अनिँदो भएर काम गर्दा कलाकारहरूको आँखा थाकेका थिए। हरेक रात कठिनाइ बढ्दै जान्थे। मोहन भने  दिउँसो ४ घण्टामात्र सुत्थे। बाँकी सिंगो समय उनी काम गर्थे। 

एकपटक पाटन दरबार स्क्वायरमा सुटिङ थियो। खिच्नेबेलामा लाइट म्यानले  मन्दिरको छतमा लाइट राखेछन्। बिहान त स्थानीयले थाहा पाएछन्। ‘त्यहाँ चढ्न त के छुन पनि नमिल्ने रहेछ। उहाँहरू एकदमै रिसाउनुभयो। सुटिङ गर्न दिनुभएन,’ मोहन सम्झन्छन्। 

Mahanagar_Film_shooting1692152635.jpg

कम्तिमा रातभरको काम त्यही मन्दिरमा गर्नुपर्ने थियो। अनुनय विनय गरिसकेपछि स्थानीयले आधा घण्टा समय सुटिङका लागि दिने भए। तर ‘हामीलाई धेरै चाहिन्छ भन्यो भने त्यति पनि गर्न दिनेवाला छैन। तर पछि जसलाई मनिटर गर्न राखिएको थियो उहाँले सहयोग गर्नुभयो,’मोहन सम्झन्छन्।

सुटिङको बखत एउटा रमाइलो किस्सा पनि सुनाउँछन् मोहन। कथामा राति पसल सबै बन्द भइसकेपछि केटीलाई भोक लाग्छ। उसले आँपको रूखबाट आँप चोरेर खानुपर्ने हुन्छ। थापाथलीनिर आँपको बोट त थियो। तर आँप थिएन। ‘हामीले तराईबाट आँप मगाएर बोटमा सबै बाँधेर सुटिङ गर्यौँ,’मोहन सुनाउँछन्।

आशावादी निर्देशक
मोहनले मार्क टाभिस्को ‘डाइरेक्टिङ फिचर फिल्म्स’लाई नेपालीमा अनुवाद गरेका थिए। केही महिनाअघिमात्र उनको अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक पनि भएको थियो। मोहनलाई सोध्यौँ, ‘मार्क ट्राभिस्ले भनेजस्तै रहेछ फिल्म मेकिङ?’

मोहन भन्छन्, ‘फिल्म मेकिङबारे उहाँ जे भन्नुहुन्छ त्यो महत्वपूर्ण लाग्छ मलाई। यो पुस्तकमा फिल्म मेकिङको दर्शन छ। जसले मलाई काम गर्दा पनि प्रेरित गरिरह्यो।’

‘निर्देशकको यात्रा’ फिचर्ड फिल्म निर्देशन गर्नुअघि नै अनुवाद गरेका थिए मोहनले। पहिलो फिचर्ड फिल्ममा उनले आफूले जानेका र गरेका अध्ययनहरूको भरपूर प्रयोग गरे।

फिल्मलाई सिनेमाटोग्राफर नरेन्द्र मैनालीले खिचे, किशोर आर्चायले ध्वनि सम्पादन र पुष्पासंगमले संगीत भरे। निर्माता गोविन्द पराजुली यो यात्रामा प्रत्येक पाइलामा साथ रहे।

फिल्मको सम्पादन दुई चरणमा गरिएको थियो। सुरुमा उनीहरूले नेपालकै सम्पादकलाई सम्पादनको काम सुम्पेका थिए। चित्तबुझ्दो नतिजा आएन। त्यसपछि दीपक रौनियारले मुम्बईका एडिटर परिक्षित झालाई सिफारिस गरे। उनले नेपाल आएर मेहेनतका साथ काम गरे।

‘तपाईंले जस्तो बनाउँछु भनेर थाल्नुभयो। फिल्म त्यस्तै बन्यो त?’ 

जवाफमा मोहन भन्छन्, ‘एउटा आर्टिस्ट कहिले पनि सन्तुष्ट हुन्न रहेछ। योभन्दा बेटर गर्न सकिन्थ्यो भनेर जहिले पनि लाग्छ।’

तर मोहन सो कल्ड कमर्सियल धारका फिल्महरूको दबदबाको समय यस्तो फिल्म बनाउन साहसै जुटाएकोमा खुसी छन्। त्यसकारण बक्स अफिसमा जस्तो व्यापार गरे पनि फिल्मले तय गर्ने यात्रामा भने आशावादी छन्। 

बरु उनलाई सहरको कथा भन्न पुगेको छैन। बाहिरबाट आएर सहरमा बाँचिरहेका मानिसको पीडा अनि सपनाले सधैं घोचिरहन्छ मोहनलाई। बरु उनी एउटा खुलासाचाहिँ गरिहाल्छन्, ‘अर्को फिल्म पनि सहरकै थिममा बनाउने छु।’ 

यस्तो छ फिल्मको फेस्टिभल यात्रा 
० सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर 

० अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ 

० इण्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल र भारतको जागरण फिल्म फेस्टिभलमा छनोट 

० निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड 

० नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन 

० इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा ‘मोस्ट इन्सिपिरेश्नल थीम’ अवार्ड तथा अभिनेता कार्मलाई अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्रदान

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्