काठमाडौं– विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो । सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।