काठमाडौँ – प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ ।
आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।
आज १ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।
विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन्। सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन।
सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका थिए।
सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ। सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।