काठमाडौं – विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आइतबार (आज) पहिलो स्थानमा उक्लिएको छ । काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २२६ रहेको छ । जुन स्वास्थ्यका हिसाबले एकदमै खराब हो । प्रदूषित शहरको दोस्रो स्थानमा भियतनामकाे हनोइ रहेको छ । जहाँको एक्यूआई १९८ रहेको छ ।
एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । गएको आइतबाारदेखि नेपाल प्रदूषित शहरको अग्रस्थानमा पर्दै आएको छ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको शिर्ष स्थानमा थियो ।
वायु प्रदूषण निकै खतराको अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।