• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट
64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०८१  १३:४४
1140x725

क्यानबेरा, अस्ट्रेलिया –पहाड र हरियालीले घेरिएको सुनसान अस्ट्रेलियाको राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो । दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलोपटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।

हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशक देखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन् ।

‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो,’ साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्, ‘एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।’ नेपथ्य ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो ।

निर्धारित समयमै बेलुकीको ठीक ८ बजे कन्सर्ट सुरु भयो । हलभित्र दर्शकको उत्साह र व्यापक हल्ला फैलिएको देखेपछि अर्की अस्ट्रेलियन महिलाले आफूलाई कुर्सीमा थामेर राख्न सकिनन् । सरासर उठिन् र नाच्न तम्तयार दर्शकको भिडमै आफूलाई समाहित गरिन् । उनी थिइन् भर्खरै मात्र नेपालस्थित अस्ट्रेलियाली राजदूतको पदावधि सकेर फर्किएकी फेलिसिटी भोल्क ।

‘यो मेरो पहिलो नेपथ्य अनुभव हो,’ फेलिसिटीले भनिन्, ‘सन् २०२१ को तिहारको कुनै दिन मैले बौद्धमा अर्कैको स्वरबाट रेशम गीत सुनेकी थिएँ । त्यसै बेलादेखि अत्यन्तै मन पराउने गरेको यस ब्यान्डलाई प्रत्यक्ष सुन्ने लामो समयदेखिको इच्छा आज पुरा हुँदै छ ।’

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे । त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता पाए ।

गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।
‘तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु,’ उनी भनिरहेका थिए, ‘तर यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता(कता नरमाइलो पनि भइरहेको छ ।’
अमृतले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गरे र यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन आह्वान गरे । नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।

‘तपाईंहरूलाई अब रुकुमतिर लैजान्छु’ भन्दै उनले ‘शिरफूल’ गीत सुनाए । त्यसपछि उनले पुरानो खाताबाट अर्को नेपथ्य गीत निकाले– ‘बिन्ती छ मेरो ए मेरी मायालु, एउटा चिठी कोरी पठाइदेऊ’।

युवक तथा युवतीको असंख्य जोडीले भरिएको हलमा अमृतले त्यस गीतबारे विस्तारमा बोल्न चाहे । ‘गर्लफ्रेन्ड त हाम्रो समयमा पनि हुन्थे तर  इमेल थिएन,’  उनले थपे, ‘तपाईंहरू नजन्मँदै हामीले भोगेको प्रेमको युगमा यसरी चिठी लेखेर मनको कुरा बताउनुपर्थ्यो ।’ भावनाको शृंखलालाई अझ मजबुत बनाउँदै उनले नेपथ्यको पछिल्लो सिर्जना पनि पस्किए–‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि।।।’ ‘यो जिन्दगानी’ सुनाएपछि ‘गाउँ–गाउँबाट उठ’ सँगै कन्सर्टको माहोल अझ तातियो ।

कन्सर्टको प्रारम्भदेखि मुस्कानसहित शरीर हल्लाएर उभिइरहेकी निवर्तमान अस्ट्रेलियन राजदूत भोल्क ‘रेशम’ गीतमा पुग्दा भीडसँगै नृत्य गर्न पनि थालिसकेकी थिइन् । ‘रातो र चन्द्रसूर्जे’ बाट कन्सर्ट सकिनासाथ उनी प्रतिक्रिया दिनका लागि तयार भइन् ।

‘असाध्यै रमाइलो अनुभवले मेरो उत्साहलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ उनले भनिन्, ‘यो ब्यान्डसँग मेरो ग्रेट स्टार्ट (भव्य सुरुवात) भएको छ ।’ कूटनीतिज्ञ भएर गएपछि नेपालको सांस्कृतिक पाटोसँग आफ्नो आत्मीयता बढेको उनले सुनाइन् ।
‘नेपालमा आफ्नो कार्यकाल सकिएपछि पनि नेपाली कला संस्कृतिलाई अस्ट्रेलियामा विस्तार गराउन विभिन्न प्रयास गर्दै आएकी छु,’ उनले भनिन्, ‘नेपथ्यको यो प्रस्तुतिले मेरो विश्वासलाई थप दृढ बनाउन मद्दत गरेको छ ।’

अर्की दर्शक एवं अस्ट्रेलियन कूटनीतिज्ञ लिन्डाले आफ्नो अनुभवलाई अझ विस्तारमा सुनाइन् । ‘अस्ट्रेलियामा नेपथ्यलाई हेर्दा मैले पाइरहेको मुख्य विशेषता भनेकै प्रस्तुतिमा दिन प्रतिदिन आइरहेको निखार हो,’ उनले थपिन्, ‘पहिलोपटक मैले सिड्नीमा हेरेको कन्सर्टसँग तुलना गर्दा प्रोडक्सनका हिसाबले यो ब्यान्डको गुणस्तर धेरै माथि उक्लिसकेको पाएँ ।’ नेपथ्यको प्रस्तुतिलाई विश्वस्तरका ब्यान्डसँग दाँज्न सकिने पनि उनले दाबी गरिन् ।

लिन्डा बसेकै दीर्घामा नेपाली राजदूत चित्रलेखा यादव पनि सपरिवार उपस्थित थिइन् । यति ठूलो संख्यामा रमाइरहेका नेपाली तन्नेरी र उनीहरूबीच नेपथ्यले सकारात्मक ऊर्जा फैलाइरहेको देख्दा आफू निकै प्रभावित भएको उनले बताइन् ।

नेपाली दर्शक भने सदाझैँ हलबाट बाहिरिँदा पनि झन्डा हल्लाउँदै र नेपथ्यका गीत गाउँदै निस्किरहेका देखिन्थे । ‘यहाँ आएर प्रस्तुत हुने सबैजसो नेपाली कलाकारको कार्यक्रम हामीलाई रमाइलो लाग्छ,’ आठ वर्षदेखि यतै बस्दै आएकी अनु थापा भनिरहेकी थिइन्, ‘नेपथ्यको कन्सर्टमा आउँदाचाहिँ नेपालीपनले अलिक बढी झकझक्याउने गर्छ ।’

05-Nepathya-performing-at-the-Australian-Capital-Canberra.-Photo---Dipit-1741075085.jpg
 

कार्यक्रम सम्पन्न भएपछि क्यानबेराका स्थानीय आयोजक प्रदीप पाठकले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । ‘कन्सर्ट भव्य रूपले सम्पन्न त भयो नै,’ उनले थपे, ‘उपस्थित प्रत्येक दर्शक सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुसी लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ,  मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

यसपटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’ मा अबको प्रस्तुति रहनेछ । ब्यान्ड यसअघि पनि त्यस हलमा उपस्थित भइसकेको छ ।

त्यसपछि मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’, मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सकिनेछ । 

02-Nepathya-performs-at-the-Royal-Theatre-of-the-National-Convention-Centre-in-Canberra.-Photo---Dipit-Raz-1741075085.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्रा... सोमबार, असार २, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्