• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
नेपालमा कृषि यन्त्रको प्रयोग बढ्यो, सबैको पहुँचमा नहुँदा उत्पादनमा आत्मनिर्भर बन्न सकेन
64x64
कल्पना घिमिरे बुधबार, असोज १०, २०८०  ११:२१
1140x725

काठमाडौं– कृषि गणना २०६८ (अघिल्लो) तथ्यांकअनुसार २२ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर ४० प्रतिशत पुगेका छन्।

जसअनुसार नेपालमा कृषिमा यान्त्रिकरण बढ्दै गएको देखिन्छ। तर कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुन नसकेको कृषि गणनाको तथ्यांकले बताउँछ। ४१ लाख ३१ हजार घरपरिवार कृषिमा आबद्ध छन्। २२ लाख १८ हजार हेक्टर क्षेत्रफलमा खेती हुन्छ। जसमध्ये ६९ प्रतिशतले आफ्नो घरायसी प्रयोजनका लागि मात्रै कृषि गरिरहेका छन्। बिक्रीका लागि उत्पादन गर्ने कृषक १ प्रतिशत मात्रै छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक श्रीमद श्रेष्ठले अहिलेको कृषि गणनाअनुसार कृषि उपकरण उपयोग गर्ने कृषकको संख्या बढे पनि सबैको पहुँचमा पुग्न नसकेको बताए। कृषिमा यान्त्रिकरण प्रवर्दन नीति ल्याइएको भए पनि नीति अनुसार काम गर्न नसक्दा सबैको पहुँचमा कृषि यन्त्र पुग्न नसकेको उनको भनाइ छ।

नेपालमा प्रयोग भएका उपकरणको गुणस्तरमासमेत समस्या देखिँदा मर्मत गर्न पनि कठिन छ। उपकरण सिधै बाहिरबाट ल्याउँदा सस्तो पर्ने तर नेपालमा त्यसका पार्टपुर्जा नपाइने र आयात गर्दा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ। 

‘उपकरणका पार्टपुर्जा ल्याउँदा महंगो भ्याट तिरेर ल्याउनुपर्छ। तर उपकरण नै ल्याए भ्याट लाग्दैन। कहाँ ४० प्रतिशत कहाँ १ प्रतिशत यो आकाश पातालको फरक छ,’ उनले भने, ‘नेपालमा उत्पादन हुने उपकरणहरु महंगो पर्छ। बाहिरबाट ल्याइएका उपकरण सस्तो पर्छ। सरकारले यस्तो नीति परिवर्तन गर्नु पर्छ र स्वदेशी उत्पादन उपकरणको प्रयोगलाई जोड दिनुपर्छ,’ उनले भने।

७ लाखले उपयोग गर्छन् फलामे हलो 
०७८ को कृषिगणना ७ लाख  ३ हजार अर्थात् १७ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गर्छन्। हलोको संख्या ५ लाख १० हजार रहेको छ। अघिल्लो कृषि गणनाअनुसार १० लाख ७३ हजार वा २९ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गरेका थिए। त्यतिबेला हलोको संख्या ८ लाख ५६ हजार थियो।

अघिल्लो कृषि गणनाअनुसार ८ लाख ४५ हजार कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेका छन्। अघिल्लो गणनाअनुसार कृषक परिवारसँग भएको ट्याक्टरको संख्या ३७ हजार थियो। कृषि गणना ०७८ मा बढेर ५८ हजार पुगेको देखाएको छ।

कृषि गणना ०७८ अनुसार नेपालभर जम्मा ४ लाख ७१ हजार (११ प्रतिशत) कृषक परिवारले पावर ट्रेलरको प्रयोग गरेका छन्। गणनाको दिनमा  पावर ट्रेलर/मिनी ट्रेलर संख्या एक लाख १८ हजार छ। अघिल्लो कृषि गणनामा नेपालभर जम्मा ७६ हजार वा २ प्रतिशतमात्रै थिए भने प्रयोग गर्ने घर परिवारको संख्या १० हजारमात्रै रहेको थियो।

थ्रेसर उपयोग गर्ने बढे
अघिल्लो कृषि गणनामा थ्रेसर प्रयोग गर्ने कृषक परिवार ८ लाख ३ हजार थिए। कृषकसँग यस्ता औजार ५२ हजार वटा थिए। कृषिगणना ०७८ अनुसार उक्त औजार प्रयोग गर्ने कृषक परिवार ११ लाख ७५ हजार पुगेका छन्। यी थ्रेसरको संख्या १ लाख १५ हजार पुगेको छ।

०७८ को कृषि गणनाअनुसार ९१ हजार कृषक परिवारले पम्पिङ सेट मोटर र ११ लाख ५१ हजार कृषकले स्प्रेयर प्रयोग गरेका छन्। यी परिवारसँग करिब ४ लाख पम्पिङ सेट र ७ लाअ ७० हजार स्प्रेयर रहेका छन्। अघिल्लो गणनाअनुसार ५  लाख ४८ हजार कृषक परिवारले पम्पिङसेट र ५ लाख ७४ हजारले स्प्रेयर प्रयोग गरेका थिए। सो गणनामा यस्ता औजार कृषकसँग १ लाख ५० हजार पम्पिङ सेट र २ लाख ८२ हजार स्प्रेयर रहेको थियो।

०७८ को गणना अनुसार ३० हजार कृषकले दूध दुहुने मेसिन प्रयोग गर्छन् र यस्ता मेशिन ३ हजार ४ सय छन्। पछिल्लो अध्ययन अनुसार कृषिमा यन्त्रको प्रयोग बढ्दो छ। तर पनि कृषि क्षेत्रको अवस्था झन खस्किँदो रहेको राष्ट्रिय कृषि मेशिनरी परीक्षण तथा अनुसन्धान केन्द्रका प्रतिनिधि रामनाथ झा बताउँछन्।

‘कृषिमा सबैभन्दा बढी जनसंख्या आबद्ध छन्। तर कृषिजन्य वस्तु आयात गर्नुपरेको छ। सबै किसानको पहुँचमा यन्त्र पुगिसकेको छैन। किसानले समयमा मल नै पाउँदैन। जबसम्म कृषिमा यान्त्रिकरण हुँदैन तबसम्म कृषिमा आत्मनिर्भर हुन सकिँदैन,’ उनले भने।

नेपालको कृषिलाई आधुनिक प्रणालीमा लैजान कृषि औजार आवश्यक रहेको उनले बताए। यस्तै उनले कृषिक्षेत्रको विकासका लागि गुणस्तरीय कृषि उपकरणको प्रयोगमा जोड दिनुपर्ने बताए।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्