काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाएका छन्।
सचेतक शाहीले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो बताएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने। सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी। '
शाहीले यसलाई शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।