• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
रोपाइँ क्षेत्र घट्दा पनि चार वर्षयताकै धान उत्पादन उच्च
64x64
कल्पना घिमिरे सोमबार, पुस २३, २०८०  १५:४०
1140x725

काठमाडौं– चालू आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन कूल धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ। जसमध्ये ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षेधान र बाँकी ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान हो। 

गतवर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो। जसअनुसार  धानको कूल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको भनाइ छ। चालू आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जमिनमा चैते र वर्षे धान रोपाइँ भएको थियो। यो गत वर्षको रोपाइँ क्षेत्रको तुलनामा ५ हजार ८ सय हेक्टरले कमी हो।

गत वर्षमा १४ लाख ४७ हजार ७८९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो भने गतवर्ष पनि २० हजार हेक्टर धान उत्पादन क्षेत्र घटेको मन्त्रालयको आकडा थियो।

यस्तै विगत ४ वर्षको औषत उत्पादनको तुलनामा चालू वर्षमा ५.०८ प्रतिशतले धान उत्पादन बढेको मन्त्रालयको तथ्यांक छ। गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले रोपाइँ क्षेत्र घटेको तर उन्नत जातको बीउको प्रयोग र बाढी पहिरोबाट धान बालीमा प्रभाव नपरेको, आवश्यक मलखादको उपलब्धताका कारण धान उत्पादन वृद्धि भएको मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटी बताउँछिन्।

‘चालु आर्थिक वर्षमा धान उत्पादन वृद्धि हुनुमा उन्नत जातको बिउ उपलब्धताले पनि हो। धानमा लाग्ने रोग, किराको प्रकोपमा कमी भएको छ। यस्तै बाढी पहिरोबाट धान बालीमा पर्नजाने नकरात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकुलताका कारण धान उत्पादन बढेको छ,’ उनले भनिन्।
 
तर, मधेश प्रदेशका केही जिल्लाहरुमा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आर्थिक वर्षको तुलनामा ह्रास आएको उनको भनाइ छ।

सबैभन्दा कम मधेशमा, कोशीमा उच्च
मधेश प्रदेशको उत्पादकत्व ३.४९ मेट्रिक टनमा सीमित भइ सबैभन्दा कम उत्पादन भएको छ। चालू वर्षमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्ष मधेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिक टन धान उत्पादन भएको थियो। जसअनुसार गत वर्षको तुलनामा मधेशमा ३.६८ प्रतिशतले उत्पादन घटेको मन्त्रालयले जनाएको छ।

मधेश प्रदेशमा ३ लाख ८३ हजार १८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो भने गतवर्ष ३ लाख ७५ हजार ३४० हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो। मुख्य धानको तुलनामा विगतका वर्षमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ।

कोशी प्रदेशमा धानको उत्पादन उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ। चालु आर्थिक वर्षमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४.४३ मेट्रिक टन प्रतिहेक्टर बढीले रहेको छ। 

चालू वर्षमा कोशी प्रदेशमा १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको को छ। गत वर्ष कोशीमा १३ लाख ३६ हजार ५७ मेट्रिक टन धान उत्पादन भएको थियो। गत आर्थिक वर्षको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेशभन्दा मधेश प्रदेशमा कमी आएको छ।

कुन वर्ष कति उत्पादन?
यो क्षेत्रफल गत ४ आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन  प्रति हेक्टर पुगेको छ। जुन गत वर्षको औषत उत्पादकत्वभन्दा ६.९२  प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष (२०७९/८०) मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा कूल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो।

सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यस्तै आव २०७७/०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्