• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
आयातित बिउले लोप हुँदै रैथाने जातका बाली
64x64
ललित बोहरा शुक्रबार, कात्तिक १७, २०८०  ०७:३९
1140x725

डडेल्धुरा– तपाईंलाई कति स्मरण छन्, रैथाने जातका बाली? भन्नु होला। अहिले त मकै, गहुँ, धान बढी थाहा भएकाले कोदो। तर नयाँ कृषकले यी बालीका नयाँनयाँ जात मात्र खोजेर लगाउने गर्नाले रैथाने बाली जौ, उवा, फापर त प्रायः लोप भएका छन्।

नेपालमा पनि कृषकहरुले एग्रोभेट वा बीउ उत्पादक विभिन्न कम्पनीबाट नयाँ–नयाँ जातका बीउ खरिद गर्न थालेदेखि रैथाने बीउ हराउन थालेका छन्। त्यसो त रैथाने बीउ लोप हुनुमा जनसंख्या वृद्धि, बसाइँसराइ, तीव्र  शहरीकरण, जलवायु परिवर्तन तथा मानिसहरुको खाद्य संस्कृतिमा आएको परिवर्तन, आधुनिक विधिबाट खेती गर्ने तरिका र सरकारी कृषि नीति तथा कार्यक्रम पनि जिम्मेवार छन्।

यहाँको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरुले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपनाएर बीउ तथा विरुवाको छनोट, संरक्षण र भण्डारण, एकआपसमा साटासाट गर्ने चलनले हजारौं जातका रैथाने बीउहरुको संरक्षण भएको थियो।

यो हाम्रा पुर्खाहरुले हजारौं वर्षसम्म निरन्तर कृषि कार्य गर्दाको प्रतिफल हो। रैथाने बीउहरु कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन् तर कृषि अनुसन्धान र विकास कार्यमा रैथाने जातहरुको विशेष महत्त्व रहेको छ।

अधिकांश रैथाने बीउहरु विभिन्न किसिमका रोग तथा किरा सहने, सुख्खा वा खडेरी तथा बढी पानी सहने, खान मिठो तथा स्वादिलो हुने र कतिपयम औषधीय गुण र विभिन्न धार्मिक तथा जातीय संस्कारहरुमा प्रयोग हुने भएता पनि यसको संरक्षण र उपयोग गर्नुपर्छ भन्ने चेतना आजभोलिका कृषकहरुमा विरलै मात्र भएको अमरगढी नगरपालिका डडेल्धुरामा कार्यरत कृषि प्राविधिक रमेशबहादुर भण्डारीले बताए।

‘अनदी धान, तिल, फापर, पिँडालु, उवा, जौ, गहत, मस्याङ, कात्तिके बोडी, चिनो, कागुनो, कोदो जस्ता पोषणयुक्त बालीका जात विस्तारै हराउन थालेका छन्,’ उनले भने, ‘कृषकलाई ज्ञान कम भएर हो कि छिटो उत्पादन खोजेर हो।’

मानिसका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएको बीउ तथा प्रविधिको व्यापक विस्तार गरिनु तर रैथाने बीउ कसरी विकास भएका हुन् र त्यसको महत्त्व तथा संरक्षणको आवश्यकताबारे आम कृषक, कृषि विकासमा सम्बद्ध निकाय र शिक्षा प्रणालीमा समावेश नगरिएकाले हजारौं रैथाने बीउहरु लोप भइसकेका छन् भने बाँकी रहेकाहरुको पनि अस्तित्व संकटमा परेको कृषि विज्ञ डा दिल बहादुर विष्ट बताउँछन्।

raithane-bali-(3)-1698839549.png

Ncell 2
Ncell 2

‘हाम्रा कृषकमा ज्ञान छ तर छिटो उत्पादन खोज्छन्, कृषि विकासमा सम्बद्ध निकायको ध्यान केही छैन,’ डा विष्टले भने, ‘म कृषि ज्ञान केन्द्र प्रमुख रहँदा धेरै स्थानीय तहलाई गोष्ठीमार्फत् अनुरोध गरेँ, स्थानीय पाठ्यक्रममा पुराना बालीहरुको महत्त्व राखिदिनुस् भनेँ। तर खासै गरेको देखिएन। फलस्वरुप हजारौं रैथाने बीउहरु लोप भइसके, केही हुने क्रममा छन्।’

कृषकहरुको खेतबारीमा रैथाने बीउको संरंक्षणको कुरा त धेरै पर छ। हाम्रा पुर्खाहरुले हजारौं वर्ष लगाएर संरक्षण गरेका रैथाने बीउ हामीले एकै पुस्तामा गुमाइसकेको जानकारहरु बताउँछन्।

रैथाले बाली सुधारको प्रयास
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय बीउ प्रणाली सुधार तथा रैथाने बीउ संरक्षण गर्न अभियान थालिएको छ।बाँझो खेतहरुसमेत जोतेर गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का कृषकले ४५ रोपनी जमिनमा कोदोखेती गरिहेका छन्। पोषणमा कोदोको महत्त्वबारे बुझेपछि यहाँका कृषक थप उत्साहित भएको कृषक ललिता रावलले बताइन्।

अहिले कुजाकोट र जिरोडका कृषकहरुले कोदो लगाएको देखेर अन्य वडा १, ४ र ५ का कृषकहरुले पनि कोदो लगाउन इच्छा देखाएका छन्। ‘यसका लागि हामीसँग अन्य किसानले पनि कोदोको बीउ राखिदिन अनुरोध गरेका छन्। यसरी कृषकहरु उत्साहित भएर कोदो खेती गरे, खेती विस्तार हुने पक्का छ,’ उनले भनिन्, ‘तपाईंले हेर्नु हाम्रो बाँझो खेतमा अहिले लटरम्म कोदो छ। अब भित्र्याउने समय हुँदैछ।’

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) संस्थाले यसको महत्त्व तथा पोषणका विषयमा जानकारी दिएपछि उत्साहित भएर लगाएको उनले बताइन्। कृषक रावलले भनिन्,‘अहिले एक गाउँका कृषकले लगाएको देखेपछि अब अरु गाउँका पनि ल्याउन बीउ राखीदिनुहोला भन्छन्।’

अक्सफाम नेपाल र ली–बर्डको सहकार्यमा सञ्चालित स्थानीय बीउ प्रणाली सुधार कार्यक्रममार्फत् कृषकलाई रैथाने जातका बीउ तथा कोदोखेतीतर्फ मोह बढाएको कृषक अमृत देउवाले बताए। ‘अरु बाली खासै उत्पादन पनि हुँदैन थियो, बुवा बाजेले कोदो लगाउँथे, हामीले पनि लगायौं। चिसो ठाउँ हो र राम्रो फटाउने रहेछ,’ उनले भने, ‘बाजुराबाट सरहरुले दिएको बीउ त राम्रो भएन। हाम्रो गाउँकै बीउ राम्रो भएको छ।’

raithane-bali-(2)-1698839549.png

अहिले यहाँका किसानलाई कृषक पाठशालामार्फत् समूहमा बसेर आर्जन गरेको ज्ञान, सीप र अनुभवले उनीहरूको जिविकोपार्जन सुधार गर्न सघाउ पुगेको छ। अगामी दिनमा कुन बीउलाई प्राथमिकता दिने भन्ने परीक्षणका लागि यहाँका कृषकले स्थानीय ८ जातका कोदोको बीउ लगाएको अक्सफाम नेपाल डडेल्धुराका प्राविधिक संयोजक लोकप्रशाद पौडेलले बताए।

‘अहिले ८ जातका बीउ लगाएका छन्। तीमध्ये कृषक आफूले नै २ वा ३ मात्र बीउ छान्नु हुन्छ। र त्यसलाई धेरै क्षेत्रफलमा लगाउनु हुन्छ। अनि बीउ उत्पादन गर्नु हुन्छ,’ प्राविधिक संयोजक पौडेलले भने, ‘कृषक आफैंले आफ्नो बारीमा अब स्थानीय जातको बीउ उत्पादन गर्छन्। आयातित  बीउ त्यसै हराउँछ।’

यहाँका ३२ घरिपरिवारले ४५ रोपनी जग्गामा कोदोको खेती गरिरहेका छन्। अबका दिनमा थप क्षेत्रफल विस्तार गरी रैथाने बाली संरक्षणतर्फ गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए। ‘अहिले उत्पादन राम्रो हुने जस्तो देखिएको छ। बाँझो खेत त कम्तीमा हरियाली भए। यसमै पनि मलाई खुसी लागेको थियो, बाली राम्रो भएको खबर आयो, अब कोदोको बीउ कृषकले आफैं उत्पादन गर्छन् र त्यसमा गाउँपालिकाले सक्दो सहयोग गर्छ,’ अध्यक्ष कार्कीले भने।

यस क्षेत्रका लागि जटिल बन्दै गैइरहेको खाद्य सुरक्षामा समेत टेवा पुगेको विश्वास आफूले लिएको उनको भनाइ छ। अपवाद बाहेक अधिकांश व्यवसायिक कृषि आयातित बीउ, नश्ल र प्रविधिमा आधारित छन्। नेपालका विविधतायुक्त रैथाने बीउ र त्यसमा आधारित व्यवसाय प्रवर्द्धनमा सरकार मात्र होइन, युवा पुस्तासमेत सचेत छैनन्।

यो क्रमले निरन्तरता पाइरहे नेपालमा हाल बाँकी रहेका रैथाने बीउहरु पनि पूर्णरुपमा लोप भएर जाने निश्चित छ।
देश संघीय संरचनामा प्रवेश गरेसँगै कृषि विकासको जिम्मेवारी प्रदेश र स्थानीय सरकारमा बाँडिएको छ। तर प्रदेश र स्थानीय सरकारका गत एक दुई वर्षका कृषि सम्बन्धी गतिविधिहरु नियाल्ने हो भने अपवादबाहेक रैथाने बीउ प्रवर्द्धनसम्बन्धी काम भएको पाइँदैन।

यो स्वाभाविक पनि छ, किनभने प्रदेश र स्थानीय सरकारमा रैथाने बीउको महत्त्व बुझ्ने, बुझाउने र त्यसै अनुसार योजना तर्जुमा गर्ने मानव संसाधन हालको अवस्थामा अभाव छ। संघीय तहमा कृषि विभाग अन्तर्गत रैथाने बीउ संरक्षण तथा प्रवर्द्धन कार्यमा लाग्ने निकाय खडा गरिएता पनि फाट्टफुट क्रियाकलापहरु सञ्चालन गर्नुबाहेक त्यहाँबाट देश भरिका रैथाने बीउको पहिचान र त्यसको यथास्थानीय संरक्षण तथा प्रवर्द्धका लागि स्पष्ट खाका आउन सकेको छैन।

अब स्थानीयस्तर तथा प्रादेशिक कृषि कार्यालयहरुले पनि वार्षिक रुपमा यथेस्ट बजेट छुट्याएर रैथाने बालीसम्बन्धी जनचेतना, विभिन्न विषयमा कृषक तथा प्राविधिकको क्षमता अभिवृद्धि जस्तै बाली उत्पादन तथा संरक्षण, बीउ उत्पादन, बजारिकरण, मूल्यशृंखला विभिन्न विषयमा जोड दिने कार्यक्रमहरु समावेश गर्न अति आवश्यक रहेको किसान बताउँछन‍्।

यसले गर्दा रैथाने बालीहरुको क्षेत्र विस्तार भई संरक्षण हुनुका साथै आयातित बीउमा भर पर्ने बानी हटेर जाने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
मकै बालीमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए । आइतबार, जेठ ११, २०८२
असिनापानीले स्याउ बगैँमाचामा क्षति विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहा... आइतबार, जेठ ११, २०८२
जुम्लामा मार्सीधान रोपाइँ सुरु स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानक... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन आइतबार, जेठ ११, २०८२
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त आइतबार, जेठ ११, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ११, २०८२
ओलीको निर्देशन - राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्