• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमालेको दोहोरो मान्यता : कोशीमा खोजेको सभामुखको गरिमा भुल्यो गण्डकीमा
64x64
किशोर दहाल आइतबार, चैत २५, २०८०  १३:४१
1140x725

काठमाडौं- प्रसंग सुरु गरौं कोशी प्रदेशको तत्कालीन घटनाबाट। २०८० असार १५ मा त्यहाँका प्रदेश प्रमुख हिक्मत कार्की पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भयो। जसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले असार १७ गते आह्वान गर्दै असार २१ गते अपराह्न ५ बजेसम्म दाबी पेस गर्न समय दिए।

कोशीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको तत्कालीन गठबन्धनको पक्षमा स्पष्ट बहुमत थिएन। बुहमतका लागि ४७ सांसद आवश्यक पर्थ्यो। तर उनीहरूसँग ४६ सांसद मात्रै थिए। सभामुखको पदमा आसिन बाबुराम गौतम माओवादी केन्द्रबाट निर्वाचित भएकाले उनको समेत हस्ताक्षर प्रयोग गर्ने हो भने ४७ सांसद पुग्थे। सत्ता गठबन्धनले दाहाललाई पनि प्रयोग गर्ने मनस्थिति बनायो।

असार २१ गते सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने प्रष्ट भइसकेपछि त्यसअघि नै एमालेले प्रदेश प्रमुख खापुङलाई सचेत बनायो। असार २१ गते दिउँसो एमालेले राप्रपाको समेत उपस्थितिमा खापुङलाई पत्र बुझाउँदै भन्यो- ‘... अहिले कोशी प्रदेश सभामा माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मूल्यमान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ।'

एमालेले सभामुख पदमा आसिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्‍याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण गरायो।

तर एमालेले ध्यानाकर्षण बुझाएको केही बेरपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरे। उनको दाबी पत्रमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राई, जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बू र बाबुराम गौतमको हस्ताक्षर थियो। गौतमले भने प्रदेश सभा सदस्यको रुपमा हस्ताक्षर गरेका थिए।

थापाले दाबी पेस गरेको केही बेरमै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिदिए। तर यो विषय असार २२ मै सर्वोच्च अदालतसम्म पुग्यो। यो रिटमाथि पूर्ण इजलासमा सुनुवाइ भयो। २०८० साउन ११ मा सार्वजनिक आदेशमार्फत् सर्वोच्च अदालतले थापा सरकार गठन प्रक्रियालाई नै असंवैधानिक भनिदियो। न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेको पूर्ण इजलासले जारी गरेको आदेशमा भनिएको थियो, 'मुख्यमन्त्री पदमा प्रत्यर्थी मध्येका श्री उद्धव थापालाई नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको दाबीपत्रमा प्रत्यर्थी मा. सभामुख श्री बाबुराम गौतमले हस्ताक्षर गरी जनाउनुभएको समर्थन, यसरी पेश भएको त्रुटिपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट श्री उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८०/३/२१ मा गरिएको नियुक्ति र तत्-सम्बन्धमा भए गरिएका काम कारबाहीहरु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ।'

आदेशसँगै थापा सरकार २२ दिनमै ढल्यो।

पुनः सरकार गठनको प्रक्रिया आरम्भ भयो। पुनः थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गरे। यसपटक थापाले दाबी पेश गर्नुअघि गौतमले सभामुखबाट राजीनामा दिएका थिए। थापा पुनः मुख्यमन्त्री भए। तर विश्वासको मत लिने प्रक्रियामा भएको विवाद सर्वोच्च पुगेपछि उनले पुनः पद गुमाए।

कोशीले सिकाएको पाठ थियो- सरकार गठन प्रक्रियामा सभामुखले हस्ताक्षर गर्न पाउँदैनन्। वा उनलाई एक सांसदको रुपमा प्रयोग गरेर समर्थनको दाबी पेस गर्न पाइँदैन।

यो पनि पढ्नुहोस्

कोशी प्रदेशमा बलमिच्याइँ!

यो पनि पढ्नुहोस्

कोशीमा गठबन्धनको बलमिच्याइँ सर्वोच्चद्वारा परास्त

निर्वाचित भएर प्रदेश सभाको सदस्य बनेका व्यक्तिहरू सभामुख निर्वाचित भइसकेपछि दलीय आबद्धता त्याग्ने गरेका छन्। उनको अनौपचारिक निकटता आफू निर्वाचित भएर आएको दलप्रति हुने कुरालाई अस्वाभाविक मान्न सकिँदैन। तर उनले त्यसलाई औपचारिक रुपमा प्रकट गर्नु सभामुखको गरिमा विपरीत ठानिन्छ। अर्कोतिर, उनलाई कसैले पनि आफ्नो दलको सदस्यको रुपमा गणना गर्न मिल्दैन। अर्थात् उनी प्रदेश सभा सदस्य त हुन्छन्, तर कुनै दलको गणनामा हुँदैनन्।

गत असारमा एमालेले कोशी प्रदेशमा यही तर्क गरेको थियो। सान्दर्भिक तर्क गरेको थियो। उसले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएर होस् वा सर्वोच्च अदालतमा रिट दायर गरेर होस्, सभामुखको गरिमा कायम राख्न र पदीय सीमितता स्मरण गराउन भूमिका खेलेको थियो।

तर कोशीको तर्क कोशीमै बगेको देखियो। आइतबार उसले गण्डकीमा 'आफ्नै मान्यता विपरीत' उभिएर सरकार गठनका लागि प्रयत्न गरेको छ।

कोशीमा कांग्रेस र माओवादी केन्द्र लगायतका गठबन्धनलाई ४७ सांसद संख्या पुर्‍याउन एक जनाको कमी भए जस्तै, अहिले गण्डकीमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पनि ३० सांसद पुर्‍याउन एक जनाको कमी थियो। जसकारण गण्डकीमा 'कोशी प्रकरण'लाई थोरै परिवर्तित संस्करणसहित पुनरावृत्त गर्न खोजिएको देखिन्छ।

आइतबार एमालेका संसदीय दलका नेता खगराज अधिकारीले एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनसहित गर्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। गत निर्वाचनमा गण्डकी प्रदेशमा एमालेले २२ र माओवादी केन्द्रले ८ सिट जितेका थिए। स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित मनाङे एकीकृत समाजवादी प्रवेश गरी पुनः त्याग गरेर स्वतन्त्र हैसियतमा छन्।

माओवादी केन्द्रबाट निर्वाचित ८ मध्ये कृष्ण धिताल सभामुख निर्वाचित भइसकेका छन्। सभामुख निर्वाचित भएपछि उनले दलीय आबद्धता त्याग्दै राजीनामा पनि दिइसकेका छन्। त्यसैले सरकार गठनका लागि भूमिका खेल्न सक्ने सांसद संख्या माओवादी केन्द्रसँग सात मात्रै छ।

तर गण्डकीमा एमालेका प्रमुख सचेतक रहेका गोविन्दबहादुर नेपालीले निर्वाचन आयोगमा रहेको रेकर्ड अनुसार दलीय समर्थन पेस गरेको बताए। 'एमालेको २२ सिट, माओवादी केन्द्रको ८ सिट छ', उनले भने, 'हाम्रा दलका नेताहरूले समर्थन दिनुभएको छ। माननीयहरू कसैको पनि हस्ताक्षर छैन।'

माओवादी केन्द्रले निर्वाचनमा जितेको सिट संख्या ८ भएको र त्यसमा सभामुख पर्ने वा नपर्ने आफूहरूलाई 'थाहा नभएको' नेपालीको तर्क छ।

उनले आफूहरूले दलीय सामर्थ्य पेस गरेको र बाँकी निर्णय प्रदेश प्रमुखले गर्ने उनको भनाइ छ।

नेपालीले कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमले नै हस्ताक्षर गरेको तर गण्डकीमा सभामुख कृष्ण धितालले हस्ताक्षर नगरेकाले दुई प्रदेशको घटनाक्रमलाई तुलना गर्न नहुने बताए।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि आफूहरूले सभामुखको हस्ताक्षर नबुझाएको तर दलको सामर्थ्य पेश गरेको बताए। 'सभामुखमा निर्वाचित भइसकेपछि कृष्ण धितालले माओवादी केन्द्रबाट राजीनामा दिनुभएको त हो तर निर्वाचन आयोगमा त माओवादी केन्द्रका सांसद संख्याको रेकर्डमा ८ नै छ नि त', उनले भने, 'त्यही भएर हामीले समर्थन दिएका हौँ।'

चुमानले आफूहरूले सभामुखको पदीय गरिमा विपरीतको काम नगरेको बताए।

अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न भन्दै कांग्रेसले प्रदेश प्रमुखसमक्ष पत्र पनि बुझाएको छ। पत्रमा भनिएको छ, 'सभामुखले हस्ताक्षर गरेको भनिएको मा. खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको उक्त ब्यहोरा सरासर नेपालको संविधान, कानुन, स्थापित नजिर सिद्धान्त र परम्परा विरुद्ध छ। तसर्थ उक्त गैरसंवैधानिक दाबीका आधारमा मुख्यमन्त्री नियुक्त हुने काम रोकियोस् भनि यो निवेदन पत्र पेस गरेको छु', कांग्रेस संसदीय दलका नेताका रुपमा सुरेन्द्र पाण्डेले पेस गरेको पत्रमा भनिएको छ।

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आफूहरूको ध्यानाकर्षण विपरीत प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेमा आफूहरूले संवैधानिक र कानुनी उपचार खोज्ने बताए। 'असंवैधानिक काम भएपछि त्यसको उपचार खोज्नु त कांग्रेसको दायित्व नै हो नि', नेपाल लाइभसँगको कुराकानीमा उनले भने।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै... बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्... बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन २०७७ मंसिर ३० मा संवैधानिक परिषद्बाट सिफारिसपछि भएको ३२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बुधबार राति बहु... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्