काठमाडौं – आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध खेलिरहेको छ । नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय लिँदा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । दर्श सोनारको स्थानमा बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डल टोलीमा समेटिएका छन् । ताजा अवस्थामा ओमानले ४ ओवरमा विना विटेक क्षति १३ रन बनाएको छ ।
यस अघि नेपालले पहिलो खेलमा यूएईलाई डीएलएस पद्दतिमा ५ रनले हराउँदै विजयी सुरुवात गरिसकेको छ । अफगानिस्तानले पनि पहिलो खेलमा ओमानलाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आज तल्लो रंगशालामा अफगानिस्तान र हङकङ खेल्दैछन् । ५ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले विश्वकप खेल्न पाउनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।