एजेन्सी – गाजामा ६ महिना पूर्ण युद्ध विराम गर्ने इजरायलको प्रस्तावलाई हमासले अस्वीकार गरेको छ । इजरायलले हमासलाई हतियार पुरै बुझाएमा ६ महिना युद्ध विराम गर्ने प्रस्ताव राखेको थियो ।
हमाससँग निकट सम्बन्ध रहेका प्यालेस्टाइनीका अनुसार इजरायलको सो योजनाले हमासले हतियार बुझाएर बाँकी रहेका बन्दी रिहा गरे पनि प्यालेस्टाइनबाट सबै इजरायली सेना हट्ने कुरामा विश्वास नभएको बताए ।
इजरायलले गाजामा लगातार सैन्य आक्रमण गरिरहेकै समयमा यो प्रस्ताव आएको हो । खान युनिसमा भएको पछिल्लो आक्रमणमा एक सुरक्षाकर्मीको ज्यान जानुको साथै ९ जना घाइते भएका थिए ।
इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले भने आफूहरूले हमासको सेलमा आक्रमण गरेको जनाएको छ । यसैबीच संयुक्त राष्ट्र संघले गाजामा मानवीय आवश्यकताको अभाव १८ महिना यताकै सबैभन्दा खराब अवस्थामा रहेको जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।