• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विगतको अनुभव : कांग्रेस र एमालेको गठबन्धनले स्थिरता दिन्छ?
64x64
किशोर दहाल शनिबार, चैत २४, २०८०  १५:२८
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यसअघि चलेको कांग्रेस र माओवादी केन्द्र र अहिले चलिरहेको एमाले र माओवादी केन्द्र जस्ता गठबन्धनबाट देशको आर्थिक विकास हुने सम्भावना नभएको र राजनीतिक स्थिरता पनि नहुने ठोकुवा गरे। उनले देशलाई एउटा स्थिर सरकार दिन जरुरी रहेको बताए।

‘पहिलो संविधान सभामा चार जना कम्युनिस्ट नेताहरू प्रधानमन्त्री बन्नुभयो। तर संविधान त बनेन। संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर यदि देशलाई स्थिरता दिने हो र विकास गर्ने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ’, उनले प्रस्ताव गरे।

कांग्रेसभित्र एमालेसँग सहकार्य गरेर स्थिर सरकार गठन गर्नुपर्छ भन्ने मत राख्ने कोइराला एक्ला होइनन्, प्रशस्तै छन्। तर त्यस्तो मत स्थिर सरकारप्रतिको स्वाभाविक चाहना भन्दा पनि, अघिल्लो महिना आफूहरू सरकारबाट बाहिरिनुपरेपछि पुनः सरकारमा जाने उपायको खोजी बढी भएको बुझ्न सकिन्छ। किनकि, अघिल्लो वर्ष माओवादी केन्द्रलाई एमालेबाट अलग्याएर आफू सरकारमा जाँदा कांग्रेसका नेताहरूले यही प्रस्ताव राख्न आवश्यक ठानेका थिएनन्।

वर्तमानको ध्येय जे भए पनि, नेपालको सत्ता राजनीतिमा कांग्रेस र एमाले एक ठाउँमा उभिने कुरा परीक्षण हुन बाँकी घटनाक्रम होइन।

२०४६ को जनआन्दोलनपछि एउटाबाहेक सबै निर्वाचनमा कांग्रेस र एमाले नै प्रमुख दुई शक्ति भएका छन्। यस अवधिमा कोइरालाले प्रस्ताव गरेको जस्तो सरकार सञ्चालनका लागि कांग्रेस र एमाले केही पटक एक ठाउँमा उभिएका छन्। तर त्यसले स्थिर सरकार दिएको पाइँदैन। त्यस्तो सरकारले विकास गरेको, विकासको सम्भावना बढाएको वा विकासको मानक स्थापित गरेको भन्न सकिने आधार पनि छैन। बरु अन्य दलबीचको सहकार्य र एमाले-कांग्रेसबीचको सहकार्यमा खासै अन्तर पाइँदैन।

२०४६ को जनआन्दोलनको सफलतासँगै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकार (त्यतिबेला एमाले गठन भइसकेको थिएन) लाई छोड्ने हो भने २०५५ सालमा पहिलो पटक कांग्रेस र एमाले एक ठाउँमा उभिएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारबाट माले (एमाले विभाजित भइ गठन भएको) बाहिरिएपछि कांग्रेस र एमाले सात बुँदे सहमतिमार्फत् एउटै सरकारमा सहभागी भएका थिए। अन्य दल पनि सहभागी थिए।

२०५५ पुसमा  सो सरकारको मुख्य उद्देश्य नै तत्काल प्रतिनिधि सभा विघटन गर्ने थियो। प्रधानमन्त्री कोइरालाले विश्वासको मत लिँदा नै सो विषय प्रष्ट पारेका थिए। सात बुँदे सहमतिमा पनि २०५५ चैतभित्र चुनाव गराउने उल्लेख थियो। यद्यपि, २०५६ वैशाखमा निर्वाचन भयो। निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्यायो।

त्यसपछि कांग्रेस र एमाले एक ठाउँमा उभिएको २०६१ जेठमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा हो। यद्यपि, देउवाले त्यतिबेला कांग्रेस प्रजातान्त्रिक नामक दलको नेतृत्व गर्थे। उनले कांग्रेस विभाजन गरी सो दल गठन गरेका थिए। पछि विभाजित दल कांग्रेसमै समाहित भएको थियो। 

२०५९ असोज १८ को कदममार्फत् तत्कालीन राजा ज्ञानेन्द्रले आफूखुसी प्रधानमन्त्री पद बाँड्दै जाँदा कांग्रेस प्रजातान्त्रिकका सभापति देउवाले पनि सो अवसर पाएका थिए। रोचक के छ भने, ज्ञानेन्द्रले देउवालाई नै अक्षम करार गर्दै असोज १८ रचेका थिए। र देउवालाई नै पुनः प्रधानमन्त्री बनेका थिए। देउवाले आफूलाई प्राप्त अवसरलाई 'गोर्खाली राजाले न्याय गरेको' तर्कसँग जोडे। एमालेले सो सरकारमा सहभागी हुनलाई 'प्रतिगमन आधा सच्चिएको' बाहना बनायो। ज्ञानेन्द्रले २०६१ माघ १९ मा सोही सरकारमाथि कु गर्दै 'गोर्खाली राजाको अन्याय' र 'प्रतिगमनको पूर्ण अंश' प्रष्ट भएको थियो।

२०६३ वैशाख ११ मा जनआन्दोलन सफल भए लगत्तै गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेस, एमाले लगायतका दलहरू सहभागी भए। सोही सरकारले विद्रोही माओवादीसँग वार्ता गर्‍यो। अन्तरिम संविधान जारी गर्‍यो। माओवादीलाई पनि अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकारमा सहभागी गरायो। २०६३ चैतमा गठित कांग्रेस, एमाले, माओवादी लगायतका दल सम्मिलित अन्तरिम सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गरायो।

पहिलो संविधान सभामा एमाले र कांग्रेसको सहयात्रा देखियो। संविधान सभाको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भई 'झ्यालबाट' संविधान सभा छिरेका माधवकुमार नेपाललाई कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै प्रधानमन्त्री बनाउन भूमिका खेलेका थिए। सो सरकारलाई २२ दलले समर्थन गरेका थिए। तर सो सरकार लामो समय टिकेन। २०६६ जेठमा प्रधानमन्त्री निर्वाचित भएका नेपालले २०६७ असारमा राजीनामा दिएका थिए। नयाँ सरकार गठन महिनौं समय बितेकाले उनी २०६७ माघसम्म कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए।

दोस्रो संविधान सभापछि गठित सुशील कोइराला नेतृत्वको सरकारमा कांग्रेस र एमालेको सहकार्य सम्भव भएको थियो। २०७० माघमा गठन भएको सोही सरकारका पालामा २०७२ असोजमा नेपालको संविधान जारी भएको थियो। संविधान जारी हुन सकेकाले सो सरकारलाई धेरैले कांग्रेस र एमालेको सहकार्यको सकारात्मक उदाहरणको रुपमा प्रस्तुत गरेको पाइन्छ। त्यसलाई अस्वीकार गर्नुपर्ने कारण छैन। कांग्रेस र एमाले सरकारमा सहभागी भएकाले संविधान जारी गर्न केही सहज भएको अवश्य हो। तर त्यसका अन्य कारणहरू पनि प्रशस्तै छन्।

अर्कोतिर, संविधान लेखन र भूकम्पपछिको पुनःस्थापनामा प्रधानमन्त्री कोइरालाका कतिपय कमजोरी औंल्याउँदै २०७२ वैशाख/जेठमा राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकता प्रस्तुत गर्दै सत्ताधारी दल एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच नयाँ सरकार गठनका लागि संवाद अघि बढेको थियो। खासमा त्यही संवादबाट झस्किएका प्रधानमन्त्री कोइरालाले संविधान लेखनको कामप्रति 'रुचि बढाएका' थिए। परिणामतः जेठमै १६ बुँदे सहमति भयो। र संविधान लेखन प्रक्रियाले तीव्र बाटो समातेको थियो। र सफलता प्राप्त गरेको थियो।

त्यसपछि भने कांग्रेस र एमाले एउटै सरकारमा सहभागी भएका छैनन्। २०७८ फागुनमा एमसीसी सम्झौता संसद्‌बाट पारित गर्नुअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल सम्मिलित तत्कालीन सरकारमा मतभेद हुँदा कांग्रेस र एमालेबीच सत्ता सहयात्रा हुने चर्चा खुब चलेको थियो। तर माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सघाएपछि त्यो चर्चाले मूर्त रुप पाउन सकेको थिएन।

एमसीसी परित भइसकेपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई कसैले लोकेन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने राजनीति नगर्न सुझाएका थिए। उनले कांग्रेस र एमालेबीच आधारभूत समझदारीको पक्षमा मत राखेका थिए। तर ओलीको त्यो आह्वानले ठोस परिणाम निकालेको थिएन। बरु प्रतिपक्षीय छटपटीको रुपमा चित्रित भएको थियो।

२०६४ चैतमा सम्पन्न निर्वाचनपछि कायम संविधान सभाको अंकगणितमा मात्रै कांग्रेस र एमाले कमजोर देखिएका थिए। नत्र सबै जसो संसद्‌को कार्यकालमा कांग्रेस र एमाले मिल्नेबित्तिकै सहज बहुमत पुग्ने गरेको छ। २०४८ र २०५६ मा त कांग्रेस एक्लैले बहुमत पाएको थियो। अहिले पनि कांग्रेस र एमाले मिल्ने हो भने प्रतिनिधि सभामा ६० प्रतिशत हाराहारीमा मत जुट्छ। जुन बलियो सरकारको आधार हो। तर यी दुई मिलेर सरकार बनाउने आधार भने ज्यादै न्यून देखिन्छ। पछिल्ला केही वर्षमा त दुवै दलले आफूहरू मिल्ने भन्दा पनि, माओवादी केन्द्रलाई साथमा लिने र आफ्नो सत्ता सम्भावना जिवितै राख्ने गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै... बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्... बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन २०७७ मंसिर ३० मा संवैधानिक परिषद्बाट सिफारिसपछि भएको ३२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बुधबार राति बहु... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्