काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
सिजनको दोस्रो प्रतिस्पर्धामा उत्रिन लागेको बुटवल लुम्बिनी आज पहिलो जितको खोजीमा रहँदा धनगढी एफसी भने आफ्नो पहिलो प्रतिस्पर्धाका लागि मैदान उत्रिँदैछ ।
यसअघि आइतबार बुटवल लुम्बिनीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । गएराति सम्पन्न खेलमा एफसी चितवनले पोखरा थन्डर्स एफसीलाई २–० ले पराजित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।