• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
एक ‘मोटरेबल’ पुल निर्माणमा १० वर्ष : ५ पटक म्याद थप, दुई करोड खर्च, अझै अलपत्र
64x64
ललित बोहरा बुधबार, मंसिर २७, २०८०  २०:२२
1140x725

पाटन/बैतडी– एउटा मोटरेबल पुल निर्माण गर्ने कति समय लाग्ला? २ वा ३ वर्ष बढीमा। तर बैतडीमा एउटा यस्तो पुल छ, जसका लागि हरेक वर्ष बजेट भुक्तानी हुन्छ तर पुल निर्माण कार्य भने सम्पन्न हुँदैन। सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरिरहेको त्रिपुरेश्वरमा निर्माणधीन मोटरेबलमा करोडौं खर्च गरेको छ तर पुल अधुरै छ।

जिल्लाको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत  सुर्नयागाडको त्रिपुरेश्वरमाा निर्माणधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र छ। कहिले स्थानीयको अवरोधको बहाना त कहिले बजेट अभाव भन्दै निर्माण व्यवसायीले काम लत्याउँदै आएका छन्। 

प्रत्येक वर्ष असारमा रनिङ बिल भुक्तानीका लागि अली–अली काम हुने गरेको थियो भने पछिल्लो करिब १ वर्षबाट काम पूर्णरुपमा ठप्प छ। जेठ अन्तिमतिर ५८ प्रतिशत भौतिक प्रगति भइसकेको सरकारी निकायको तथ्यांकमा भनिएको पुलका भौतिक संरचनाहरु असारको वर्षाले बगाएको थियो। 

‘यसवर्ष त बनेर सञ्चालनमा आउँछ’ भन्ने जवाफ दिन थालेको वर्षौं भइसकेको स्थानीय प्रकाश भट्टराई बताउँछन्। ‘१० वर्ष भयो– अब बन्छ, अब बन्छ, अब त यही वर्षभित्रै बन्छ भन्ने उत्तर आउँछ। तर सडक डिभिजन र निर्माण व्यवसायीले कहिल्यै काम सम्पन्न गर्दैनन्’, उनले भने।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूरा भएको छैन। निर्माण व्यवसायीलगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको स्वीकार गर्दै सडक डिभिजन बैतडीले गत आर्थिक वर्षको असारभित्र पुल निर्माणले पूर्णता पाउने दाबी गरे पनि काम भने हुन सकेन। 

यो वर्ष पनि काम छिटो सम्पन्न गर्ने ताकेता पत्र दिइएको सडक डिभिजन बैतडीका डिभिजन प्रमुख कुन्दप्रसाद लामिछानेले बताए। ‘ठेकेदारलाई ताकेता पत्र पठाएका छौं। यो वर्ष नसकिए ठेक्का रद्द हुन्छ,’ उनले भने, ‘यो पुलले हाम्रो कार्यालयको पनि सन्देश राम्रो छैन अब दुईमध्ये एउटा काम हुन्छ।’  

निर्माणको जिम्मा पाएको कम्पनीले भने पाँचपटक म्याद थप गर्दा पनि निर्माण गर्न नसकेको हो। २०७१ भदौ १५ गते पुल निर्माणका लागि सम्झौता भए पनि ३२ महिनाभित्र मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, एक वर्ष संघ र प्रदेशमध्ये कसले हेर्ने भन्ने अन्योलतालगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीको भनाइ छ।

बालुवा–गिट्टी ढुवानीको काम सुरु भएकाले अब यो वर्ष निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि तथा सुदूरपश्चिम निर्माण व्यवसायी संघका उपाध्यक्ष मदन मोहन बिष्टले बताए।

Ncell 2
Ncell 2

pul-(2)-1702458841.jpg

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। सडक सञ्जाल विस्तार भए पनि पुल नभएकै कारण आफूहरुले गाडी चढ्न नपाएको स्थानीय कृष्ण बोहराले बताए।

पाटनदेखि वाड नं १ को सकार र वडा नम्बर ७ कैलपालसम्म सडक सञ्जाल विस्तार भएको छ। तर पुल नभएकै कारण वर्खामा आफूहरुले सवारी सुविधा लिन नपाएको बोहोराको गुनासो छ।  निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय राम भट्टराई बताउँछन्। हेलो सरकारमासमेत गुनोसो पटक पटक रेकर्ड गरे पनि सम्बोधन नभएको वडा नम्बर १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए।

२ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ। निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु पनि आक्रोशित बनेका छन्।

सुर्नया नदीमा मोटेरेबल पुल समयमा निर्माण नहुँदा नदीमा अस्थायी बाटो बनाउन बर्सेनि लाखौं रकम खर्च भइरहेको छ। पछिल्लो ७ महिनामै दुई पटक सडक डिभिजन कार्यालयले अस्थायी बाटोका लागि कोटेशनमार्फत लाखौं खर्च गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शद... शुक्रबार, जेठ ९, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
दलित परिवारका लागि सुरक्षित आवास आर्थिक अभावमा पक्की घरमा बस्ने सपना मात्रै देखेका  उनलाई अब भने नगरपालिकाले सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आश... बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ११, २०८२
मकै बालीमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
असिनापानीले स्याउ बगैँमाचामा क्षति आइतबार, जेठ ११, २०८२
एमाले सचिवालय बैठक बस्दै आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो आइतबार, जेठ ११, २०८२
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार, जेठ १०, २०८२
शेखर कोइरालाले भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्