एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भयो । भागदौडमा अन्य ३३ जना भन्दा बढि घाइते भएकोका छन् ।
घटनालाई लिएर बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो । एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ । जुन स्टेडियम वरिपरि भागदौड भएको थियो ।
आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रुपमा राखिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडियमको जिम्मेवारी रहेको कर्नाटक राज्य क्रिकेट संघ (केएससिए) लाई पनि त्यसमा समावेश गरिएको छ ।

कब्बन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश एकेको उजुरीको आधारमा एफआईआर दर्ता गरिएको बताइएको छ । उजुरीमा भारतीय न्याय संहिताको छ वटा धाराहरू उल्लेख गरिएको छ ।
‘कुनै पनि आधिकारिक अनुमति बिना जुन ४ मा आरसीबीले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा आफ्नो उत्सव र विजय परेडको घोषणा गर्यो । प्रशंसकहरूलाई सामेल हुन आमन्त्रित गरेको,’ बेंगलुरु प्रहरीले एफआईआरमा दाबी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।