काठमाडौं- स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियाल्सलाई फिफाले फुटबलसँग सम्बन्धित सबै गतिविधिमा तीन वर्षको प्रतिबन्ध लगाएको छ।
महिला विश्वकप २०२३ को फाइनलमा स्पेनले इङ्ल्यान्डमाथि जित हासिल गरेपछि खुसी मनाउने क्रममा फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेपछि रुबियाल्स विवादमा तानिएका थिए।
फरवार्ड हर्मोसोले सहमतिमा चुम्बन नभएको बताएपछि रुबियाल्सले सेप्टेम्बरमा आफ्नो भूमिकाबाट राजीनामा दिएका थिए। हर्मोसोले पछि रुबियाल्स विरुद्ध कानुनी उजुरी दर्ता गराएका थिइन्।
सोमबार, विश्व प्रशासकीय निकाय फिफाले आफ्नो अनुशासन संहिताको धारा १३ उल्लङ्घन गरेकोमा तीन वर्षको प्रतिबन्धको घोषणा गरेको हो।
४६ वर्षीय रुबियाल्सले खेलपछिको समारोहमा चुम्बन ‘आपसी’ भएको दाबी गरे तर हर्मोसोले निरन्तर रूपमा अस्वीकार गरेकी थिइन्।
गत महिना, म्याड्रिडको राष्ट्रिय अदालतमा सुनुवाइले रुबियालेस विरुद्ध यौन दुर्व्यवहार र जबरजस्ती गरेको आपराधिक उजुरीलाई सुनुवाइ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।