काठमाडौं – काठमाडौंमा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाललाई ओमानले ११८ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो।
नेपालका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटियो। खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन्। सन्तोष यादवले दुई विकेट लिए।
ओमानका लागि तेस्रो नम्बरमा आएका जित ब्रजेश साहले ५२ रन हान्दै टीमलाई सम्हाल्ने प्रयास गरेका थिए। तर, अन्य ब्याटरहरूले उल्लेख्य रन जोड्न सकेनन्।
ओमानका तीनजना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।