• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २१, २०८२ Wed, Jun 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
इजरायल जान 'शङ्कास्पद' कागजात बुझाउनेसँगै 'जारी गर्नेलाई पनि कारबाही'
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २८, २०८१  १५:५१
1140x725

काठमाडौं– 'केअरगिभर'का रूपमा इजरायल जान चाहने कतिपय व्यक्तिले तालिम र भाषा परीक्षासम्बन्धी 'शङ्कास्पद कागजात' पेस गरेको पुष्टि भएपछि त्यस्तो कार्यमा संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिइएको नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले बताएका छन्।

इजरायल जान चाहनेका लागि माग गरिएको आवेदन बुझाउने क्रममा कैयौँ व्यक्तिहरूले "कैफियतयुक्त कागजात पेस गरेको" पाइएको अधिकारीहरूले बताएका छन्।

सरकारले गत असारमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् 'केअरगिभर'का रूपमा जान इच्छुक नेपाली नागरिकसँग आवेदन माग गरेको थियो।

इच्छुक आवेदकहरूले आवेदन फारमसँगै 'केअरगिभर' तालिमको प्रमाणपत्र र अङ्ग्रेजी भाषा परीक्षाको प्रमाणपत्र बुझाउनुपर्ने थियो। कतिपय आवेदकहरूले दुवै प्रमाणपत्रहरू 'कैफियतयुक्त' बुझाएको पाइएको अधिकारीहरूले बताएका छन्।

कस्ता कागजात भेटिए?
दुई देशका सरकारसरकार बीचको सम्झौता अर्थात् 'जीटूजी' अन्तर्गत सुरुमा ८०० जनासम्म कामदार पठाउनका लागि आवेदन माग गरिएको थियो।

पछि इजरायलले थप १,२०० जनासम्म सहायक कामदार लैजान सकिने जानकारी गरायो।

त्यसपछि मुख्य रूपमा १,००० र वैकल्पिक १,००० सम्म कामदारलाई इजरायल पठाउनका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

त्यस क्रममा आवेदकहरूले विभिन्न प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र र ब्रिटिश काउन्सिलबाट अङ्ग्रेजी भाषा परीक्षाको प्रमाणपत्र बुझाएका थिए।
"त्यसरी बुझाएका प्रमाणपत्रहरूमा कैफियत देखिएपछि हामीले अध्ययन तथा सुझाव कार्यदल गठन गरेका थियौँ। त्यसले प्रतिवेदन दिइसकेको छ, त्यसैअनुसार अघि बढ्न वैदेशिक रोजगार विभागलाई भनिएको छ," श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजालले भने।

Ncell 2
Ncell 2

मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ कार्यदल बनाएको थियो।

कार्यदलले "कस्ता कैफियत भेटिए" भन्ने आधारमा प्रतिवेदन तयार पारेर बुझाएको संयोजक रिमालले बीबीसीलाई बताए।

उनका अनुसार वैदेशिक रोजगार विभागले पहिले नै "प्रक्रिया नपुगेका" र "कैफियतयुक्त कागजात बुझाएका" भनी आवेदन रद्द गरेका बाहेकका आवेदकहरूको मात्र छानबिन गरिएको थियो।
त्यस क्रममा सरकारी अनुमतिविनै तालिम चलाएका संस्थाबाट तालिम लिएको प्रमाणपत्रहरू भेटिएका छन्।

कतिपयले ब्रिटिश काउन्सिलले लिने परीक्षामा आवश्यक अङ्क ल्याउन नसकेपछि 'नक्कली प्रमाणपत्र' बनाएर पेस गरेको, अर्काको भाषा परीक्षा प्रमाणपत्रलाई आफ्नो भनेर अप्लोड गरेकोलगायतका कैफियत पनि भेटिएको उनले बताए।

"कतिपयको प्रमाणपत्र पहिले नै जारी भएको र त्यसमा हालको राहदानी नम्बर उल्लेख भएको तर राहदानी धेरै पछि बनाएको पनि पाइयो," रिमालले भने, "त्यसले पनि शङ्का उत्पन्न गरेकाले हामीले त्यो देखाएर प्रतिवेदन तयार पारेका छौँ।"

कतिपयको चाहिँ 'सीएमए' तथा 'अनमी'को तालिम लिएको भए पनि 'अन द जब ट्रेनिङ' अर्थात् 'ओजेटी'को प्रमाणपत्र नभएको पनि पाइएको छ।

शङ्कास्पद प्रमाणपत्र बुझाउने कति?
रिमालले दिएको जानकारीअनुसार उनीहरूले छानबिन गरेका कुल ३,४३१ आवेदनमध्ये १८४ वटामा कैफियत भेटिएको हो। जम्मा २,००० कामदारका लागि आवेदन मागिएकोमा कुल ४,०२४ जनाले आवेदन दिएका थिए।

त्यसमध्ये ५०० जनाभन्दा बढीको आवेदन वैदेशिक रोजगार विभागले नै रद्द गरिदिएको थियो। "हामीले विभागले रद्द गरिसकेकका व्यक्तिहरूको कागजात हेरेका छैनौँ," रिमालले भने, "विभागले रोस्टरमा राखेका व्यक्तिहरूको मात्र हेरेका हौँ।"

कार्यदलले बुझाएको प्रतिवेदन विभागलाई पठाइसकिएको अधिकारीहरूले जानकारी दिएका छन्। विभागले तयार पारेको सूची इजरायलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएमा पठाइसकिएको छ।

उक्त निकायले गोला प्रथाबाट २,२०२ जनाको छोटो सूची तयार पारिसकेको विवरण आएको छ। अब भने उक्त प्रतिवेदनसमेत हेरेर मात्र प्रक्रिया अघि बढाइने र कैफियत देखिएकाहरूको आवेदन रद्द हुने मन्त्रालय र विभागका अधिकारीहरूले बताए।

"अब प्रतिवेदनका आधारमा छानबिन र कारबाही अघि बढ्छ। अनि मात्र कामदारको स्वास्थ्य परीक्षणको काम थालिन्छ," मन्त्रालयका सहसचिव रिजालले भने।

'संलग्न सबैलाई कारबाही हुन्छ'
इजरायल जानका लागि "कैफियतयुक्त कागजात पेस गर्ने तथा त्यस्ता कागजात बनाइदिने संस्थाहरूलाई के गरिन्छ?" भनेर बीबीसीले श्रममन्त्री शरतसिंह भण्डारीलाई सोधेको थियो।

त्यसको उत्तर दिँदै भण्डारीले भने, "प्रतिवेदन आइसकेको छ र त्यो विभागलाई पठाइएको छ। जसले गल्ती गरेको छ त्यसलाई कारबाही हुन्छ, त्यसमा कुनै सम्झौता हुँदैन।"

अनुमतिविनै 'केअरगिभर' तालिमको प्रमाणपत्र जारी गर्ने संस्थाहरूलाई पनि अन्य मन्त्रालयहरूसँग समेत समन्वय गरेर कारबाही गरिने मन्त्री भण्डारीको भनाइ छ।

उनले भने, "यो 'जीटूजी'अन्तर्गतको कार्यक्रम हो। निजी क्षेत्रमा ठगी भयो वा गलत भयो भन्ने कुरा आइरहेका बेला यसमा समेत गलत गर्ने भन्ने हुँदैन।"

"यसमा आवेदक हुन् कि तालिम दिने हुन् कोको संलग्न छन्, ती सबैलाई उनीहरूले गरेको गलत कामअनुसार अनुसार छानबिन गरेर कारबाही हुन्छ। सरकार यसमा प्रतिबद्ध छ।"बीबीसी नेपाली सेवा

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य
सरकारलाई ज्यान मुद्दामा माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश
सम्बन्धित सामग्री
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु दुर्घटनामा बनेपा नगरपालिका–९ नयाँबस्तीकी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी... बुधबार, जेठ २१, २०८२
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश बुधबार न्यायाधीश नित्यानन्द पाण्डेकाे एकल इजलासले अल्पकालीन आदेश जारी गरेकाे हाे। साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बाेला... बुधबार, जेठ २१, २०८२
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु बुधबार, जेठ २१, २०८२
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य बुधबार, जेठ २१, २०८२
सरकारलाई ज्यान मुद्दामा माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश बुधबार, जेठ २१, २०८२
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश बुधबार, जेठ २१, २०८२
राजावादीको आन्दोलनबारे समिक्षा बैठक भाँडियो, लिङ्देन नआएको भन्दै युवाहरुको नाराबाजी बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल बुधबार, जेठ २१, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक बुधबार, जेठ २१, २०८२
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्