काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य अहिले सम्मकै धेरै महंगो भएको छ ।
महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार (आज) सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।